"एडल्फ हिटलर" का संशोधनहरू बिचको अन्तर

पृष्ठलाई '{{Infobox officeholder | name = एडोल्फ हिटलर | nationality = {{plainlist | * Austrian citizen until 7 April 1925{{sf...' सँग हटाइदै
चिनोहरू: प्रतिस्थापित दृश्य सम्पादक
सा 138.44.64.22 (वार्तालाप)द्वारा XXBlackburnXxद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू
चिनो: रोलब्याक
पङ्क्ति ६१:
}}
{{Copypaste|section|url=https://lokpati.com/?p=13591|date=फेब्रुअरी २०१९}}
'''अडोल्फ हिटलर''' ({{IPA-de|ˈadɔlf ˈhɪtlɐ|lang|}}; २० अप्रिल १८८९ - ३० अप्रिल १९४५) [[अष्ट्रिया]]मा जन्मिएका जर्मन राजनीतिज्ञ तथा [[राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी]] (नाजी) का नेता थिए । विश्वका क्रूर शासकहरूमा गनिन्छन्। उनी सन् १९३३ देखि सन् १९४५ सम्म [[जर्मनी]]का चान्स्लर तथा १९३४ देखि १९४५ सम्म [[नाजी जर्मनी]]का शासक थिए । उनी नाजीबाद तथा [[दोस्रो विश्वयुद्ध|दोश्रो विश्वयुद्ध]] शुरू हुनुका केन्द्रीय पात्र थिए ।
 
उनी [[प्रथम विश्वयुद्ध|पहिलो विश्वयुद्ध]]का अनुभवी थिए । उनले सन् १९१९मा [[राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी]] ([[नाजी पार्टी]])को सदस्यता लिए तथा सन् १९२१ मा सोही पार्टीको नेता बने । सन् १९२३ मा उनले एक "कु" को असफल प्रयास समेत गरेका थिए । सोहि असफल "कु" को कारणले उनी जेलमा परे जहाँ उनले आफ्नो संस्मरण [[मेरो संघर्ष]] लेखे । सन् १९२४ मा जेलमुक्त भएपछि उनी [[भर्साइल्सको सन्धि]]को कडा आलोचना गरी तथा बृहत जर्मन (विशेष गरी भाषिक कारणले), यहूदी बिरोधी र [[कम्युनिष्ठ]] बिरोधी गतिविधिलाई आफ्नो विशिष्ट व्यक्तिक्त्व कलाद्वारा समर्थन गरी लोकप्रियता हासिल गरे । सन् १९३३ मा जर्मनीको चान्सलरमा नियुक्त भएपछि गणतान्त्रिक जर्मनीलाई नाजी विचारधारामा आधारित एकदलीय, अधिनायकवादी, निरंकुश शासनमा रूपान्तरण गरे । उनको उद्देश्य [[युरोप]]मा एकतन्त्रिय नाजी व्यवस्थाको स्थापना गर्नु थियो ।
 
== शासनकाल ==
हिटलरको आन्तरिक तथा बाह्य नीति नाजी जातिलाई बसोबास गर्ने स्थान सुरक्षित गर्नु थियो । उनले जर्मनीको सैन्य सुदृढीकरण गरे तथा सन् १९३९मा [[पोल्याण्ड]]माथि आक्रमण गरे जुन दोश्रो विश्वयुद्धको शुरुवात थियो । हिटलरको शासनकालमा जर्मनी तथा उसको सहयोगी राष्ट्रहरूले युरोपको धेरै भुभाग तथा उत्तरी अफ्रिकामाथि कब्जा जमाएका थिए । तर सन् १९४३ मा हिटलरको केहि सैन्य निर्णयहरूको कारणले तीब्र पराजयहरू ब्यहोर्नुपर्यो । सन् १९४५ मा [[मित्र राष्ट्र]]को सेनाले जर्मनी माथि सजिलै विजय हासिल गर्यो । हिटलरको आफ्नो बर्चस्व तथा रंगभेदी नीतिले गर्दा एघार करोड मानिसको ज्यान गयो जसमध्ये करिब साठी लाख यहूदी मात्र थिए ।
 
युद्धका अन्तिम दिनहरूमा सन् १९४५मा बर्लिनको लडाईताका हिटलरले आफ्नो लामो समय देखिकि प्रेमिका [[इभा ब्राउन]]सँग विवाह गरे । तर त्यसको २ दिन पश्चात ३० अप्रिल् १९४५मा [[लाल सेना]]बाट सम्भावित गिरफ्तार नहुन् दुवै जनाले आत्महत्या गरे ।
 
