"धन्वन्तरी जयन्ती" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox holiday
|holiday_name = धन्वन्तरी जयन्ती
|image =
|image_caption =
|nickname =
|observedby =
|date =
|date2013 =
|date2014 =
|observances =
|celebrations =
|type =
|long type =
}}
 
आयुर्वेद चिकित्सा पद्धतिको प्रवर्तकका रूपमा धन्वन्तरीलाई लिइन्छ । भगवान् [[विष्णु]]को अंशकै रूपमा लिइने धन्वन्तरीलाई प्रत्येक वर्ष [[कात्तिक]] महिनाको [[कृष्ण पक्ष|कृष्ण]] पक्षको [[त्रयोदशी]]का दिन विशेष रूपले स्मरण गरिने दिनलाई '''धन्वन्तरी जयन्ती''" भनिन्छ । [[ज्योतिष]] विज्ञानको तथ्यअनुसार प्रथम समुद्र मन्थन एक हजार पाँच सय इसापूर्व बीचको समयमा भएको अनुमान गर्न सकिन्छ र यसै समयमा धन्वन्तरी प्रकट भएका थिए भनिन्छ । एक विदेशी गणितज्ञको मतअनुसार इसाभन्दा ९४५ वर्षपूर्व २५ अक्टोबरका दिन समुद्र मन्थन भएको मानिन्छ । विभिन्न मतलाई विश्लेषण गर्दा धन्वन्तरीको काल आजभन्दा करिब ३ हजार वर्ष पहिले मान्न सकिन्छ । आयुर्वेदका ऐतिहासिक ग्रन्थहरूको समष्टिगत अध्ययनबाट के पुष्टि हुन्छ भने [[आयुर्वेद]]को ज्ञान [[इन्द्र]]बाट विभिन्न ऋषिहरूले प्राप्त गरे जसमा मुख्य रूपमा धन्वन्तरी, [[भारद्वाज]], कश्यप आदि थिए । धन्वन्तरीले शल्यचिकित्सा, भारद्वाजले सामान्य चिकित्सा र कश्यपले बालरोग चिकित्सामा विशेष योगदान पुर्‍याए। धन्वन्तरीका शिष्यहरूमध्ये सुश्रुतले शल्यचिकित्साको विकासमा अझै विशेष योगदान पुर्‍याए । अहिले चिकित्साविज्ञानमा शल्यचिकित्सा अत्यन्तै समुन्नत अवस्थामा पुगिसकेको छ । मस्तिष्क, मुटु, फोक्सो, मृगौलाजस्ता संवेदनशील अंगहरूको समेत शल्यचिकित्साबाट उपचार सम्भव भएबाट चिकित्सा विज्ञानमा ठूलो उपलब्धि हासिल भइरहेका बेला शल्यचिकित्साको बीजारोपणको प्रमुख श्रेय भगवान् धन्वन्तरीलाई नै जान्छ ।
==यो पनि हेर्नुहोस्==