"नुवाकोट जिल्ला" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा →इतिहास |
|||
पङ्क्ति ३५:
गोरखालाई नुवाकोटसँग सर्म्पर्क बढाउने महत्वपूर्ण मार्गका रूपमा हात्तिगौंडा, र्राईसिंङ्ग, कागुने, सामरी, थर्पु, कटुञ्जे, व्याङ्रुङ, पालुङटार, आरुघाट भएर गोरखा बजार पुग्ने परम्परागत पैदल बाटोलाई मानिन्छ। जुन मार्ग भएर गोरखाली सेनाहरू महिनौ अघि आक्रमणको तयारीका लागि [[त्रिशुली बजार]]माथिको खिञ्चेत बगैंचामा आई बसेका थिए। खिञ्चेत बगैंचा त्यही पबित्र स्थान हो जहाँ बिश्व प्रसिद्ध पुकार भण्डारीको जन्म भएको थियो । हाल यश स्थानलाई खिबोजको नामले चिनिन्छ । यसप्रकार महिनौदेखि प्रशिक्षण र भारतको बनारसबाट नयाँ हातहतियार, गोली गठ्ठा खरीद जस्ता व्यापक तयारीले लडाईंलाई सफल तुल्याएको देखिन्छ। नुवाकोट हात परेपछि मल्लकालिन दरबार मन्दिर कायमै राखी गोरखाली राजाले सामाजिक तथा आर्थिक क्रियाकलापलाई बढावा दिए।
[[पृथ्वीनारायण शाह|पृथ्वी नारायण शाह]]ले ललितपुरका कालिगढ झिकाई वि.सं.१८१९ मा भव्य [[साततले दरबार (नुवाकोट)|नौतले दरबार]] र वि.सं. १८२२ [[शेरा दरबार]] बनाउन लगाए। पछि नब्बे सालको महा- भूकम्पले गर्दा दुई तल्ला भत्किएर सात तले मात्र हुन पुगेको थियो। पुरातात्विकविद् डा.साफल्य अमात्यका अनुसार तत्कालीन अवस्थामा मल्ल राजाहरूले पाँच तल्ला र सर्ववसाधारण जनताले तीन तल्लासम्मको घर बनाउने गरेका थिए। तर उपत्यकाका मल्ला राजाहरूको घमण्ड तोड्नकै लागि [[पृथ्वीनारायण शाह|पृथ्वी नारायण शाह]]ले मन्दिर शैलीको नौतले दरबार बनाउन लगाएका हुन। स्मरणीय छ कि यसलाई गृष्मकालिन दरबारका रूपमा उपयोग गरी अर्को शीतकालिन दरबारका रूपमा वि.सं.१८२२ मा शेरा दरबारको निर्माण भएको थियो। सात तला रहेको बार्दलीबाट आक्रमणकारीलाई टाढैबाट देख्न सकिने र युद्घ बन्दीका लागि थुन्ने खोरका साथै दरबारको वास्तुकलालाई लिइन्छ। यस दरबार अघिल्तिरको तिलिङ्गा घर जसलाई पछि गएर गारद घर भन्न थालियो। साथै उत्तर पुर्ब कुनाको [[रणबहादुर शाह]]को बैठक घर पनि शाह कालमा निर्माण भएको थियो। यसको पुनः निर्माण तर्फ सरकारले चासो राखेको देखिदैन। मल्लकालिन धार्मिक तथा सांस्कृतिक सम्पदाका रूपमा प्रसिद्घ भैरवी मन्दिर र [[सिन्दुरे जात्रा (नुवाकोट)]] लगायत तलेजु मन्दिर, नारायण तथा विष्णुको मन्दिर, नारायण जात्रा, सिपाही जात्रा, रोपाइँ जात्रा, [[टाकटुके जात्रा]] र लाखे जात्रा आदि प्रमुख मानिन्छ। यी बाहेक अन्य मन्दिर, पाटी-पौवा, डबलीहरू पनि यहाँ नभएका हैनन्। गत वि.सं.२०२० सालको सदरमुकाम स्थानान्तरण सँगसँगै केही साँस्कृतिक परम्पराहरू लोप हुदै गएका छन्। जुन दुःख लाग्दो विषय हो। मल्लकालमा उपत्याकाबाट बसाई सरी आएका नेवार समुदायले आफ्ना टोल बजारको नाम काठमाडौंको जस्तै इन्द्रचोक, ब्रह्मटोल, भूटोल आदि राखेका थिए। जुन अद्यपि कायम छ। यी नेवार जातिमध्ये कतिपय सात तले नुवाकोट दरबारको निर्माणका लागि आएका हुनसक्ने अनुमान गर्न सकिन्छ।
==नामाकरण==
|