"ओसामा बिन लादेन" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य लिङ्कहरू: clean up, replaced: ==बाहिरी कडीहरू== → ==बाह्य लिङ्कहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १४:
}}
 
'''ओसामा बिन लादेन''' १० मार्च १९५७मा१९५७ मा [[साउदी अरब]]को एक धनी परिवारमा जन्मे। मोहम्मद बिन लादेनका ५२ सन्तानमध्ये १७ नम्बरका थिए उनी। मोहम्मद साउदी अरबका अरबपति ठेकेदार हुन्। उनको कम्पनीले देशको लगभग ८० प्रतिशत सडक निर्माण गरेको थियो। जब लादेनका बाबुको १९६८मा हेलिकोप्टर दुर्घटनाबाट मृत्यु भएपछि पिताको सम्पत्तिका हकदार उनी युवा अवस्थामै विनामिहिनेत करोडपति बन्न पुगे।
साउदी अरब के साह अब्दुल्लाह अजिज विश्वविद्यालयमा उनी इन्जिनियरिङ पढ्दै गर्दा कट्टरपन्थी शिक्षक र विद्यार्थीसँग नजीकिए।
 
अनेकाँै बहस र अध्ययनपछि पश्चिमी देशमा बढेको सामाजिक र पारिवारिक मूल्यको पतनविरुद्धमा देखापरे। त्यसअघि आफ्नो परिवारसँग युरोप घुम्न जाँदा फेसेनेबेल कपडामा देखिएका थिए।
 
तर जब १९७९मा [[सोभियत संघ]]ले [[अफगानिस्तान]]माथि हमला गर् यो ओसामाले सुख-सुविधाको जीवन त्यागे र मुजाहिद्दिनसँग हात मिलाए। अफगानिस्तानमा अरबी मानिससँग मिलेर अभियान चलाउने समयमा उनले [[अलकायदा]]को मूल सँगठन स्थापना गरे। अफगानिस्तानबाट फर्केपछि उनले साउदी अरबका शासकको विरोध गर्नसमेत भ्याए। ओसामा भन्थे साउदी अरबको शासकले नै अमेरिकी सेनालाई साउदी अरबमा िभœयाएका हुन्। मध्यपूर्वमा अमेरिकी सेनाको उपस्थितिलाई लिएर असन्तुष्ट लादेनले १९९८मा१९९८ मा [[संयुक्त राज्य अमेरिका|अमेरिका]]को विरुद्धमा युद्धको घोषणा गरेका थिए। १९९४मा१९९४ मा अमेरिकी दबाबका कारण साउदी अरबले उनको नागरिकता खारेज गरेको थियो। त्यसपछि उनी [[सुडान]] हँुदैहुँदै १९९६ पुनः अफगानिस्तान पुगे।
 
१९९८मा१९९८ मा केन्या र [[तान्जानिया]]को अमेरिकी दूतावासमा भएको बम हमलामा दुई सय २४ मारिए भने पाँच हजार घाइते भए। अमेरिकाले त्यो हमलाको मुख्य योजनाकार बिन लादेन भएको अमेरिकाले आरोप लगायो। यसपछि अमेरिकाले ओसामालाई दुस्मनका रूपमा हेर्न थाल्यो। अमेरिकी गुप्तचर सँगठनले उनलाई समाप्त गर्न दुई करोड पचास लाख अमेरिकी डलरको पुरस्कार राशिसमेत तोक्यो।
 
पूर्वी अफगानिस्तानमा ६ प्रशिक्षण शिविरमा अमेरिकाले ओसामालाई मार्न ७५ वटा क्रुज मिसाइल हान्यो तर एक घण्टाअगावै बिन त्यहाँबाट फरार भइसकेका थिए। विन अपि्रुकामा बम विस्फोट १९९३मा१९९३ मा वल्र्ड ट्रेड सेन्टरमा बम विस्फोट १९९५मा१९९५ मा रियादमा कार बम विस्फोट र साउदी अरबमा ट्रक बम हमलाको दोषी पाइए।
 
सन् २००१ सेप्टेम्बर ११मा अमेरिकी [[वल्र्ड ट्रेड सेन्टर]] ध्वस्त पारेपछि बिन लादेन विश्वका सबै मानिसले चिन्ने पात्र भइसकेका थिए।
पङ्क्ति ३१:
१९९४ फेब्रुअरीमा साउदीतर्फबाट केही लिबियनहरूले सुडानमा ओसामाका घरमै आक्रमण गरेका थिए। १९९८ अगस्ट २० का दिन 'अप्रेसन इनफिनिट रिच'का रूपमा युएस नेभीले अफ्गानिस्तानको खोस्तस्थित [[अल कायदा]]को तालीम केन्द्रमा ६६ वटा क्रुज मिसाइल हान्दा ३० जनाको मृत्यु भए पनि ओसामा बचेका थिए।
 
त्यस्तै सन् २०००मा२००० मा अफ्गानिस्तानकै पहाडमा गाडीहरूको एक लस्करमा रकेट उर्जित गि्रनेडहरू हान्दा शंकास्पद एक गाडी ध्वस्त भयो, ओसामा चलाखीपूर्वक अर्कै गाडीमा चढेकाले बचे। ट्विन टावर ध्वस्त पारिएको अढाई महिनाभित्रै लादेनको मूल क्याम्प तोराबोरा पहाडमा भयानक आक्रमणसहित कब्जा गर्दा युएस फौज पुग्नु दुई घन्टाअघि नै उनी भाग्नुमा आईएसआईको हात रहेको आशंका गरिएको थियो।
 
