"द शशाङ्क रिडेम्पसन" का संशोधनहरू बिचको अन्तर

→‎कथावस्तु: सामग्री थपिएको
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{Infobox film
| name = दि सशङ्क रिडेम्पसन
| image =The Shawshank Redemption movie logo.png
| alt =
| caption = थिएटर प्रदर्शनीको पोष्टर
पङ्क्ति ३०:
}}
 
'''दि शशाङ्क रिडेम्पसन''' ({{lang-en|The Shawshank Redemption}}) सन् १९९४ मा फ्रान्क डारावोन्टद्वारा लिखित तथा निर्देशित अमेरिकी चलचित्र हो । यो चलचित्र सन् १९८२ मा स्टेफन किंगद्वारा लिखित रिटा हेवोर्थ एण्ड शशाङ्क रिडेम्पसन नोवेलमा आधारित रहेको छ। यस चलचित्रमा एउटा बैंकर एण्डी डुफ्रेसने जसलाई निर्दोश भएता पनि आफ्नो पत्नी हत्या तथा प्रेमिकाको आरोपमा शशाङ्क प्रान्तको कारागारमा आजीवन कारावास भएको कथामा आधारित रहेको छ।
 
==कथावस्तु==
सन् १९४७ मा पोर्टलेण्डमा बैङ्कर एण्डी डुफ्रेनलाई आफ्नो पत्नी र उसको ब्वाइफ्रेण्डको हत्या गरेको अभियोगमा अदालतले द सशङ्क स्टेट पेनिटेन्यरीमा आजीवन कारावासको सजाय सुनाउँछ। सशङ्क स्टेट पेनिटेन्यरीमा एण्डीको मित्रता रेड नामक अर्को कैदीसँग हुन्छ जो स्मग्लिङ् को आरोपमा सजाय ब्यहोरि रहेको हुन्छ। रेडले एण्डीका लागि रिटा हेवर्थको पोष्टर र एउटा भूगर्भशास्त्रीले प्रयोग गर्ने हथौडाको व्यवस्था गरिदिन्छ। जेलभित्र लण्ड्रीमा काम गर्दा एण्डी बारम्बार "द सिस्टर्स" नामक समूह र उसको नाइके बग्सबाट शारीरिक यातना खेपिरहन्छ। सन् १९४९ मा एण्डीको कानमा यो खबर पुग्छ कि , गार्डहरूको प्रमुख बाइरन ह्याड्ली आफ्नो विरासतमा कर लाग्ने कुरालाइ लिएर चिन्तित छ। एण्डीले उसलाइ सहयोग गर्ने प्रस्ताव राख्छ। अर्कोतर्फ "द सिस्टर्स" को नाइके बग्सले एण्डीलाइ मरूञ्जेल भकुर्छ। त्यसपछी ह्याड्लीले बग्सलाइ कुटेरै अपाङ्ग बनाइदिन्छ र बग्सलाइ अर्कै जेलमा सारिन्छ। त्यसपछी एण्डीमाथी कुनै हमला हुँदैन। जेलको वार्डेन स्यामुएल नर्टनले एण्डीलाइ भेट्छ र पुस्ताकालयमा ब्रुक्स हेल्टनलाइ सहयोग गर्ने काम गर्ने प्रस्ताव राख्छ जसलाइ एण्डीले स्विकार्छ।