"४२ सालको पर्व" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २०:
== पृष्ठभूमि ==
[[३८ सालको पर्व]]मा षडयन्त्र गरेकाले जगतजंग राणालाई इलाहावादको चुनार किल्लामा नजरबन्द गरिएको थियो । तर पछी उनी त्यहाँ बाट उम्केर काठमाडौँ आए । उनलाई यहाँ सफाईको मौका मिल्यो । काठमाडौँमा प्रधानमन्त्री [[रणोद्दिप सिँह बहादुर राणा|रणोद्दीप सिंह]] अब सन्यासी भनेर शासन सत्ता जगतजंग राणालाई सुम्पने हल्ला चलेको थियो ।<ref>नेपालको तथ्य इतिहास [[राजाराम सुवेदी]] पृष्ठ </ref>
 
बयालीस सालको पर्व भएका बेला प्रधानमन्त्री हुने रोलक्रममा रणवीरजंग चौथो र वीरशमशेर सातौँ स्थानमा थिए । दोस्रो स्थानमा रहेका जितजंग कानको औषधि गराउन भनी भारततर्फ पलायन गरिसकेका थिए ।<ref name=":3">{{Cite web|url=https://nagariknews.nagariknetwork.com/news/38145/|title=‘गोरा जर्नेल’ र ४२ साल पर्व|last=प्रकाश ए राज|first=|date=शनिबार, ०५ फागुन २०७४ {{!}}|website=नागरिक|publisher=नागरिक|accessdate=०५ फागुन २०७४}}</ref>
 
==घटना==
प्रधानमन्त्री [[रणोद्दिप सिँह बहादुर राणा|रणोद्दीप सिंह]]को निवास नारायणहिटीमा थियो । त्यसबेला उनी आफ्नै कोठामा थिए, आफूलाई तेलले मालिस गराइरहेका थिए ।<ref name=":3" />
 
=== रणोद्दीप सिंहको हत्या ===
प्रधानमन्त्री [[रणोद्दिप सिँह बहादुर राणा|रणोद्दीप सिंह]]को निवास नारायणहिटीमा थियो । त्यहाँ उनको सुरक्षाको लागि [[बिजुली गारत]] सैन्य टुकुडी थियो। कार्तिक १५ गते राती ८ बजे वीर शमशेर, [[खड्ग शमशेर जङ्गबहादुर राणा|खड्ग शमशेर]], [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]] र [[भिम शमशेर जङ्गबहादुर राणा|भिम शमशेर]] सैन्य परेडको लागि हतियार देखाउने जरुरी काम रहेकाले भेट्नु पर्ने भनेर प्रवेश गरे | र भित्र गएर " पेटिकोट भित्रबाट शासन गर्नेको यस्तै गति हुन्छ" भनेर ड्याङ-ड्याङ गोली चलाए । रणोद्दीप सिंहको मृत्यु भयो । मनोहरा दरबारमा जगतजंग राणाको हत्या गरियो ।
 
सैनिक विद्रोह गरी श्री ३ रणोद्दीप सिंहको हत्या गराई [[बाग दरबार|बागदरबार]] पुगेपछि वीर शमशेरले आफ्नो मातहतका ‘चार रेजिमेन्ट’ सेनाका जवानलाई हातहतियारसमेतले लैस गराई बागदरबारलाई चारैतर्फबाट घेर्न लगाई ‘भीमसेनस्तम्भ’ धरहराबाट विगुल फुक्न लगाए । भारदारहरू जङ्गी, निजामती सबै धमाधम आई बागदरबारभित्र पस्न थाले, तर बाहिर निस्कन नपाएबाट धेरैले ‘[[कोत पर्व|कोतपर्व]]’को स्मरण गर्न थाले । वीरशमशेरले भाइ खड्गशमशेरलाई काकाहरूका छोरा, भतिजाहरूलाई पक्री ल्याउन अह्राए ।
"https://ne.wikipedia.org/wiki/४२_सालको_पर्व" बाट अनुप्रेषित