"फूलपाती" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: विकी शुन्य सम्पादन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[दशैं]]को पहिलो दिन जस्तै [[सप्तमी]], [[अष्टमी]], [[नवमी]] एवं [[दशमी]] तिथिको महत्व अधिक रहेको पाइन्छ । सप्तमी तिथिको दिन दशैंको लागि पूजा सामग्री स्वरूप '''फूलपाती''' आगममा प्रवेश गराउने कार्य हुन्छ । यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपाती स्वरूप [[केरा]], [[दारिम]], [[धान]], [[बेसार|हलेदो]], माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ । यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, [[लक्ष्मी]], [[दुर्गा]], [[चामुण्डा]], कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवाहन गरेर सोह्र सामग्रीले पुजिन्छ । अर्का यहाँनेर यस तथ्यलाई पनि सम्झनु आवश्यक छ कि [[इन्द्र]], [[शिव]], [[विष्णु]] एवं [[राम|श्रीराम]]ले [[वृतासुर]], त्रिपुरासुर, मधुकैटभ तथा [[रावण]] वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए । यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् । साथै यसै दिन [[गोरखा दरबार]]को दशैंघरबाट ल्याइएको फूलपाती राजधानी -जमल) ल्याई प्रोसेशन र बढाइँ साथ [[हनुमानढोका दरबार|हनुमानढोका]] भित्र्याइन्छ ।
 
== कालरात्रि स्तूती मन्त्र ==
या देवी सर्वभूतेषु माँ कालरात्री रूपेण संस्थिता
 
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।
 
अर्थातः
 
कालरात्री देवीकी रूपमा सर्वत्र विराजमान माता अम्बे !
 
म तपाइलाई कोटी-कोटी प्रणाम गर्दछु, मलाई शक्ति दिनुहोस् ।।
 
==यो पनि हेर्नुहोस्==
{{नेपाली चाड पर्वहरू}}
"https://ne.wikipedia.org/wiki/फूलपाती" बाट अनुप्रेषित