==ओसामा बिन लादेनको अन्त्य==
मे २, २०११मा२०११ मा ओसामा बिन लादेन अन्ततः डेभग्रु (नेभल स्पेसल वारफेयर डेभलपमेन्ट ग्रूप)को सिल (सि, एयर एन्ड ल्याण्ड) टिम नं ६ का हातबाट दुई गोली खाएर मारिए। २००१ सेप्टेम्बर ११को११ को हमलालगत्तै अमेरिकी कंग्रेसले आतंककारी देश, सङ्गठन तथा व्यक्तिविरुद्ध सैनिक शक्ति प्रयोग गर्ने अधिकार राष्ट्रपतिलाई दिएदेखि 'ओसामा हन्ट' सुरु भएको थियो।
 
९/११को घटनाअघि ओसामामाथि तीन असफल आक्रमण गरिएको थियो।
पङ्क्ति ४०:
उता लादेनचाहिँ 'दुश्मन'लाई [[पाकिस्तान]]को उत्तरपूर्वी आदिवासी क्षेत्रमा अल्मलाएर २००३ देखि अढाईर् वर्ष अब्बोतावाद नजीकको हरिपुर जिल्लाको चक शाह महम्मद भन्ने गाउँमा बसेका थिए। २००५ देखि हालको स्थान अर्थात् अब्बोतावादको विलाल सहरको एक घरमा ओसामाको परिवार बस्दै आएको रहेछ। अफ्गानिस्तानबाट १६० किमि टाढा सुदूर पूर्वी पाकिस्तानको उक्त विलाल सहर राजधानी इस्लामावादबाट ५६ किमिको दूरी तथा भारतीय सीमाबाट ३२ किमि दूरीमा पर्छ। पाकिस्तान सैनिक एकेडेमीभन्दा १३ सय मिटर दक्षिण-पश्चिम भागमा रहेको उक्त घरको कम्पाउन्ड वरिपरि १२ फिटदेखि १८ फिटसम्मका अग्ला कंक्रिट पर्खालमाथि काँडेतारसमेत लगाइएका थिए। दुई सुरक्षा ढोका रहेको उक्त 'किल्ला' ओसामा तेस्रो तलामा बस्थे, जहाँ उनी बस्ने ठाउँ छेकिनेगरी ७ फिटे पर्खालसमेत लगाइएको थियो।
[[File:Osama bin Laden hideout-en.svg|thumb|बिन लादेन बसेको घरको नक्सा]]
लादेनले आफ्नै उच्च कमान्डरबाट आफ्नो बसाइ गोप्य राख्ने र सन्देशवाहकको मात्र उपयोग गरी आदेश र सूचना लिनेदिने गर्थे। उनको खोजीको सूत्राधार सन्देशवाहकमात्रै हुनसक्थे। २००२ मै क्वान्टम बेमा एक कैदीमार्फत थाहा पाइएका कोड नेम शेख भनिने अबु अहम्मद अल क्वेटीको २०१०को२०१० को अगस्टमा टेलिफोन ट्यापिङमार्फत पिछा गरी उक्त घरमा गत अगस्टमै सीआईए पुगेको थियो। त्यसैबेलादेखि नजीकको घर भाडामा लिई सीआईएले लगातार 'सर्भिलेन्स' गर्नथालेको थियो। सेफ हाउसका झ्यालमा विशेष कभरहरूको प्रयोग गरी पछाडिबाट क्यामेराहरू, इन्प|mारेड उपकरणहरू तथा टाढाको आवाज सुन्ने लिसनिङ सिस्टम लगायत लोकल जासुसहरूको व्यापक उपयोग गरेको थियो। साथै ३६ सेटेलाईटले लगातार उक्त घरको सर्भिलेन्स गरिरहेका थिए। हालसम्म गत ८ महिनादेखि सीआईएको एयर, ग्राउन्ड तथा इलेक्ट्रोनिकल सर्भिलेन्स उक्त घर तथा निज अबुमाथि लगातार भइरहेको थियो, जसबारे पाकिस्तानलाई कुनै पनि जानकारी दिइएको थिएन। ओसामाका सम्पूर्ण कमान्ड कन्ट्रोलको माध्यम तथा घरपरिवारको व्यवस्थापन र खरीदसमेत पस्तुन र उर्दूसमेत बोल्ने निज अबु क्वेटी एक्लैले गर्ने गरेका
थिए। अर्को एकजना उर्दू बोल्न नजान्नेले पनि आफूलाई पस्तुन तथा क्रमशः अर्सद खान तथा तारिक खान भनी नक्कली परिचय दिएर बसेका थिए। उक्त घरबाट अरू कोही पनि बाहिर निक्लेको कसैले देखेन। केही स्थानीय बच्चाहरूलाई भने कम्पाउन्डमा ल्याएर घरका बच्चाहरूसँग खेल्न दिइन्थ्यो। स्थानीयहरूले उक्त घरकालाई कि पागल कित तस्कर हुन् भन्ने गर्थे।
[[File:Obama and Biden await updates on bin Laden.jpg|thumb|आक्रमणको क्षण]]