== बाल्यकाल ==
एडोल्फ हिटलरका बाबु एलोइस सन् १८३७ मा जन्मेका थिए । उनि मारिया अन्ना र मारियाको साथिका अवैध सन्तान थिए । एडोल्फ हिटलरका हजुरबा [[यहुदी]] थिए । फ्रान्क्रेनबर्गर नामका धनी यहुदी परिवारमा मारिया खाना पकाउने काम गर्थिन् । हिटलरका बाबु पाँच वर्षका हुँदा उनकी आमा मारियाले अर्को मान्छेसँग विवाह गरिन् । मारियाले बिहे गरेका व्याक्तिको नाम जोहन गर्ग हिटलर थियो । विवाह गरेको पाँच वर्ष पछि मारियाको मृत्य भयो । त्यही बेलादेखि नै एडल्फ हिटलरका बाबु एलोइस एक सानो कृषि फार्ममा आफ्नो काकासँग बस्न थालेका थिए । कृषि फार्ममा बस्दा वाक्क भएर १३ वर्षिय एलोइस केही अरु गर्नु पर्छ भनेर [[भियना]] गए ।
 
भियना गएर उनले त्यहाँ एक जुत्ता बनाउने पसलमा धेरै कम पैंसामा काम गर्न थाले । पछि गएर एलोइस अष्ट्रियन नागरिक सेवामा भर्ना भए । त्यसैमा एलोइस सहायक भन्सार कर्मचारी भए । भन्सार कर्मचारी भएपछि एलोइसले निकै मेहनेत गरे, राम्रो काम गरेर देखाएकाले एलोइस सुपरिवेक्षक सम्म बन्न पुगे । सन १८७५ सम्ममा एलोइस आफ्नो कठोर मेहनतले गर्दा वरिष्ठ सहायक निरीक्षक सम्म बन्न पुगे । एक गरिब किसान केटाको जिन्दगीबाट त्यो पदसम्म उनले आफ्नो जिवनमा ठुलो फड्को मारे । त्यसै बेला एक घटना घट्न पुग्यो जुन घटना भविष्यको निम्ति ठुलो संकेत हुनपुग्यो । एलोइस आफ्नो नाममा आफ्नी आमाको नामसँग जोडिएको स्चिकग्रुबर (थर) हिडलर नै लेख्न एलोइसलाई राजी बनाए । एलोइसले पनि आफ्नो पारिवारिक थरलाई नै निरन्तरता दिए । अभिलेख किताबमा नाम दर्ता हुने समयमा एलोइसको नाम भुलबस एलोइस हिटलर हुन पुग्यो । यसरी सन् १८७६ मा ३९ वर्षको उमेरमा एलोइस स्चीकग्रुबर एलोइस हिटलर बन्न पुगे । सन् १८८९ अप्रिल २० का दिन एडोल्फ हिटलर जन्मेका थिए । जर्मनीको सीमा छेउ अस्ट्रियाको सानो गाउँ ब्राउनाउमा उनको जन्म भएको थियो । हिटलरको परिवार सहज जीवनको खोजीमा फेरि अर्को ठाउँमा सर्यो ।
 
