"पशुपतिनाथ मन्दिर" का संशोधनहरू बिचको अन्तर

सा
clean up, removed: incubator|dty स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा (clean up, removed: incubator|dty स्वतःविकी ब्राउजर प्रयोग गर्दै)
 
'''पशुपतिनाथको मन्दिर''' [[काठमाडौं जिल्ला]]मा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो। यो मन्दिर [[काठमाडौं जिल्ला]]को कामपा वडा नम्बर ८ मा [[बागमती नदी]]को किनारमा रहेको छ। यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत [[विश्व सम्पदा क्षेत्र|युनेस्को विश्व सम्पदा क्षेत्र]] मा पर्दछ। सन् १९७९मा [[युनेस्को]]ले पशुपतिनाथको मन्दिरलाई [[विश्व सम्पदा क्षेत्र]]मा सूचीकृत गरेको थियो।<ref name=jun131>{{cite web|title=विश्व सम्पदा सूचीमा प्रस्तावित डेढ दर्जन सम्पदा ओझेल|url=http://www.aarthikdainik.com.np/news_details/426/-%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%8D%E0%A4%B5-%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%A6%E0%A4%BE-%E0%A4%B8%E0%A5%82%E0%A4%9A%E0%A5%80%E0%A4%AE%E0%A4%BE-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE%E0%A4%B5%E0%A4%BF%E0%A4%A4-%E0%A4%A1%E0%A5%87%E0%A4%A2-%E0%A4%A6%E0%A4%B0%E0%A5%8D%E0%A4%9C%E0%A4%A8-%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%A6%E0%A4%BE-%E0%A4%93%E0%A4%9D%E0%A5%87%E0%A4%B2.html|publisher=review publications|accessdate=1 August 2013}}</ref> काठमाडौं उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकोले र अति प्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू तथा प्राचीन अभिलेखहरूको अवस्थित हुनाले '''पशुपतिनाथको मन्दिर''' क्षेत्र खुला संग्रहालय जस्तै देखिन्छ । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्र बनेको छ। पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पुजास्थल अखाडा पनि रहेका छन्। <ref name=Zun>{{cite web|title=श्री पशुपतिनाथ|url=http://www.pashupati.org.np/page.php?page=1|publisher=pashupati area development trust|accessdate=1 August 2013}}</ref> पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाको रुपमा रहेको छ। जन्म देखि मृत्यु सम्मका संस्कार सम्पन्न गरिने यस पावन स्थलमा वागमती नदीले यसको महिमा अझै बढाएको छ ।
<br>
 
[[File:02 Night View of Pashupatinath, A sacred Hindu temple.jpg|thumb|300px|पशुपतिनाथ मन्दिर रातको समयमा]]
रुद्र वा शिवका अनेकौं नाउँमध्ये “पशुपति” शिवको प्रमुख नाउँ हो । ऋग्वेद संहितामा रुद्रको पशुपति नाउँ त पांइदैन, तर रुद्र सम्बन्धि बशिष्टको सुक्त (७।४६।।१–४) मा धनुर्धरी अजेय, तीक्ष्ण आयुध धारण गर्ने रुद्रले हाम्रो प्रार्थना सुनुन् आफ्नो तेजोमय वाण अन्तरिक्षस्थ विद्युत्, जो पृथ्वीमा घुम्दछ, हामीलाई नष्ट नगरोस् । हामीलाई रोग–व्याधिले ग्रस्त नपार, हजारौ औषधीका ज्ञाता हे रुद्र १ हाम्रा पुत्र–पौतादिलाई नष्ट नगर, हाम्रो हिंसा नगर, तिम्रो क्रोधका भागी हामी नबनौ हाम्रो रक्षा गर, इत्यादि । यस्तै ऋक् (१।११४) सूक्तमा कुत्सआङ्गिरस ऋषि रुद्रको स्तुति गर्दै भन्दछन्– महान् वीरका स्वामी जटा मुकुटधारी रुद्रको स्तुति गर्छौ । यस गाउँका सबै प्राणीहरू निरोगिताका साथ पुष्ट रहुन्, दोपाया चौपाया सुखी रहुन् । हे रुद्र । दया गर, सुखी बनाऊ ।
 
