"सम्पूर्ण गुणस्तर व्यवस्थापन" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: '''सम्पूर्ण गुणस्तर व्यवस्थापन''' ({{lang-en|Total Quality Management}}) प्रायः संगठनात...
(कुनै भिन्नता छैन)

१३:२१, ३० अक्टोबर २०१९ जस्तै गरी पुनरावलोकन

सम्पूर्ण गुणस्तर व्यवस्थापन (अङ्ग्रेजी: Total Quality Management) प्रायः संगठनात्मक प्रणालीको विकास, प्रयोग, र मर्मतसँग सम्बन्धित छ जुन विभिन्न व्यापार प्रक्रियाहरूको लागि आवश्यक छ । यसको दृष्टिकोण ग्राहकहरुका अपेक्षाहरू भन्दा बढि गुणस्तर दिन, समस्या पहिचान गर्न, प्रतिबद्धता निर्माण गर्ने र कामदारहरु बीच खुला निर्णय-निर्माण प्रवर्द्धनमा केन्द्रित छ । यो एक रणनीतिक दृष्टिकोणमा आधारित छ जुन विद्यमान गुणस्तर कायम गर्नका साथै वृद्धिशील गुणस्तर सुधार गर्नमा केन्द्रित हुन्छ । यो समग्र गुणस्तर सुधार गर्नका लागि विभिन्न संस्थागत बिभागका बीच सहयोगको संस्कृति स्थापनामा केन्द्रित छ ।[१]

सम्पूर्ण गुणस्तर व्यवस्थापन एउटा व्यवस्थापनको नविनतम् अवधारणा हो । यसले बस्तु तथा गुणस्तर अधिकतम गर्नका लागी उत्पादनका सम्पूर्ण चरणमा गुणस्तर व्यवस्थापन गर्दै जाने प्रकृया हो । विस्तृत अर्थमा गुणस्तर भन्नाले वस्तु वा सेवामा रहेको ग्राहक्लाई सन्तुष्टि दिन सक्ने गुणलाई बुझाउँछ ।[२] यसका लागी निम्न गुणहरुको समायोजनलाई बुझाउँछ:

  • प्रयोगका लागी उपयोगी
  • श्रेणी
  • उत्कृष्टताको मात्रा

इतिहास

पहिलो विश्वयुद्ध पछि गुणस्तरको निर्माण कार्य वातावरणमा बढी सकृयता थियो र यसले सांख्यिकीय गुणस्तर नियन्त्रण को शुरूवात गर्‍यो जुन डा. एडवर्ड्स डेमिंगद्वारा विकसित गरिएको थियो । दोस्रो विश्वयुद्ध पछि जापानका औद्योगिक उत्पादकहरूले न्यून गुणस्तरका वस्तुहरू उत्पादन गर्न थालेका थिए । यसलाई रोक्न जापानी वैज्ञानिक र ईन्जिनियरहरूको संघले डा.डेमिंगलाई गुणस्तर प्रक्रियाहरूमा इन्जिनियरहरूलाई तालिम दिन आमन्त्रित गर्‍यो। १९५० को दशकमा गुणवस्तर नियन्त्रण जापानी निर्माणको एक अभिन्न हिस्सा थियो र संगठन भित्र सबै श्रमिकहरूले यसलाई अपनाएका थिए। १९७० को दशकमा सम्पूर्ण गुणस्तर व्यवस्थापनको धारणाको बारेमा छलफल हुना थालेको थियो। यो एक कम्पनी-व्यापक गुणस्तर नियन्त्रण को रूप मा देखीएको थियो । शीर्ष व्यवस्थापन देखि कामदारहरु सम्म सबै कर्मचारीहरु गुणस्तर नियन्त्रणमा संलग्न थिए । अर्को दशकमा, अधिक गैर-जापानी कम्पनीहरूले जापानमा देखिएको परिणामहरूको आधारमा गुणस्तरीय व्यवस्थापन प्रक्रियाहरू पेश गरिरहेका थिए ।[३][४]

फाइदाहरु

  • गुणस्तर सुधार संस्कृति
  • प्रक्रियामा निरन्तर सुधार
  • ग्राहक आवश्यकतामा ध्यान केन्द्रित
  • ग्राहक सन्तुष्टि

सन्दर्भहरु