"रङ्पुर जिल्ला" का संशोधनहरू बिचको अन्तर

सामग्री थप
→‎भाषा: सामग्री थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति ९७:
== भाषा ==
रङ्पुर जिल्लामा मुख्यतया दुई भाषाहरू बोलिने गरिन्छ जो; रङ्पुरी र बङ्गाली हन्। यस जिल्लाका स्थानीय बासिन्दाहरू रङ्पुरी भाषा बढी बोल्छन् भने शिक्षित मानिसहरू र सहरमा बसोबास गर्ने मानिसहरू भने बङ्गाली भाषा बोल्ने गर्छन्। यस जिल्ला सन्तल र मुण्डा जनजातिहरू पनि बसोबास गर्ने हुनाले उक्त जनसमुदायले छुट्टै स्थानीय भाषा बोल्ने गर्छन्।
 
== अर्थतन्त्र ==
 
यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती जसमा जिल्लाकै ६२.९९% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ४.६६% मजदुरी, व्यापार र उद्योगमा १.१%, वाणिज्यमा १३.२८%, सञ्चार र यातायातमा ३.९०%, रेमिटेन्समा ०.२०%, निर्माण क्षेत्रमा १.१३%, धार्मिक सेवा ०.२०% र अन्य ६.१६% रहेका छन्।
 
== सञ्चार माध्यम ==
बङ्गलादेश बेतार रङ्पुर यस जिल्लाको प्रशारकको रुपमा काम गरेको छ। बङ्गलादेश टेलिभिजनको क्षेत्रीय प्रशारण रङ्पुरबाट हुन्छ। रङ्पुर प्रेस क्लब रङ्पुर सहरमा पर्छ। रङ्पुरमा १९ वटा चलचित्र मन्दिरहरू छन् भने यहाँ थुप्रै पत्रपत्रिका प्रकाशन गर्ने संस्थाहरू पनि छन्।
 
== प्रशासक ==
यस जिल्लामा ३ नगरपालिका रङ्पुर सदर, बडारगञ्ज र हरागच छन् भने ८ उपजिल्लाहरू छन् जुन यस प्रकार छन्;
 
*[[बडारगञ्ज उपजिल्ला|बडारगञ्ज]]
*[[मिथापुकार उपजिल्ला|मिथापुकार]]
*[[गङ्गाचरा उपजिल्ला|गङ्गाचरा]]
*[[कुनिया उपजिल्ला|कुनिया]]
*[[रङ्पुर सदर उपजिल्ला|रङ्पुर सदर]]
*[[पिरगाछा उपजिल्ला|पिरगाछा
*[[पिरगञ्ज उपजिल्ला|पिरगञ्ज]]
*[[तारागञ्ज उपजिल्ला|तारागञ्ज]]
 
यस जिल्लाको सदरमुकाम रङ्पुर सहरले ४३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ जुन घघाट नदिको किनारमा अवस्थित छ भने यस सहरलाई सन् १८६९ मा नगरपालिका घोषित गरिएको थियो। सन् २००६ को जनगणना अनुसार रङ्पुर नगरपालिकाको जनसङ्ख्या २५१७९९ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ५२% छ भने महिलाको जनसङ्ख्या ४८% रहेको छ। यस सहरको साक्षरता दर ५४.६% रहेको छ। रङ्पुर सहर विभाग कुल १०० वर्ग किलोमिटरमा फैलिएको छ भने सन् २०११ को जनगणना अनुसार यसको जनसङ्ख्या ६० लाख रहेको छ। रङ्पुर सहर बङ्लादेशका ढाका (१२५ मिलियन) चट्टग्राम (३० मिलियन), खुलना (१० मिलियन) र राजशाही (८ मिलियन) पछिको पाँचौं ठूलो सहर हो।