"फूलपाती" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox holiday
|holiday_name = फूलपाती
|image =
|image_caption =
|nickname =
|observedby =
|date =
|date2013 =
|date2014 =
|observances =
|celebrations =
|type =
|long type =
}}
 
[[दशैं]]को पहिलो दिन जस्तै [[सप्तमी]], [[अष्टमी]], [[नवमी]] एवं [[दशमी]] तिथिको महत्व अधिक रहेको पाइन्छ । सप्तमी तिथिको दिन दशैंको लागि पूजा सामग्री स्वरूप '''फूलपाती''' आगममा प्रवेश गराउने कार्य हुन्छ । यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपाती स्वरूप [[केरा]], [[दारिम]], [[धान]], [[बेसार|हलेदो]], माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ। <ref name="">{{ cite news| url=https://www.onlinekhabar.com/2018/10/713815 |title =कसरी मनाइन्छ फूलपाती ? घतलाग्दो छ कथा |accessdate=22 September 2019}} </ref>यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, [[लक्ष्मी]], [[दुर्गा]], [[चामुण्डा]], कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवाहन गरेर सोह्र सामग्रीले पुजिन्छ । अर्का यहाँनेर यस तथ्यलाई पनि सम्झनु आवश्यक छ कि [[इन्द्र]], [[शिव]], [[विष्णु]] एवं [[राम|श्रीराम]]ले [[वृतासुर]], त्रिपुरासुर, मधुकैटभ तथा [[रावण]] वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए । यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् । साथै यसै दिन [[गोरखा दरबार]]को दशैंघरबाट ल्याइएको फूलपाती राजधानी -जमल) ल्याई प्रोसेशन र बढाइँ साथ [[हनुमानढोका दरबार|हनुमानढोका]] भित्र्याइन्छ ।
 
"https://ne.wikipedia.org/wiki/फूलपाती" बाट अनुप्रेषित