"चन्द्र शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३२:
 
== कार्यहरु ==
[[चित्र:Tri-chandra_Hospitalchandra Hospital.jpg|thumb|400x400px|टुँडिखेल पारिबाट देखिएको त्रिचन्द्र सैनिक अस्पताल (बाया पट्टि [[बीर अस्पताल|वीर अस्पताल]] ट्रमा सेन्टर)|alt=]]
 
* [[त्रिचन्द्र अस्पताल|त्रिचन्द्र सैनिक अस्पताल]]को स्थापना
पङ्क्ति ४२:
 
== सति प्रथा अन्त्य ==
लोग्ने मरेपछि चिता सँगै श्रीमतीले पनि प्राण त्याग गर्नुपर्ने प्रथालाई [[सती प्रथा]] भनिन्छ । यो प्रथा प्राचिन कालदेखी नै नेपाल र भारतमा प्रचलित थियो । यो प्रथा रोक्ने प्रयासहरुमा राजा मानदेवकी आमा सती नजानु तथा [[मुलुकी ऐन|मुलुकी ऐन १९१०]] को सुधार‚ [[वीर शमशेर जङ्गबहादुर राणा|वीर शमशेर]]को सरकारको अनुमतीमा मात्र सती जान पाइने नियमलाई लिन सकिन्छ भने सती प्रथाको विधिवत अन्त्य वि.सं. १९७७ अषाढ (सन् १९२० जुलाई २८) मा चन्द्रशमसेर द्वारा भयो ।

वि.सं. १९१० को मुलुकी ऐनको सुधारः- १६ बर्ष मुनिकी बिधवा‚ दासी एवं नोकर महिला र १२ बर्ष भन्दा कम उमेरका छोराछोरी हुने महिला लाई सती जानु नपर्ने ।
 
सदियौ देखि नारी माथी लादिएको सति प्रथाको अन्त्य १९७७ मा चन्द्र सम्सेर राणाले गरे। चन्द्रशम्शेरले आषाढ २५, १९७७ (८ जुलाई १९२०) मा यो क्रुर अमानविय कु-प्रथाको औपचारिक रुपमा अन्त्य गरेका थिए । [[त्रिभुवन शाह|श्री ५ त्रिभुवनवीरविक्रम शाह]]को राज्यकालमा श्री चन्द्रशम्शेरले वि.सं. १९७७ आसाढ २५ गतेदेखि लागु हुने गरी सतीप्रथा बन्द गरिदिएपछि कानूनी रुपमै यो प्रथा नेपालमा बन्द भयो ।
Line ५४ ⟶ ५६:
प्रधानमन्त्री चन्द्रशमशेर को पालामा ग्याल्पो काण्डले पुन: नेपाल भोट युद्ध हुन लागेको थियो तर अंग्रेजको मध्यस्ततापछी सो युद्धको सम्भावना टर्यो ।
 
[[Fileचित्र:Trichandra college - eldest academic institution of Nepal.jpg|thumb|300px|काठमाडौंको घण्टाघर र त्रिचन्द्र क्याम्पस]]
 
== शैक्षिक योगदान ==
[[Fileचित्र:Chandra george 1911.jpg|thumb|शिकारका क्रममा नेपालको तराई पुगेका बेलायती महाराजा जर्ज पाँचौंलाई स्वागत गर्दै चन्द्र शमशेर (बायाँ) सन् १९११]]
चन्द्र शमशेरको समयको मध्य काटिरहँदाको अवस्थामा विश्व, खासगरी भारतीय उपमहाद्विपको राजनीतिक वातावरणमा उल्लेख्य भिन्नता आउन थाल्यो। पहिलो विश्वयुद्धमा डेढलाख बढी नेपाली लाहुरेहरू विश्वका विभिन्न भागमा पुगेर फर्केपछि तिनले गाउँ गाउँमा आफूले ठाउँ ठाउँमा देखे-भोगेको ज्ञानगुन र चमत्कारका कुरा सुनाउन थाले। भारतमा पनि वि्रटिश विरुद्धको स्वतन्त्रता संग्राम उल्लेख्य मात्रामा बढेर गयो। यो अवस्थामा नेपाली विद्यार्थीलाई पढाइका लागि भारत पठाउँदा त्यहाँको चेतवाट दीक्षित भएका युवा विद्यार्थीले नेपालको आफ्नो जहानिया शासनमा घातक प्रभाव पार्न सक्ने भएपछि कूटिल प्रधानमन्त्री चन्द्र शमशेरले नेपालमै उच्च शिक्षा हासिल गर्न सकिने व्यवस्था बाँध्ने निश्चित गरे। परिणामतः [[त्रि-चन्द्र कलेज|त्रिचन्द्र क्याम्पस]]को स्थापना भयो।