"चितुवा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
[[File:Namibie Etosha Leopard 01edit.jpg|thumb|अफ्रिकन चितुवा(''Panthera pardus pardus'')]]
 
'''चितुवा''' [[:en:Pathera paradus|(Panthera pardus)]] फेलिडी परिवार अन्तर्गत पर्ने यो जङ्गली जनावर [[:en:Big cat|"Big Cat"]] समुहमा बाघ, सिंह र जगुआर पछिको चौथो ठूलो जनावर हो । कुनै समय पूर्वी र दक्षिणी एशिया र अफ्रिकाका भूभागहरू साइबेरिया देखि दक्षिण अफ्रिका सम्म पाइने यो जनावर वासस्थानको अभाव र अवैद्य शिकार संगै अस्तित्व संकटको संघारमा पुगेको छ । वर्तमान अवस्थामा मुख्यगरी अफ्रिकाको सहारा क्षेत्रमा सिमित भएको यो जनावर पाकिस्तान, भारत, श्रीलंका, नेपाल, मलेशिया र चिनमा केही सङ्ख्यामा पाइन्छ । दिन प्रतिदिन घट्दै गइरहेको यसको सङ्ख्याका कारण यो जनावरलाई पनि '''[[:en:IUCN:IUCN]]'''ले लोपुन्मुख् जनावरको सुचिमा सुचिक्रित् गरेको छ ।
 
फेलिडी परिवारका अन्य जनावरको तुलनामा चितुवाको खुट्टा केही छोटो भएपनि यसको जीऊ केही लामो र खप्पर केही ठूलो हुन्छ । झट्ट हेर्दा अमेरिका तिर पाइने जगुआर जस्तै देखिएपनि यो केही सानो र छरितो शरीरको हुन्छ । यसको शरीरमा हुने पाटाहरू पनि जगुआरको जस्तै देखिन्छन तर चितुवाको शरीरका पाटाहरू केही बाक्लो अनि साना हुन्छन् र जगुआरको शरीरमा जस्तो केन्द्रिक्रित पाटाहरू पनि हुदैनन् । शरीरमा यस्ता पाटाहरू नभई पूर्ण रूपमा कालो रंग भएका चितुवाहरूलाई प्यान्थर भन्ने गरीन्छ ।
"https://ne.wikipedia.org/wiki/चितुवा" बाट अनुप्रेषित