"अनन्त चतुर्दशी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox holiday
|holiday_name = Anant Chaturdashi
|type = Hindu
|image = Immersion-de-Ganesh.jpg
|caption = Immersion of Ganesh
|observedby = Religiously by [[Hindu]]s and [[Jain]]s. Other Indians celebrate the cultural aspects.
|longtype = Religious, [[Indian subcontinent]]
|date = [[Bhadrapad]] [[Paksha|Shukla]] [[Chaturdashi]]
|scheduling = same day each year according to calendars
|duration = 1 day
|frequency = annual
<!-- |date2001 = 1 September
|date2002 = 20 September
|date2003 = 9 September
|date2004 = 27 September
|date2005 = 17 September
|date2006 = 6 September -->
|date2007 = 25 September
|date2008 = 14 September
|date2009 = 3 September
|date2010 = 22 September
|date2011 = 11 September
|date2012 = 28 September
|date2013 = 18 September<ref>{{cite web |url= http://www.drikpanchang.com/calendars/hindu/hinducalendar.html |title=2013 Hindu Festivals Calendar for Bahula, West Bengal, India |first= |last=|work=drikpanchang.com |year=2013|quote=18 Wednesday Anant Chaturdashi |accessdate=10 February 2013}}</ref>
|date2014 = 8 September
|date2015 = 27 September
|date2016 = 15 September<ref>{{Cite web | url=http://www.festivalsofindia.in/anantchaturthi/ |title = Anant Chaturthi 2019, Anant Chaturdashi Legends - Festivals of India}}</ref>
|date2017 = 5 September
|date2018 = 24 September
|date2019 = 12 September
|date2020 = 1 September
|observances = Ganapati Visarjana, Wearing Sacred Silk Thread (Ananta), Prayers, Religious rituals (see [[Puja (Hinduism)|puja]], [[prashad]])
}}
 
[[भाद्र]] महिनाको [[शुक्ल पक्ष]]को [[चतुर्दशी]]लाई '''अनन्त चतुर्दशी''' भनिन्छ । प्रत्येक [[वर्ष]] भाद्र शुक्ल चतुर्दशीका दिन [[काठमाडौं]]लगायत [[ललितपुर जिल्ला|ललितपुर]], भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा [[इन्द्रजात्रा]] पनि मनाईन्छ । भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ । यसरी ठडयाइएको लिङ्गोलाइ 'इन्द्रध्वजोत्थान' पनि भनिन्छ । अनन्त चतुर्दशीका दिन भगवान् अनन्तको पूजा, आराधना र व्रत हुने गर्दछ । यस व्रतको नामैबाट के लक्षित हुन्छ भने यो दिन कहिल्यै अन्त्य नहुने सृष्टिका कर्ता, धर्ता र संहर्ता निर्गुण ब्रह्मको भक्तिको दिन हो । यो दिन भक्तगणले लौकिक कार्यकलापहरूबाट मनलाई हटाएर ईश्वरभक्तिमा अनुरक्त हुने दिन हो। यस दिन वैदिक मन्त्रोच्चारणपूर्वक भक्तिको स्मृतितन्तु अनन्तडोरो बाँधिन्छ । यो व्रत धन पुत्रादिको कामनापूर्तिका निमित्त गर्ने चलन पनि छ । भनिन्छ जब [[पाण्डव]]हरूले जुवामा आफ्ना सारा सम्पत्ति र राजपाट हारेर वनमा कष्ट भोग्दै थिए, त्यति बेलै भगवान् [[कृष्ण|श्रीकृष्ण]]ले आज्ञा गरेकाले धर्मराज [[युधिष्ठिर]]ले आफ्ना भाइहरू तथा द्रौपदीका साथ पूर्ण विधि-विधानले यो व्रत लिएर, विधिपूर्वक अनन्तसूत्र धारण गरेका थिए । अनन्त चतुर्दशीको त्यसै व्रतको प्रभावले पाण्डवहरू समस्त सङ्कटहरूबाट मुक्त भए ।<ref>कृष्णप्रसाद कोइराला, उपप्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल</ref> यस दिन अनन्तका रूपमा भगवान् हरिको पूजा गरिन्छ । रुवा, रेशमी धागो वा कुशले बनाएको चौधवटा गाँठो भएको अनन्तको निर्माण गरी पुरुषले दाहिने तथा नारीहरूले देब्रे हातमा अनन्त धारण गर्ने चलन छ । कपास वा रेशमको धागो कुङ्कुमको रङ्गद्वारा रंगाउने गरिन्छ । यो सामूहिक रूपमा नगरेर व्यक्तिगत रूपमा गरिने पूजा हो । यस पर्वमा कुनै सामाजिक धार्मिक उत्सव हुँदैन । [[अग्नि पुराण]]<ref>अग्नि पुराण १९२/७-१०</ref> मा यसको विवरण छ । यस दिन कलशको जलमा स्थापना गरिएको तथा कुशबाट निर्मित भगवान श्रीहरिको प्रतिमाको पूजा गरिन्छ । व्रत सम्पादन गर्ने व्यक्तिले चामलको एक पाथी पिठोबाट तैयार गरिएका रोटीहरू भगवानलाई अर्पण गरी पूजाको समाप्तिपछि त्यस नैवेद्यको आधा भाग [[ब्राह्मण]]लाई दान गर्नुपर्दछ भने बाँकी आधा भाग स्वयं आँफैले उपयोग गर्नुपर्दछ ।