"अबखाजिया" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९८:
जस्टिन प्रथम (सन् ५५०) सँगै इसाई बनेपछि अबखाजहरु बिन्जान्टाइन साम्राज्यका खम्बा बने । ८ ओँ शताब्दीमा अबखाज एक स्वतन्त्र अधिराज्य बन्यो । पछि यो जर्जियाको एक भाग बन्यो । १४६३ मा यसले मुक्ति पाए पनि १६ ओँ शताबदीमा ओटोम्यान साम्राज्यमातहत हुन पुग्यो ।<ref>https://www.britannica.com/place/Abkhazia</ref>
क्रमश: यसका केही भागमा इसाईलाई इस्लामले विस्थापित गरे । सन् १८१० मा एक संरक्षित भूभागका रुपमा मान्यता दिने गरी रुससँग एक सन्धि भयो । १९२१ मा यो एउटा नवगणतन्त्रका रुपमा उदायो । सन् १९३० को दशक अघिसम्म अबखाजिया गणतन्त्र जर्जियाभित्रै एक स्वायत्त गणराज्य थियो । सन् १९८० को दशकको अन्त्यतिर जब सोभियत संघ विघटनको प्रक्रिया सुरु भयो र जर्जियाले स्वतन्त्रताको खोजी गर्न थाल्यो, अबखाजियाले पनि जर्जियाबाट नियन्त्रणमुक्त हुने उपाय खोज्न थाल्यो। १९९० को दशकमा त अबखाजियाले आफैले स्ततन्त्र मुलुक घोषणा गरिदियो ।<ref>https://www.britannica.com/place/Abkhazia</ref>
== इतिहास ==
सन् १९९१ मा जर्जिया सोभियत संघबाट स्वतन्त्र भएपछि अबखाजियाका बासिन्दाले आफ्नो स्वतन्त्रता सकिएको भन्ठानेर १९९२ मा गृहयुद्ध नै सुरु गरे। सुरुमा जर्जियाले सेनाको तैनाथी बढाएर विद्रोहीलाई राजधानीबाहिर धपाउने कोशिस गरेको थियो । तर, विद्रोहीले पुन: शक्ति आर्जन गरेर अवस्ठा उल्टाइदिए । यस संघर्षमा दसौँ हजार मानिस मारिए। जर्जियाली मूलका २ लाखभन्दा बढी बासिन्दाले अबखाजियाबाट विस्थापित हुनुपर्‍यो। रुसी सेनाले पनि अबखाजियाली विद्रोहीलाई सहयोग गरेको थियो । सन् २००८ मा रुसी सेनाले अबखाजियाका तर्फबाट जर्जियामाथि हमला पनि गरेको थियो। त्यसैले रुससँग अबखाजियाको राम्रो सम्बन्ध भए पनि जर्जियाले आफ्ना नागरिकलाई अबखाजिया जानको लागि कानुन बनाएरै प्रतिबन्ध लगाएको छ ।<ref>https://www.crisisgroup.org/europe-central-asia/caucasus/abkhazia-georgia/easing-travel-between-georgia-and-breakaway-abkhazia</ref>
सन् १९९१ मा जर्जिया सोभियत संघबाट स्वतन्त्र भएपछि अबखाजियाका बासिन्दाले आफ्नो स्वतन्त्रता सकिएको भन्ठानेर १९९२ मा गृहयुद्ध नै सुरु गरे। हुन त यस गृहयुद्धको पृष्ठभूमिमा रुस लगायत शक्तिराष्ट्रको भूराजनीतिक र सामरिक टकराव पनि थियो। साथसाथै, १९९० को दशकको सुरुमा अबखाजियाले सामना गरेको तीनथरी संक्रमणको संयुक्त उपजका रुपमा पनि यहाँको गृहयुद्धलाई लिइएको पाइन्छ । जस्तो कि सोभियत अधिनायकत्वबाट लोकतान्त्रिक राज्यमा संक्रमण, नियन्त्रित अर्थतन्त्रबाट बजार अर्थतन्त्रमा संक्रमण र आबद्ध गणराज्यबाट स्वायत्त राज्यमा संक्रमण। यो तेहरो संक्रमणको मूल्य धेरै राज्यका धेरै क्षेत्रमा चुकाउन बाध्य भयो र अन्तत: सन् १९९२-९३ मा एक विनाशकारी युद्धमा परिणत भयो।<ref>https://www.international-alert.org/blogs/socio-economic-system-abkhazia-and-problems-its-development</ref>
<br>
सन् १९९१ मा जर्जिया सोभियत संघबाट स्वतन्त्र भएपछि अबखाजियाका बासिन्दाले आफ्नो स्वतन्त्रता सकिएको भन्ठानेर १९९२ मा गृहयुद्ध नै सुरु गरे।युद्धको सुरुमा जर्जियाले सेनाको तैनाथी बढाएर विद्रोहीलाई राजधानीबाहिर धपाउने कोशिस गरेको थियो । तर, विद्रोहीले पुन: शक्ति आर्जन गरेर अवस्ठा उल्टाइदिए । यस संघर्षमा दसौँ हजार मानिस मारिए। जर्जियाली मूलका २ लाखभन्दा बढी बासिन्दाले अबखाजियाबाट विस्थापित हुनुपर्‍यो। रुसी सेनाले पनि अबखाजियाली विद्रोहीलाई सहयोग गरेको थियो । सन् २००८ मा रुसी सेनाले अबखाजियाका तर्फबाट जर्जियामाथि हमला पनि गरेको थियो। त्यसैले रुससँग अबखाजियाको राम्रो सम्बन्ध भए पनि जर्जियाले आफ्ना नागरिकलाई अबखाजिया जानको लागि कानुन बनाएरै प्रतिबन्ध लगाएको छ ।<ref>https://www.crisisgroup.org/europe-central-asia/caucasus/abkhazia-georgia/easing-travel-between-georgia-and-breakaway-abkhazia</ref>
==सार्वभौमिकताको स्थिति==
जर्जिया–अबखाजिया द्वन्द्व र जर्जिया-रूस सम्बन्ध यस राज्यको केन्द्रीय मुद्दा हो । यसलाई रसिया, भेनेजुएला, निकारागुआ, नउरु र सिरियाले राज्यका रूपमा मान्यता दिएका छन्। जर्जियाली सरकार र संयुक्त राष्ट्रसंघका अधिकांश सदस्यहरूले भने अबखाजियालाई कानुनी रूपमा जर्जियाको अंश मान्दछन् । जर्जियाको संविधानले पनि उक्त क्षेत्रलाई अब्खाजियाको स्वायत्त गणराज्यको रूपमा तोकेको छ ।
"https://ne.wikipedia.org/wiki/अबखाजिया" बाट अनुप्रेषित