"अबखाजिया" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०४:
यहाँको अर्थतन्त्रको मुख्य आधार उद्योग र पर्यटन हो। एकताका औद्योगिक विकासको चुलीमा पुगेको अबखाजियामा ५०० भन्दा बढी ठूला उद्योग तथा कलकारखाना थिए। अहिले मुस्किलले एक सयवटा छन्, तीमध्ये ८७ वटा राज्यको स्वामित्व नभएका छन्। ४० प्रतिशत उद्योग राजधानीमै केन्द्रित छन्। वार्षिक ५.५ करोड अमेरिकी डलरबराबरको ओद्योगिक उत्पादन रहेको सरकारी आकडा छ।<ref>http://presidentofabkhazia.org/en/respublika_abkhazia/economy/</ref>
<br>
यहाँको वार्षिक बजेटमा राजस्वको एक तिहाई भरथेग पर्यटनले गर्दछ । वर्षमा १० लाख जति पर्यटक अबखाजिया भ्रमणमा जाने गरेको तथ्यांक छ। पर्यटनमा केही ऐतिहासिक स्थलका साथै समुद्र र सूर्य यहाँका पर्यटनका मुख्य आकर्षण मानिन्छन्। सोभियत संघअन्तर्गत छँदा रुसीहरुमाझ अबखाजिया एक आकर्षक गन्तव्य थियो। गृहयुद्धले यहाँको होटल तथा पर्यटन क्षेत्रमा धक्का पुग्यो । त्यसपछि पर्याप्त नयाँ पूर्वाधार निर्माण र विकासका काम हुन सकेनन्।<ref><ref>https://oc-media.org/abkhazias-tourism-catastrophe-who-would-want-to-come-here/</ref> कतिसम्म भने यहाँ बसपार्क समेत सोभियतकालीन छन् । उसो त यहाँको धेरैजसो सम्पत्तिमा रुसीहरुकै कब्जा छ । यहाँ मुद्रा पनि रुसी रुबल नै चल्छ। पर्यटकका नाममा अहिले केही रुसीहरु मात्र यस क्षेत्रमा घुम्न पुग्छन्। निरन्तरका विष्फोटका घटना र तनावपूर्ण परिस्थितिका कारण यहाँको पर्यटन व्यवसाय उँभो लाग्न सकिरहेको छैन।<ref>https://www.nytimes.com/2016/10/13/world/europe/georgia-abkhazia-sanitarium-amra-international.html?_r=0</ref>भएको पर्यटन व्यवसायबाट पनि अबखाजियालीले लाभ पाउन सकिरहेका छैनन् भन्ने यहाँको सरकारको बुझाइ छ। यही कारण सन् २०१९ मा यहाँको सरकारले विदेशी पथप्रदर्शकले पर्यटक घुमाउन नपाउने र कम्तीमा एउटा समूहमा एकजना अबखाजियाली हुनैपर्ने नियम बनाएको छ ।<ref>https://jam-news.net/abkhazia-bans-foreigners-from-leading-tours/</ref>
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/अबखाजिया" बाट अनुप्रेषित