त्यसपछि लगत्तै हिटलर ६ महिनासम्म बेनेडिक्टको धार्मिक आश्रममा बसे । जहाँ धार्मिक व्यक्तिहरू मात्र बस्थे । त्यस आश्रममा बस्ने सन्तहरूले लगाउने कोटको बाहुलामा एउटा चिन्ह अंकित हुन्थ्यो । त्यस चिन्हलाई स्वस्तिक भनिन्थ्यो । सानोमा एडोल्फको सपना धार्मिक पण्डित हुने थियो । बाल्यकालभरि एडोल्फ हिटलरलाई उनका बाबुले पिटे । यो विषयमा एक व्यक्तिले भनेका थिए, ‘अनुशासनको लागि यसो गरिएको थियो तर यो राम्रो तरिका थिएन ।’ एलोइस आफू जस्तै अरु पनि आज्ञाकारी हुन् भन्ने आशा गर्थे । उनी आफ्नो छोरा–छोरीलाई अह्राउने गर्थे र सो अनुसारको कामको पनि आशा गर्दथे । प्राइमरी स्कुलमा हिटलरले अति राम्रो गरे र अति नै राम्रो शैक्षिक भविष्य देखाए । उनको अगाडि उज्ज्वल भविष्य देखिन्थ्यो । उनी आफ्नो अन्य सहपाठी माझ लोकप्रिय थिए र आफूभन्दा ठूलाबाट प्रशंसित हुन्थे । सबैभन्दा ठूलो कुरा त आफ्नो “नेतृत्व क्षमता” को विलक्षण प्रतिभा उनमा देखियो । उनी अति धार्मिक प्रवृत्तिका बच्चा थिए । उनले आफू सन्त बन्ने कुरा पनि सोचे । त्यही बेला हिटलर परिवार अस्ट्रियाको एक शहर “लामवेक” मा सरे । त्यो ठाउँ लिन्ज र सजबर्गको बीचमा पर्थ्यो । हिटलरलाई यसरी सर्नुको अर्थ थियो, खेतको कामबाट मुक्ति पाउनु र खेल्न धेरै समय पाउनु । त्यहाँ पनि हिटलर स्कुल जान थाले र स्कुलमा उनले राम्रो गरे । उनी एक धार्मिक स्कुलमा भर्ना भएका थिए । उनले त्यहाँ गीत गाउने केटाहरुको कोरसमा भाग लिए । उनी गीत राम्रो गाउँथे, भनिन्छ उनको राम्रो स्वर थियो । वर्षौंपछि हिटलरले भनेका थिए, ‘कुनै चाड, उत्सव र क्याथोलिक समारोहहरूमा उनी अति नै उत्साही र खुशी हुन्थे र पछि उनमा त्यसको गम्भीर असर पर्यो ।’ हिटलरको परिवारले अचानक एक वियोगको सामना गर्नुपर्यो । उनका भाइ एडमण्डको ६ वर्षको उमेरमा [[दादुरा]]को कारण मृत्यु भयो । बच्चा एडोल्फ जो युद्धसम्बन्धी खेल खेल्न रुचाउँथे र काल्पनिक मृत्युको खेल खेल्थे । तर यसरी पहिलोपल्ट वास्तविक मृत्यु देखे ।
 
यसले एडोल्फमा गम्भीर असर पर्यो । उनको मृतक भाइलाई घर नजिकै चिहान बनाएर राखियो । एडोल्फ सुत्ने कोठाको झ्यालबाट यो चिहान देखिन्थ्यो । वर्षौं पछाडि पनि कहिलेकाहीं एडोल्फ हिटलर राति चिहानमाथि बसेर आकाशमाथि हेरेर घण्टौंसम्म टोलाइरहेका हुन्थे । कहिले भने झ्यालमा बसेर चिहानतिर हेरेर टोलाइरहेका हुन्थे । एलोइस जो हिटलर जन्मदा ५२ वर्षका थिए । उनी आफ्नो छोराले राम्रो काम गरुन् भन्ने कुरामा अति उत्सुक थिए । एलोइस अति कडा बाबु थिए । उनी आफ्नो छोरोले भनेको नमानेमा निर्दयतापूर्वक पिट्थे । एलोइस जुनियर जब १३ वर्ष पुगे, उनी आफ्नो बाबुप्रति असन्तुष्ट भए । उनलाई बाबुले गाली गर्थे र पिट्थे पनि । एक वर्षपछि उनी १४ वर्षका भए, अब उनी आफू बाँच्न सक्ने भए र घरबाट भागे । उनका बाबुले उनलाई कहिल्यै भेट्टाएनन् ।<ref name="लोकपाटी" />
 
== संघर्ष ==
त्यो बेला एडोल्फ मात्र ७ वर्षका थिए । उनका बाबुले एडोल्फलाई पनि त्यही व्यवहार दोहोराए । सन् १९०० सम्ममा हिटलरमा एक कलाकारको गुण देखियो । उनले युनिभर्सिटीको तयारी राम्ररी गरे । उनी त्यसको लागि योग्य पनि भए । हिटलर रिलसुलमा भर्ना हुने उनको बाबुको निर्णयमा सहमत भए । उनका साथी कुविजेकको भनाइ अनुसार जर्मन संगीतकार रिचार्ड बाग्नरले प्रस्तुत गरेको गीत ‘रिन्जी’ हेरे पश्चात हिटलरले दुष्टात्माले प्रभाव पारेको जस्तो व्यवहार देखाउन थाले । हिटलरले आफ्नो साथीलाई भिरालो पहाडको चुचुरोमा पुर्याए र आफ्नो “ग्रेट मिशन” को बारे अनौठो स्वरमा कुरा गरे जुन मिशन थियो, मानिसलाई स्वतन्त्रता दिनु ।
 
