"काशीदास रायठोर" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''काशीदास रायठोर''' नेपालका विभिन्न [[ब्राह्मण]], [[क्षत्रिय]], [[ठकुरी]] तथा [[थकाली]]हरूको वंशावली तथा पुरातन लेखोटहरूमा उल्लेखित मूलपुरुष हुन् । उनी [[कन्नौज]]का ''रायठोर'' उपाधि धारण गर्ने [[सोमवंशी]] [[राजपूत]] राजपरिवारका वंशज थिए । गौचन वंशावली अनुसार काशीदास सोमवंशी [[पाण्डव]]हरूबाट वंश चलेको कन्नौजको राजा लक्ष्मीचन्द्रका ११ औं वंशज राजा मठिमल रायठोरका छोरा थिए र मुसलमानहरूको हमलाबाट जोगिन [[ब्राह्मण]]को भेष लिइ हिमालयतिर पसेका थिए । [[योगी नरहरिनाथ]]ले प्रस्तुत गर्नुभएको ''सन्धिपत्रसंग्रह''मा राखिएको अछाम तथा सल्यान राजवंशावलीले काशीदासलाई उक्त रजौटाको मूलपुरुष मानेको थियो र [[उज्जैन]]बाट आएको कुरा उल्लेख गरिएको थियो । भारतीय इतिहासकार रामनिवास पाण्डेले काशीदास कन्नौजको [[गाहडवाल वंश]]का भएको हुन सक्ने संकेत गरेका थिए । [[योगी नरहरिनाथ]]नरहरिनाथका ''इतिहास प्रकाश''का अनुसार काशीदासलाई '''रतनजोत''' (रत्नसिंह) पनि भनिएको थियो ।
 
काशीदासलाई खाँडाचक्रका ऐतिहासिक राजा [[मलेबम]]ले पूर्वज मानेका थिए । पर्वतका बम मल्ल, अछाम र सल्यानका राजवंशावलीले काशीदासलाई मूलपुरुष मान्दछ ।
 
==राठौर वंशसंगको सम्बन्ध==
भारतको मारवाडको [[राठौर]] राजवंश [[गाहडवाल वंश]]{{sfn|Roma Niyogi|1959|p=29}} वा [[राष्ट्रकुट वंश]]<ref name="India p.41">India: The Peacock's Call by Aline Dobbie p.41</ref>को सन्तान भएको दाबी गर्छन् । [[गाहडवाल वंश]]{{sfn|Roma Niyogi|1959|p=29}} र [[राष्ट्रकुट वंश]]<ref name="India p.41"/> दुवैको शासन कन्नौजमा थियो । चन्द बरदाइद्वारा रचित [[पृथ्वीराज रासो]] अनुसार गाहडवाल राजा जयचन्द्रको उपाधि ''राठोर'' थियो ।{{sfn|Roma Niyogi|1959|p=30}}
 
गौचन वंशावलीले [[चित्तौडगढको पतन (१५६७-१५६८)]]मा ज्यान गुमाउने ''राव'' जयमल राठौरलाई राजा मठिमल रायठोरको भाइ भनिएको थियो । यस अनुसार राजा मठिमल रायठोरको सम्बन्ध भारतका राठौर वंशसंग स्थापना गरिएको थियो ।
 
==बम मल्ल (पर्वत) वंशावली==