"बेल्ड एन्ड रोड इनिसिएटिभ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
 
<br>
पृष्ठभूमि केलाउँदा सन् २००८ मा सुरु भएको अन्तर्राष्ट्रिय आर्थिक मन्दीबाट यस अवधारणाको जन्म भएको देखिन्छ। चीनले चार दशकदेखि अपनाउँदै आएको ‘राज्य निर्देशित बाह्य निर्यातमूलक आर्थिक वृद्धि रणनीति’ सन् २००८/०९ को बृहत् आर्थिक मन्दीपछि फेर्‍यो। भलै त्यतिखेर उसले नयाँ रणनीतिको नाम किटान गरिसकेको थिएन । खासगरी उसले अमेरिका र युरोपेली बजारमा छाएको मन्दीलाई ध्यानमा राखी आफ्नो उत्पादनको खपत आफैँभित्र बढाउने नयाँ रणनीति अख्तियार गर्‍यो।गर्दै यसका लागि ५८५ अर्ब अमेरिकी डलरबराबरको प्याकेज अगाडि सार्‍यो।<ref>https://www.nytimes.com/2008/11/10/world/asia/10iht-10china.17673270.html</ref> पूर्वी तटीय क्षेत्र विकसित र आफैँसँग पर्याप्त सञ्चिति तथा प्रविधि पनि रहेकोले त्यसलाई भित्री भागतर्फ सार्दै पश्चिमसँग जोड्ने पूर्वाधार निर्माण गर्न थाल्यो । द्रूततर गतिका रेलमार्ग, सुरुङ मार्ग, राजमार्ग तथा हवाइ मार्गहरूले जोड्यो । खाली बन्जर भूमिमा कलकारखाना, खेतीपातीका नवीन प्रयोग र आधुनिकतायुक्त आवादी विस्तार गर्‍यो।
<br>
तीब्र आर्थिक वृद्धि, आन्तरिक बजारको विस्तार र नवीन आविष्कारमार्फत् स्थापित भएको पुँजी र प्रविधिलाई दिगो बनाउन चीनले सन् २०१३ अक्टोबरमा बाह्य दुनियाँमा निस्किने रणनीतिक सोच अघि सार्‍यो।<ref>https://shilapatra.com/detail/4775</ref> पुरानो [[रेसम मार्ग|रेशम मार्ग]]सँग मिल्दोजुल्दो नक्सा पछ्याउँदै तर नयाँ ढंगले सामुद्रिक, भूमार्ग तथा हवाइ मार्गबाट आन्तरिक तथा बाह्य सम्बन्ध विस्तार गर्ने त्यही महत्त्वाकांक्षी योजना नै ‘बेल्ट एन्ड रोड इनिसिएटिभ हो।<ref>https://www.bbc.com/nepali/news-47715957</ref> यसलाई चारवटा आयामबाट अघि बढाइएको छ। एक, पूर्वाधार विकासका लागि आवश्यक लगानी बैंक तथा वित्तीय व्यवस्थापन। दुई, विभिन्न मुलुकसँग सहकार्यका लागि मञ्च निर्माण। तीन, सन् २०२१ सम्म निर्माण गरिने परियोजनाहरूको विस्तृत प्रतिवेदन तयार। चार, सन् २०४९ सम्ममा सबै परियोजना निर्माण सम्पन्न गर्ने, जुन वर्ष [[चिनियाँ समाजवादी क्रान्ति]]को सय वर्ष पुग्दै छ।<ref>https://www.thenewsilkroadproject.com/the-new-silk-road</ref><ref>http://www.china.org.cn/china/third_plenary_session/2014-01/16/content_31212602.htm</ref>
५९५

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/759378" बाट अनुप्रेषित