"सुगौली सन्धि" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य लिङ्कहरू: clean up, replaced: ==बाहिरी कडीहरू== → ==बाह्य लिङ्कहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३६:
'''सुगौली सन्धि''' नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो जसबाट नेपाल अंग्रेज युद्धको विधिवत समाप्ति भएको थियो। यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको २ तिहाई भू-भाग गुमाउनु परेको थियो। यो सन्धिमा [[ब्रिटिश इस्ट इन्डिया कम्पनी]] र [[नेपाल]] बीच २ डिसेम्बर १८१५ मा हस्ताक्षर भएको र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो। यो सन्धि गरेर ब्रिटिशद्वारा पर्वतीय राज्य नेपालमाथि दोस्रो पल्ट आक्रमण गरिंदा उब्जेको सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज-नेपाली युद्धलाई समाप्त गरियो। सन्धिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरू [[गजराज मिश्र]] र [[चन्द्र शेखर उपाध्याय]] तथा ब्रिटिश (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नेल प्यरिस ब्राड्स थिए।
 
सन्धिमा नेपालले लडाईंमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्ने अधिकारबाट पनि वंचित हुनुपर्यो । यस अघि फ्रान्सका कमाण्डरहरूलाई नेपाली सेनालाई तालीम दिने काममा लगाइन्थ्यो। यस सन्धिमा एक तिहाई भूभाग नेपालले गुमाउनु पर्यो । यस अन्तर्गत [[दार्जिलिङ]][[सिक्किम]]को क्षेत्र पनि पर्छ, यहाँका राजा छोग्यालले अंग्रेज-नेपाली युद्धमा ब्रिटिशलाई सघाएका थिए। नेपालले गुमाएका क्षेत्रहरूमा काली नदीको पश्चिमी भाग [[कुमाउँ]](वर्तमान उत्तराखण्ड), [[गढवाल]](वर्तमान उत्तराखण्ड), [[सतलज नदी]]को पश्चिमतर्फका केही क्षेत्रहरू कांगडा (वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरू।
 
तराई क्षेत्रका केही भागहरू सन् १८१६ मा नेपाललाई फर्काइयो र सन् १८५७ को विद्रोहलाई दबाउन नेपालले दिएको सहयोगको निम्ति कृतज्ञता प्रकट गर्न पुनः यस क्षेत्रका केही भागहरू (हालका [[बाँके जिल्ला|बाँके]], [[बर्दिया जिल्ला|बर्दिया]], [[कैलाली जिल्ला|कैलाली]] र [[कञ्चनपुर जिल्ला|कञ्चनपुर]]) सन् १८६५ मा नेपाललाई फर्काइयो जसलाई [[नयाँ मुलुक]] भनिन्छ।
"https://ne.wikipedia.org/wiki/सुगौली_सन्धि" बाट अनुप्रेषित