[[हिन्दू धर्म]]का सबै धार्मिक ग्रन्थहरूमा भगवान शिवलाई पशुपतिनाथ भनिएको छ । [[महाभारत]]मा भगवान शिवको अस्त्रलाई पाशुपतास्त्र भनेर बर्णन गरिएको छ । महाभारतका पात्र [[अर्जुन]]ले हिमालय पर्वतमा किराँतरुपी शिवलाई युद्ध गरेर खुसी बनाएकाले पाशुपतास्त्र दिएका थिए ।
 
पौराणिक कथानुशार महाभारतको युद्वपछी पाण्डवहरूले भगवान [[कृष्ण]] र भिष्मसँग युद्वमा आफन्तहरू मृत्य गरेकाले गोत्रहत्याको पापबाट मुक्त हुनको लागी के उपाय गर्नु पर्ला भनेर सोधेका थिए । भगवान शिवको दर्शन गरेपछी गोत्रहत्याको पापबाट मुक्त हुन्छ भन्ने कुरा थाह पाएपछी [[पाण्डव|पाण्डवहरू]] शिवजीको दर्शन गर्ने हिमालयमा गए । पाण्डवहरू आएको देखेर भगवान शिव भैंसीको रुप लगेर भैंसीको बथानमा लुकेका थिए । पाण्डवहरूले भैंसीरुपी भगवान शिवलाई चिनेर दर्शन गर्न नजिकै जाँदा भैंसीरुपी शिव जमिन भित्र धासिएका थिए । यसरी शिवजी जमिनमा धासिएपछी भैंसीरुपी शिवको पुछर पाण्डवले स्पर्श गर्दा [[केदारनाथ]]मा केदारनाथ भगवान प्रकट भए भने भैंसीरुपी शिवको शिर नेपालमा पशुपतिनाथ भगवान प्रकट भएका थिए । यसरी पाण्डवहरूले पशुरुरी शिवको पुछर स्पर्श गरेर गोत्रहत्यको पापबाट मुक्त भएका थिए । यसरी पशुको रुप लिएर प्रकट भएको हुनाले भगवान शिवलाई पशुपतिनाथ भनिन थालियो <ref>शिव पुराण</ref>
 
एक अर्को कथाका अनुशार भगवान शिवले मृगको रुप लगेर श्लेष्मान्तक वनमा पार्वतीको साथमा विहार गरेका थिए । यसैले भगवान शिवलाई पशुपतिनाथ भनियो <ref>स्वस्थानी व्रतकथा</ref>
*विषेश दिन बाहेक सामान्यता ६ बजे मन्दिर बन्द हुन्छ।
==सन् २००९को घटना==
पशुपतिनाथको पुजारीहरूलाई भट्ट भनिन्छ र मूल पुजारीलाई मूल भट्ट वा रावल भनिन्छ । केही नेपालीहरूले मन्दिर भित्र घुस भएको आरोप लगाएका थिए । जनवरी २००९ मा माओवादीको सरकारले मुल भट्टहरूलाई राजीनामा दिन लगायो र नेपाली पुजारीहरूलाई मन्दिर चलाउन दिइयो ।<ref>{{cite web|url=http://www.indianexpress.com/news/indian-priest-in-nepal/406643/ |title=Indian Express |publisher=Indian Express |date=2009-01-05 |accessdate=2014-08-05}}</ref> यो चलिआएको मान्यता(प्रक्रिया) विपरित रहेको तर नेपाली पुजारीहरूलाई स्थान दिइएकोमा आफ्नो विरोध नरहेको भनी मन्दिरका भण्डारीहरूले विरोध गरे । यो विषय सर्वोच्च अदालतसम्म पुग्यो<ref>{{cite web|url=http://www.kantipuronline.com/kolnews.php?nid=172819 |title=Kantipur |publisher=Kantipuronline.com |date= |accessdate=2011-10-30}}</ref><ref>{{cite web|url=http://newsblaze.com/story/20090108153226zzzz.nb/topstory.html |title=Hindu Shrine: Pashupatinath in Nepal |publisher=Newsblaze.com |date=2009-01-08 |accessdate=2011-10-30}}</ref> तर सरकारकै आदेशलाई सहि ठहरायो । यसको विरोधमा आन्दोलनहरू भए र आन्दोलनको प्रति विरोध वाइसीएलहरूले गरे जसका कारण दर्जनौं विरोधिहरू घाइते पनि भए ।<ref>{{cite web|url=http://www.kantipuronline.com/kolnews.php?&nid=173695 |title=Kantipur |publisher=Kantipuronline.com |date= |accessdate=2011-10-30}}</ref>
 
