"अक्षय तृतीया" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३१:
 
== साँस्कृतिक पक्ष ==
हिन्दुशास्त्रहरूका अनुसार वर्षभरीमा कैंयौं विशेष योगहरू पर्छन । ती मध्ये एउटा महायोगको नाम हो अक्षय तृतीया (Axaya Tritiya)। यो महायोग वर्षमा केवल एक पटक मात्र पर्दछ । ज्योतिषहरूका अनुसार यस दिनमा गरिएका सबै सत्कर्महरूको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक दिन’ पनि भनिन्छ । गर्मी महिनाको यस दिन भगवानको पूजा, आराधना, दान गर्ने र सातुसर्वत खुवाउने, खानेपानीको व्यवस्था गर्नेजस्तागर्ने जस्ता काम सुस्वास्थ्य र परोपकारका दृष्टिबाट उपयोगी र महत्वपूर्ण मानिन्छ ।
हिन्दु कालगणनानुसारकालगणना अनुसार चार स्वयं सिद्ध मुहूर्तहरू छन् ती मध्य एक हो ‘अक्षय तृतीया’ । बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ । अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहने । पौराणिक कथाअनुसारकथा अनुसार विष्णुले परशुराम अवतार लिएकाले यस दिनलाई परशुराम जयन्तीका रुपमा पनि मनाइन्छ । परशुरामलाई विष्णुका दशावतारमध्येदश अवतारमध्ये एक मानिन्छ । परशुराम चिरन्जीवी छन् । उनको आयुको क्षय भएन त्यसैले यस तिथिलाई चिरन्जीवी तिथि पनि भनिन्छ । चार युगहरूमा सत्य युग र त्रेता युगको प्रारम्भ यसै तृतीया तिथिबाट भएको हो । यसकारणले यस तिथिलाई ‘युगादितिथि’ पनि भनिन्छ । चार धामहरूमध्ये एक [[बद्रीनाथ]] धामको ढोका यसै दिन अर्थात अक्षय तृतीय तिथिकैतिथि कै दिन खोलिन्छ । भनिन्छ यस शुभ तिथिमा गरिएका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्य अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ ।
यो एक स्वयं सिद्ध मुहूर्त हो । यो कुनैपनिकुनै पनि शुभ कार्य गर्नका लागि सबभन्दा राम्रो तिथि हो । वेदव्यासले यसै दिन [[महाभारत]]को रचना प्रारम्भ गरेका थिए । कुनै पनि शुभ वा मांगलिक कार्य यसै दिन सम्पन्न गर्न सकिन्छ । भगवान नरनारायण हयगृव एवं परशुरामको जन्म यसै तिथिमा भएको थियो । लोकमान्यता छ कि अक्षय तृतीयाका दिन रोहिणी नक्षत्र परेन भने दुष्टहरूको बलबृद्धि हुन्छ । यस दिन जलले भरिएका कलश जूत्ता गाई भूमि स्वर्णपात्रको दान गर्नु पर्छ । अक्षय फल प्राप्ति होस् भन्ने कामनाका साथ यस तिथिमा पितृतर्पणपितृ तर्पण गरिन्छ । वैशाख शुक्लपक्ष तृतीयाका दिन सातु र सर्वत दान गर्ने प्रचलन छ । दालचिनी ल्वाङ सुकुमेल [[अलैंची]] [[मह]] चिनी सख्खर र मिस्रीमध्येमिस्री मध्ये एक चिज लगाई सर्बतसँगैसर्बत सँगै र जौको सातु दान गर्ने चलन छ । आज बुढाबुढीलाई छाता लौरो र कपडाको जुत्ता दान गर्ने तथा गच्छे भए गाई जमिन अन्न र सुन पनि सत्पात्रलाई दान दिइने गरिन्छ । यसै दिन कैलाशवासी महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । शास्त्रीय विधानअनुसारविधान अनुसार आज दियो कलश र गणेशलाई पूजी कलसमाथिकलस माथि अष्टदल लेखेको तामाको थाली राखेर अष्टदलमा पूजा गरिन्छ ।
शास्त्रमा अक्षय तृतीया एवं अक्षय तृतीयाको माहात्म्य
# शुभ एवं पूजनीय कार्य यसै दिन गरिन्छ, जसबाट प्राणी (मनुष्य) को जीवन धन्य हुन जान्छ ।
# यस दिनबाट सत्ययुग र त्रेतायुगको आरंभआरम्भ भएको विश्वास गरिन्छ ।
# श्री परशुरामजीकोपरशुराम जी को अवतरण पनि यसै दिन भएको थियो ।
# यसै दिन चारधाम मध्ये एक श्री बद्रीनारायणको ढोका खुल्दछन ।
# नर-नारायण यसै दिन अवतरित हुनु भएको थियो ।
# हयग्रीवको अवतार पनि यसै दिन भएको थियो ।
# वृंदावनका श्री बाँकेबिहारीको मन्दिरमा यसै दिन श्रीविग्रहको चरणको दर्शन गर्न सकिन्छ अन्यथा संपूर्णसम्पूर्ण वर्ष श्रीचरणलाई लुगाले ढाकिन्छ ।
# जो मनुष्य यस दिन गंगास्नान गर्दछ, त्यसलाई अनेकौ पापबाट मुक्ति मिल्दछ ।
# यस दिन परशुरामजीकोपरशुराम जी को पूजा गरेर उनलाई अर्घ्य दिँदा ठूलो पुण्य प्राप्त हुने मान्यता छ ।
# श्रीकृष्णले पनि यस तिथिलाई परम पुण्यमय मान्नु भएको छ । यस दिन मध्याह्नभन्दामध्याह्न भन्दा पहिले नै स्नान, जप, तप, होम, स्वाध्याय, पितृ-तर्पण तथा दान आदि संपन्न गर्ने महाभाग व्यक्तित्वले अक्षय पुण्यफलको भागी हुने अवसर प्राप्त गर्दछ ।
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/अक्षय_तृतीया" बाट अनुप्रेषित