"सङ्कट व्यवस्थापन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
सङ्गठनको नियमिततामा अवरोध उत्पन्न गर्ने त्यस्ता घटनाहरु जुन नियमितभन्दा फरक, व्यापक र भयङ्कर क्षति गर्ने गरी उपस्थित हुन्छन्, आफ्नै नियन्त्रण र काबु भन्दा बाहिर हुन्छन त्यस्ता घटनालाई संकट भन्ने गरिन्छ । संकटले नियमित कार्यमा अवरोध पुर्याउँछ। संकटले व्यापार संचालनमा बाधा पुर्‍याउँछ, मानिसहरूलाई हानी पुर्‍याउने धम्की दिन्छ, मानिसको प्रतिष्ठालाई हानी गर्दछ र सङ्गठनको आर्थिक अवस्थालाई पनि नकारात्मक प्रभाव पार्छ।<ref>{{cite web|url=https://www.reputationmanagement.com/blog/crisis-management/|title=Crisis Management – How to Manage a Crisis (and Recover)}}</ref> '''संकट व्यवस्थापन''' ({{lang-en|Crisis Management}}) एक प्रणालीगत दृष्टिकोण हो जसले सङ्गठनलाई असर गर्न सक्ने संकटहरू रोक्नको लागि र भएका घटनाहरूलाई प्रभावकारी रूपमा व्यवस्थित गर्न सम्पूर्ण संस्थालाई संलग्न गर्दछ।<ref>{{cite web|url=https://iveybusinessjournal.com/publication/a-blueprint-for-crisis-management|title=A BLUEPRINT FOR CRISIS MANAGEMENT|trans-title=संकट व्यवस्थापनको खाका}}</ref> संकट व्यवस्थापन एउटा प्रक्रिया हो जसले सङ्गठन र यसका सरोकारवालाहरूलाई पुग्न सक्ने नोक्सान रोक्न वा कम गर्न तयार गरिएको हुन्छ। यो सङ्गठनमा पर्न जाने असर र प्रभावको रोकथाम गरी सङ्गठनलाई पूर्ववत् रूपमा संचालन गर्न अवलम्बन गरिने व्यवस्थापकीय कार्य हो। संकट आएसके पश्चात यसको व्यवस्थापन गर्नु निकै गाह्रो विषय हुन्छ तर संकटलाई सिर्जना नहुँदै रोक्नु वा न्यूनीकरण गर्नु नै खासमा संकट व्यवस्थापन हो।<ref>{{cite web|url=https://www.karobardaily.com/news/idea/18001|title=संकट व्यवस्थापन|website=कारोबार|accessdate=२०१९-११-०५}}</ref>
 
==संकटका कारणहरु==
कुनै संस्था वा सङ्गठनमा संकटा आउनुमा दुइ प्रकारका कारणहरु हुन सक्छन्:
*बाह्य कारण- वातावरणीय उपज्, अन्य सङ्गठन, राष्ट्र वा प्राकृतिक विपत्तिका कारण ।
*आन्तरिक कारण- कमजोर योजना प्रणाली, गल्तिलापर्वाहि, खराब, कार्य प्रकृया आदिका कारण ।