देश बाहिर र भित्रका हिन्दुहरूद्वारा तत्कालीन नेपाल सरकारको चर्को विरोध गरियो र आफ्नो फैसला फिर्ता लिई सर्वोच्च अदालतले पुरानै भट्टहरूलाई पशुपतिनाथको पुजारी बन्ने जिम्मा लगायो ।
विक्रम संवत २०७२ वैशाख १२ गते [[गोरखा जिल्ला|गोरखा]] जिल्लाको वारपाकलाई केन्द्रविन्दु बनाई गएको ७.८ रेक्टर स्केलको [[विसं २०७२ को महाभूकम्प|महाभूकम्पमा]] पनि मूल मन्दिर दैविक-वैदिक-वास्तु शक्ति (शिव-कथित भूतत्त्व-विग्यान)को कारण सुरक्षित रहेको देखियो । यस्तै २ वर्ष अगाडि महाप्रलयमा [[केदारनाथ मन्दिर|श्रीकेदारनाथ मन्दिर]] पनि सुरक्षित रहेको थियो ।
==आरती==
पशुपतिनाथको नित्य आरती
 
जय शिव शंकर शम्भो जय गिरिजाधीश । शिव जय गिरिजाधीश ।।
 
जय जय करुणासागर २ पशुपति जगदीश । ॐ हर हर हर महादेव ।।
मुण्ड माला छ गलामा २ रुप छ भयहारी । ॐ हर हर हर महादेव ।।
 
डमरु त्रिशुल सुसोभित प्रभुका दुइ करमा । शिव प्रभुका दुइ करमा ।।
 
भूषण नाग विराजित २ बाघाम्बर तनमा । ॐ हर हर हर महादेव ।।
 
तीन नयनमा थरीथरी ज्योति छ दिव्य सदा । शिव ज्योति छ दिव्य सदा ।।
 
वाहन वृषभ मनोहर २ सँगमा छन् गिरिजा । ॐ हर हर हर महादेव ।।
कण कण व्यापक प्रभुको २ महिमा त्रिभुवनमा । ॐ हर हर हर महादेव ।।
 
सुर नर मुनि सब प्रभुकै निसदिन ध्यान गरी । शिव प्रभुकै ध्यान गरी ।।
 
परमानन्द मगन भै २ जान्छन् पार तरी । ॐ हर हर हर महादेव ।।
 
सच्चिदानन्द परात्पर सज्जन हितकारी । शिव सज्जन हितकारी ।।
 
जय जय साम्बसदाशिव २ जय जय त्रिपुरारी । ॐ हर हर हर महादेव ।।
File:001 Pashupatinath Temple and its premises.jpg
File:01 Holy Pashupatinath Temple and its premises.jpg
 
 
 
</gallery>
[https://www.youtube.com/watch?v=-Ev30cHaavk पशुपतिनाथको आरती युटुबमा]
{{Commons category|Pashupatinath|पशुपतिनाथ मन्दिर}}
{{incubator|dty/पशुपतिनाथ मन्दिर| http://incubator.m.wikimedia.org/wiki/Wp/dty/खास_पृष्ठ डोडेली भाषाको विकिपिडिया}}
 
{{काठमाडौंका दर्शनीय स्थल}}
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/743112" बाट अनुप्रेषित