"साम्राज्य लक्ष्मी देवी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २७:
[[मुख्तियार]] [[भीमसेन थापा]]ले सबै राजकीय अधिकार लिएकाले उनी क्रोधित थिइन् । उनले मुखियारसंग भएका सबै अधिकार लिन राजा राजेन्द्रलाई उकसाइन। यिनले पाण्डेहरुलाई सहयोग गरि भीमसेन थापाको पतन गराइन् ।<ref>सामान्य ज्ञान : भीम राना जिज्ञासु</ref>
===भीमसेन थापाको पतन===
वि सं १८९४ साउन ११ गते महारानी साम्राज्यलक्ष्मीदेवीको कान्छा छोराको बिरामी भई निधन भयो । त्यो कुरालाई षड्यन्त्र मा मुछी पाँडेखलकले [[भीमसेन थापा]]को निर्देशनमा एकदेव वैद्यले श्री ५ बडामहारानीका निम्ति तयार पारेको जहर मिलाएको जडिबुटी भूलले कान्छा राजकुमारलाई पर्दा मृत्यु भएको प्रचार गरियो । त्यही अपराधमा त्यस औषधिकाण्डसँगऔषधि काण्डसँग सम्बन्धित भीमसेन थापाका समर्थकहरूलाई नेल हालियो ।
 
भीमसेन थापाको पतन पछि [[रणजंग पाँडे|रणजङ पाण्डे]] सैनिक प्रमुखको पदमा बसे । नेपालमा कम्पनी अङ्ग्रेज फिरङ्गी विरोधी धारणा खूब बढ्यो । त्यही बेला सोमेश्वर किल्ला गौँडा कुरेका नेपाली सिपाहीहरू बडो अधैर्यसाथ बृटिश भारत अधीनका रामनगरका ९१ गाउँहरू लुट गरि फर्के । रणजङ पाँडे नै सैनिक प्रमुखको पदमा बसेका हुनाले श्री ५ राजेन्द्रले बृटिश भारतीयको दबाबमा रणजङको भरदारी खारेज गराए ।