"कन्फुसियस" का संशोधनहरू बिचको अन्तर

अनाथ ट्याग हटाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
५३ वर्षको उमेरमा यिनी राज्यमा एक शहरको शासनकर्ता तथा पछाडी मन्त्री पदमा नियुक्त भए। मन्त्री भएपछि यिनले अपराधीलाई दण्ड दिनुको सट्टा उसको चरित्र सुधार गर्ने तर्फ जोड दिए। कन्फुशियसले आफ्ना शिष्यहरूलाई सत्य, प्रेम र न्यायको सन्देश दिए। यिनी सदाचारमा अधिक जोड दिन्थे। र मानिसलाई विनयी, परोपकारी, र और चरित्रवान बन्ने प्रेरणा दिन्थे। अग्रज तथा बृद्धहरूलाई आदर-सम्मान गर्न सिकाउँथे। उनी भन्थे अरूलाई त्यस्तो व्यवहार नगर जुन तिमी आफूलाई गर्न सक्दैनौ। <br />
चीनका महान दार्शनिक र विचारक कंफ्यूशियस (confucius)को जन्म ५५१ ईसा पूर्व चीनको पूर्वी प्रांत शानडोंग (शान तुंग)को क्यूफू (छ्वी फु) शहरमा भएको थियो। भारतमा त्यस बेला भगवान महावीर शाक्यमुनी बुद्धको विचारको प्रभाव थियो । महावीर जस्तै कंफ्यूशियसले राजनीतिमा चाख देखाएका थिए। कंफ्यूशियसलाई एक राजनीतिज्ञ विचारक भन्दा धेरै एक धार्मिक विचारक पनि मानिन्छ ।
ओशो रजनीश भन्थे कि कंफ्यूशियसको नीतिवादी विचार धेरै प्रभावी सिद्ध भयो। समयको केहि अन्तरमा कंफ्यूशियस- लाओत्से तुंग, सुकरात, महावीर र शाक्मुनी बुद्धको समकालीन थिए। कंफ्यूशियसले यसै समयमा जन्म लिए जबकि चीनको शक्ति कमजोर भएकोथियोभएको थियो र त्यस समय कमजोर झोऊ राजवंशको आधिपत्य थियो । त्यस बखतमा कंफ्यूशियसको दार्शनिक विचारहरूको साथ नै उनको राजनीतिक र नैतिक विचारहरूले चीनमा मान्छेहरूमा राम्रो प्रभाव पार्यो । यसै अनुसार केहि समय राजनीतिमा पनि बिताए । वास्तवमा कंफ्यूशियस एक सुधारक थिए । कंफ्यूशियसको विचारलाई अहिले बिभिन्न संचार सम्बन्धि तालीमहरूमा पनि प्रयोग गरिन्छ । उनि भन्थे जे कुरा सुन्छु त्यसलाई बिर्सन्छु केवल २० प्रतिशत सम्झन्छु । जब देख्छु सम्झन्छु ४० प्रतिशत मात्रै सफल हुन्छु जब अभ्यासमा लाग्छु ८० प्रतिशत सफल हुन्छु ।
कंफ्यूशियसले स्व:अनुशासन, राम्रो जीवनचर्या र परिवारमा समानजस्यतामा जोर दिएकाथिए। उन्को शिक्षाहरूको आज पनि चीनमा केहिले पालन गर्छन । यि दार्शनिकको नामले चीनको सरकार एक शान्ति पुरस्कार पनि प्रदान गर्छन ।
कंफ्यूशियसको शहरमा आज भोली पनि उनको स्मारक, मंदिर र भवन समेत कैयौं घरहरू छन् । यिनि चीनको सांस्कृतिक धरोहर हुन, जस्लाई यूनेस्कोले विश्व धरोहरको लिस्टमा समावेस गरेकोछ ।
"https://ne.wikipedia.org/wiki/कन्फुसियस" बाट अनुप्रेषित