ठीक त्यस्तै, उनले ओपेरामा देखेका थिए । हिटलरले पहिलो ओपेरा १२ वर्षको हुँदा हेरेका थिए । उनको अर्को महत्वपूर्ण चाख देखियो, त्यो समयमा, त्यो हो जर्मन राष्ट्रवाद । उनी अष्ट्रियन राजतन्त्रको विरुद्धमा थिए । एडोल्फ हिटलर र उनका साथीहरुले जर्मन अभिवादन हेल भन्न रचाउँथे । र जर्मन राष्ट्रिय गीत “डचल्याण्ड उबर एलेस” गाउँथे । तर हिटलरका बाबुले अष्ट्रियन साम्राज्यवादीको सेवा गरेका थिए र हेपवर्ग राजतन्त्रप्रति बफादार थिए । शायद उनी अन्जानमै आफ्नो विद्रोही छोराको बफादारिता “जर्मन केसर” प्रति अर्पण गर्न प्रोत्साहित गरिरहेका थिए । हिटलरलाई लाटोकोसेरो पनि भनिन्थ्यो । उनी राती अबेरसम्म पनि सुत्दैन थिए । उनी राती घरबाहिर निस्किएर हिंड्थे ।
 
जब हिटलर अठार वर्षका भए, उनले आफ्नो बाबुको सम्पत्ति प्राप्त गरे । त्यो पैसाले हिटलर “कला” पढ्न [[भियना]] गए हिटलरले एकेडेमिज स्कुल अफ पेन्टिङ्गमा दुई दिनको प्रवेश परीक्षा दिए । अति नै आत्मविश्वासका साथ रिजल्टको प्रतीक्षा गर्न थाले । उनी स्कुलमा प्रवेश पाउने कुरामा ढुक्क थिए । तर उनी प्रवेश परीक्षामा फेल भए । बिजुली चम्केजस्तो महसुस गरे उनले । उनले बनाएको पेन्टिङबाट जजहरु सन्तुष्ट भएनन् । त्यसकारण उनी फेल भए । यसले हिटलरलाई अति नै असर पर्यो । उनी कसरी फेल भए भन्ने कुराको स्पष्टीकरणको लागि एकेडेमी गए । त्यहाँ उनको पेन्टिङमा धेरै कमी कमजोरी भएको र खास गरेर मानव पक्षको कमी रहेको कुरा भनियो । जे भएता पनि हिटलरमा आर्किटेक्टको क्षेत्रमा केही क्षमता थियो । उनी एक्लै बस्न थाले । एक ठाउँबाट अर्को ठाउँमा सर्थे । उनको पैसा बिस्तारै सकिदै गयो । उनको जीवनस्तर विस्तारै खस्कँदै गयो । पैसा सकिंदै गर्दा पनि उनले कुनै काम गर्ने उपक्रम गरेनन् । उनले अन्ततः आफ्नो सबै कुरा सके र भीख माग्न थाले । राती सडक र गल्लीमा राखिएको बेन्चमा सुत्थे । उनी फोहोरी, दुर्गन्धित भए र फाटेका लुगा लगाउँथे । सन् १९०९ डिसेम्बरतिर त उनको हालत झन् नाजुक थियो । यहूदी परोपकारीहरुद्वारा संचालित गृहहरुमा दिन बिताउन थाले । यो त्यो समय थियो जब हिटलरमा विस्तारै [[यहुदी धर्म|यहूदी]]हरुप्रति नराम्रो भावना विकसित हुँदै गयो । जसले पछि उग्र रुप लिएको थियो ।<ref name= "लोकपाटी"/>
 
