"द गडफादर" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
→‎कथावस्तु: सामाग्री थपिएको
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५८:
 
सन्नीको मृत्युका कारण उजाडिएको भिटोलाइ टाटाल्जियाहरूको नियन्त्रण इमिलो बार्जीनीले गरिरहेको स्थितिको ज्ञात हुन्छ र उसले यो बखेडा अन्त्य गर्ने प्रयत्न गर्छ। भिटोले पाँच परिवारका अगाडि हिरोइनको व्यवसायबारे आफ्नो पछिल्लो अडान फिर्ता लिने र सन्नीको मृत्युको बदला पनि बिर्सने विश्वास दिलाउँछ। जब माइकल सुरक्षित भएको महसुस भिटोले गर्छ, माइकलको घर वापसी हुन्छ र पारिवारिक व्यवसायमा लागी पर्छ अनि 'के' सँग विवाह गर्छ। विवाह पुर्व माइकले के लाइ वाचा गर्छ कि व्यवसाय ५ बर्ष भित्रमा जायज हुनेछ । के ले दुइ शिशुलाइ जन्म दिन्छिन्। भिटोले भने बाँच्नलाइ सङ्घर्ष गर्नुपर्ने हुन थालेको छ र फ्रेडो पनि कमजोर भएको छ। यस्तो अवस्थामा माइकले मुख्य जिम्मेवारी काँधमा लिन्छ। उसले हेगनलाइ लस भेगासमा जान अनुरोध गर्छ र भिटोका लागि गर्दै आएका काम पनि त्याग्न लगाउँछ। जब माइक ग्रिनीको फेमिली क्यासिनोको लगानी किन्न लस भेगास जान्छ, ग्रिनीको अगाडि पुच्छर हल्लाउने फ्रेडोको प्रवृत्ति देखेर निराश हुन्छ।
 
सन् १९५५ मा भिटो हृदयघातका कारण मरेपछि उसको अन्तिम संस्कारमा साल्भाटोर टेसियोले भिटोले दिएको पुर्वचेतावनीको उल्लङ्घन तर्फ इसारा गर्दै
बार्जिनीलाइ भेट्न माइक लाइ सोध्छ। दुइ बिचको भेला त्यही दिनका लागि तय गरिन्छ जुन दिन कन्नीको बच्चाको न्वारन हुन्छ।
जब माइक बच्चाको गडफादरको रूपमा पुजास्थानमा बसेको हुन्छ, उसैका हत्याराहरूले न्युयोर्कका सम्पुर्ण डनहरू र मो ग्रिनीको समेत हत्या गरिदिन्छन्। विश्वासघातका कारण टेसियोको घाँटी अँठ्याएर हत्या गरिन्छ र माइक ले कार्लोलाइ बार्जिनीका लागि सन्नीको हत्या गरेको अपराध स्विकार गर्न लगाउँछ।
पिटर क्लिमेन्जाले कार्लोको पनि हत्या गरिदिन्छ। कन्नीले माइक लाइ पछिल्लो समयमा भएको सम्पुर्ण हत्याको जिम्मेवार ठान्छे र 'के' लाइ पनि यही कुरा सुनाउँछे। के ले यहि कुरा माइकसँग गर्दा माइकले यो कुरा नकार्छ । त्यसपछि क्यापोहरू आएर माइकलाइ डन कोर्लियोन भनी पुकार्छन् अनि
सत्कार गर्छन् र ढोका बन्द गर्छन्।
 
==सन्दर्भ सामाग्री==
"https://ne.wikipedia.org/wiki/द_गडफादर" बाट अनुप्रेषित