"सङ्कट व्यवस्थापन" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: सङ्गठनको नियमिततामा अवरोध उत्पन्न गर्ने त्यस्ता घटनाहरु जुन...
(कुनै भिन्नता छैन)

१२:१९, १ नोभेम्बर २०१९ जस्तै गरी पुनरावलोकन

सङ्गठनको नियमिततामा अवरोध उत्पन्न गर्ने त्यस्ता घटनाहरु जुन नियमितभन्दा फरक, व्यापक र भयङ्कर क्षति गर्ने गरी उपस्थित हुन्छन्, आफ्नै नियन्त्रण र काबु भन्दा बाहिर हुन्छन त्यस्ता घटनालाई संकट भन्ने गरिन्छ । संकटले नियमित कार्यमा अवरोध पुर्याउँछ। संकटले व्यापार संचालनमा बाधा पुर्‍याउँछ, मानिसहरूलाई हानी पुर्‍याउने धम्की दिन्छ, मानिसको प्रतिष्ठालाई हानी गर्दछ र सङ्गठनको आर्थिक अवस्थालाई पनि नकारात्मक प्रभाव पार्छ।[१] संकट व्यवस्थापन (अङ्ग्रेजी: Crisis Management) एक प्रणालीगत दृष्टिकोण हो जसले सङ्गठनलाई असर गर्न सक्ने संकटहरू रोक्नको लागि र भएका घटनाहरूलाई प्रभावकारी रूपमा व्यवस्थित गर्न सम्पूर्ण संस्थालाई संलग्न गर्दछ।[२] संकट व्यवस्थापन एउटा प्रक्रिया हो जसले सङ्गठन र यसका सरोकारवालाहरूलाई पुग्न सक्ने नोक्सान रोक्न वा कम गर्न तयार गरिएको हुन्छ। यो सङ्गठनमा पर्न जाने असर र प्रभावको रोकथाम गरी सङ्गठनलाई पूर्ववत् रूपमा संचालन गर्न अवलम्बन गरिने व्यवस्थापकीय कार्य हो।

संकटका कारणहरु

कुनै संस्था वा सङ्गठनमा संकटा आउनुमा दुइ प्रकारका कारणहरु हुन सक्छन्: बाह्य कारण- वातावरणीय उपज्, अन्य सङ्गठन, राष्ट्र वा प्राकृतिक विपत्तिका कारण । आन्तरिक कारण- कमजोर योजना प्रणाली, गल्तिलापर्वाहि, खराब, कार्य प्रकृया आदिका कारण ।


सन्दर्भ सामग्रीहरू