"भित्री मधेश" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य लिङ्कहरू: clean up, replaced: ==बाहिरी कडीहरू== → ==बाह्य लिङ्कहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २:
 
== [[जोगबुढा उपत्यका]] ==
डडेल्धुरा जिल्लामा पर्ने जोगबुढा उपत्यकाको दक्षीणमा प्रसिध्द शुक्लाफांट बन्यजन्तु संरक्षण क्षेत्र रहेको छ भने जोगबुढारंगुन नदीले चिरेर गएको यो उपत्यका डडेल्धुरा जिल्लाको मुख्य अन्न भण्डार हो। विकासका दृष्टीले केही पछि परेको भए तापनी क्रमश बिकसीत हुदैछ। जोगबुढारंगुन नदीले सिंचीत गरेको यो उपत्यकालाई जोगबुढा उपत्यका पनि भनिन्छ। परशुराम धाम ,आलिताल जस्ता प्रशिध्द धार्मिक तथा पर्यटकिय स्थल रहेको यो क्षेत्र बिकास को दृस्ठिकोण ले निकै पछाडी परेको छ
 
== [[दाङ उपत्यका]] (बबइ उपत्यका) ==
दाङ उपत्यकाको मुख्य नदी बबइ हो र दाङको भुगोल बबइ उत्यका भनेर पनि चिनिन्छ। स्योर लगायतका अन्य साना ठूला खोला नदीहरू पनि यो उपत्यकामा प्रवाहीत हुदै वहने गर्दछन। दाङ जिल्लामा पर्ने यो सबै भन्दा ठूलो उपत्यका संपूर्ण राप्ती अन्चल कै अन्न भण्डारको रूपमा रहेको छ साथै दुई नगरपालीका ([[त्रिभुवननगर]] र [[तुल्सीपुर नगरपालिका|तुल्सीपुर]])रहेको यो उपत्यकामा वाणिज्य केन्द्रहरू समेत विकास भइसकेका छन, खास गरी [[त्रिभुवननगर]] र तुल्सीपुरले राप्तीका संपूर्ण पहाडी क्षेत्रमा सामान पैठारी गर्दछन। नेपालको दोस्रो पुरानो महेन्द्र संस्कृत (हाल नेपाल संस्कृत वनाइएको) विश्वविद्यालय समेत यसै उपत्यकामा रहेको र महेन्द्र क्याम्पस [[त्रिभुवननगर]] तथा अन्य क्याम्पस तथा विद्यालय समेत यस उपत्यकामा रहेका तथा जनरल तथा अन्य अस्पताल समेत रहेकाले यो उपत्याका पुरै राप्तीको पहाडी क्षेत्रको शिक्षा,श्वास्थ तथा वाणिज्य केन्द्र समेत हो।
"https://ne.wikipedia.org/wiki/भित्री_मधेश" बाट अनुप्रेषित