==राजनितीक जिवन==
[[पहिलो विश्वयुद्ध]]मा ब्रिटिस सैनिकहरूले एक घाइते जर्मन सैनिकको ज्यान बक्सिस दिएका थिए । ती भाग्यमानी सैनिक अरू कोही नभएर हिटलर नै थिए । त्यसपछि उनले छानी–छानी यहुदीहरू सिध्याउन सुरु गरेका थिए । उनी यहुदीलाई सखाप पार्न चाहन्थे । यहुदीमाथि धेरै अत्याचार गर्ने हिटलरकी पहिली प्रेमिका यहुदी नै थिइन् । भक्सवेगन बेटल कार बनाउने तरिका पनि उनले एक यहुदी इन्जिनियरबाटै चोरेका थिए । हिटलरलाई चकलेट अत्यन्तै मन पर्थ्यो । चक्लेट खाइरहने उनको बानी थियो । हिटलरले [[इङ्ल्यान्ड]]का राष्ट्रपतिलाई विस्फोटक चकलेटद्वारा मार्ने योजनासमेत बनाएका थिए । तर, त्यो सम्भव भएन । हिटलरलाई [[बिरालो]]सँग भने निकै डर लाग्थ्यो । आधुनिक विश्वमा हिटलर नै यस्ता पहिला व्यक्ति थिए, जसले धुम्रपानविरोधी अभियान सुरु गरे । अर्को कुरा, मारकाटको राजनीति गरेका हिटलर मांसाहारी थिए होलान् भन्ने धेरैको अनुमान हुन सक्छ । तर, उनी शाकाहारी थिए । उनले पशु क्रूरताविरुद्ध कानून पनि बनाएका थिए । हिटलरलाई ड्रग्सको लत बसेको थियो । उनी प्रत्येक दिन ८० प्रकारका ड्रग्स सेवन गर्थे । उनको स्वास्थ्य धेरै बिग्रेको थियो । हर समय शरीर काँप्ने गर्थ्यो । उनी आइड्रपमा पनि १० प्रतिशत कोकिन मिसाउँथे । उनी पेट फुल्ने समस्याबाट ग्रस्त थिए । यसबाट छुटकाराका लागि उनी २८ प्रकारका औषधि सेवन गर्थे । कलाकार चार्ली चाप्लिनका निकै ठूलो प्रशंसक थिए, हिटलर । चार्लीको जुँगा उनलाई खुब मन पथ्र्यो । त्यसैले त उनी चार्लीकै जस्तो जुँगा राख्थे । हिटलरका जुँगालाई ‘टुथब्रस जुँगा’ भनिन्थ्यो । हिटलर चार्लीभन्दा केवल चार दिन मात्रै कान्छा थिए । हिटलरका लागि त्यो सबैभन्दा खुसीको दिन थियो, जुन दिन ‘टाइम्स म्यागजिन’ले हिटलरलाई ‘म्यान अफ द इअर’को टाइटल दिएको थियो । यो सन् १९३८ को घटना हो । सन् १९३९ मा उनलाई नोबेल शान्ति पुरस्कारका लागि नामांकित गरिएको थियो । सन् १९३३ मा हिटलरले जर्मनीको सत्तामाथि कब्जा जमाए । त्यसपछि उनको राज्य बिस्तारको अभियान सुरु भयो । उनले आफ्नो विरोधीहरूमाथि अत्यन्तै क्रुर व्यवहार गरे । राज्य बिस्तारका क्रममा उनको सेना बर्लिनको पर्खासम्म पुग्यो, जहाँ [[जोसेफ स्टालिन|स्टालिन]]को रुसी सेना थियो । उनको राज्य बिस्तार अभियान जर्मन अन्धराष्ट्रवादको द्योतक थियो । उनकै कारण सन् १९३९–१९४५ को [[दोस्रो विश्वयुद्ध]] चल्यो । विश्वविख्यात तानाशाह हिटलरको मृत्यु सन् १९४५ अप्रील ३० का दिन भयो ।<ref name= "लोकपाटी">[https://lokpati.com/?p=13591 लोकपाटी अनलाइन]</ref>
 
 
===वंश===
हिटलरका पिता, आलोइस हिटलर (सन् १८३७ - १९०३), [[मारिया अन्ना सिक्न्ग्रुबर]] का एक नाजायज सन्तान थिए । आलोइसको [[जन्मदर्ता]]मा पिताको नाम उल्लेख गरिएको थिएन । त्यसैले उनले आफ्नो आमाको थर पाए । सन् १८४२मा [[जोहन नेपोमुक हिडलर]]ले अन्नासँग विवाह गरे । तर सन् १८४७मा आमा र सन् १८५६मा पिताको मृत्यु पश्चात हिडलरका दाजु १८७६मा आएर मात्र आलोइस
 
==सन्दर्भ सूची==
{{reflist}}
 
 
Hitler was secretly Jewish and dated a Jewish person and Sam herdman sucked a huge black willy
{{Commonscat|Adolf Hitler}}
 
"https://ne.wikipedia.org/wiki/एडल्फ_हिटलर" बाट अनुप्रेषित