"सन यात सेन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १२:
अगस्ट २०, १९०५ का दिन सन यात-सेनको नेतृत्वमा केही क्रान्तिकारीहरूले टङ मेङ हुई 'चाइनिज रिभोलुसनरी लिग' नाम गरेको चीनको पहिलो मध्यमार्गी पार्टी गठन गरे। सन यात-सेनले क्रान्ति सफल पार्न तीनवटा प्रमुख क्रान्तिहरू एकैसाथ हुनुपर्ने प्रस्ताव गरे। एकैपटक राष्ट्रिय, राजनीतिक र सामाजिक क्रान्ति गर्ने उनको प्रस्ताव थियो। चाइनिज रिभोलुसनरी लिगले क्रान्तिकारी कार्यक्रम प्रस्तावित गर्‍यो जसमा मन्चु वंशको अन्त्य, चीनको पुनर्उत्थान र गणतन्त्र स्थापना। आर्थिक कार्यक्रममा जमीनको स्वामित्वमा समानता भन्ने नारा थियो।
 
सन यात-सेनले जनताका तीन सिद्धान्त अगाडि सारे जसमा राष्ट्रियताको सिद्धान्त, प्रजातन्त्रको सिद्धान्त र जनताको जनजीविकाको सिद्धान्त। यो सिद्धान्तलाई थ्री पिपुल्स पि्रन्सिपल नामले पनि चिनिन्छ। सामान्तवादी राजसंस्थाको अन्त्य र साम्राज्यवादी अतिक्रमणको अन्त्यका लागि हतियार बन्द क्रान्ति सुरु गरियो। सबै विद्रोहहरू असफल भए तर पनि क्रान्तिकारीहरूले आफ्नो धैर्य र धेय गुमाएनन्। रक्तरञ्जित विद्रोहहरू कायम नै रहे।त्यो समयमा सम्पूर्ण चीन अभाव र अनिर्णयको बन्दी जस्तो देखिन थाल्यो। सन् १९०९मा१९०९ मा सम्पूर्ण चीनभरि १३० वटा विद्रोह भए भने सन् १९१०मा१९१० मा २९० भन्दा बढी विद्रोहहरू भए। सेनडोङमा सन् १९११मा१९११ मा थेग्न नसकिने कर र लेभी उठाएको विरोधमा कडा विद्रोहहरू भए। सन् १९११को१९११ को चीनको रेलवे राइट विद्रोहले चीनका धेरै प्रान्तलाई हल्लायो। यसको प्रभाव चीन बाहिर पनि सशक्तरूपमा फैलियो।
 
अक्टोबर १०, १९११को१९११ को उचाङ आन्दोलनले विश्वलाई नै चकित बनायो। सन् १९१२को१९१२ को नयाँ वर्षको पहिलो दिनमा सन यात-सेनलाई नानजिङ प्रान्तको प्रान्तिय राष्ट्रपतिमा नियुक्त गरियो। त्यसै दिन गणतन्त्र चीन स्थापना भएको घोषणा गरियो। फेब्रुअरी १२, १९१२ का दिन कुइङ वंशका अन्तिम राजाले २६७ वर्षको कुइङ राजवंशको समाप्ति गर्दै राज्य त्याग गरे। चीनको दुई हजार वर्षको राजतन्त्रको इतिहास समाप्त भयो।सन यात- सेनले एक महिना जति प्रान्तिय राष्ट्रपति हुन पाए। त्यसपछि उनलाई हटाएर युयान साहकाई नयाँ प्रान्तिय राष्ट्रपति भए। उनले कुइङ सरकारकै नीतिलाई निरन्तरता दिँदै जनविद्रोहको विपरीत काम गर्न थाले। सङ जिऔरन भन्ने एक जना क्रान्तिकारी नेताको हत्या भयो। उनी पनि त्रियासी दिनमा सत्ताच्यूत गरिए।
 
सन. १९२५को१९२५ को मार्च १२ का दिन महान् प्रजातान्त्रिक योद्धा सन यात- सेनको मृत्यु भएपछि उनले गरेको मध्यमार्गी आन्दोलनको सोचले निरन्तरता पाएन। सन यात-सेनले चाहेको राज्य प्रणाली लागू भएन तर पनि चीन र विश्वले डा. सन यात-सेनलाई चीनको मध्यमार्गी प्रजातान्त्रिक आन्दोलनका जनकका रूपमा लिन्छ। यस अर्थमा चीनमा सन यात-सेनले चाहेको मध्यमार्गी प्रजातान्त्रिक व्यवस्था लागू हुन नसके पनि चीनमा उनलाई माओत्सेतुङ जस्तै महानतम चिनियाँ नेता गणना गरिन्छ।
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/सन_यात_सेन" बाट अनुप्रेषित