"गिद्ध" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
|||
पङ्क्ति १७:
[[Image:Wiki vulture2.jpg|thumb|right|केही गिद्धको बच्चा र ठूलो दुवै अवस्थामा घाँटी र टाउको प्वाँखविहीन हुन्छ। shown as radiating heat in this thermographic image.]]
गिद्धको परिचय
सामान्यतया गिद्धलाई हिंसक, फोहोरी र घिनलाग्दो चराको रुपमा हेर्ने गरिन्छ। तर सिनोमा गिद्ध लुछाचुँडी गरिरहेको गिद्धको चर्तिकला, आकासमा कावा खाँदै उडिरहेका बथान र पर्यावरणिय महत्वलाई हेर्यौभने त्यस्तो कदापि लाग्दैन। शिकारी चरा भएपनि गिद्ध आफैले शिकार नगरी केवल मरेका जनावरका मासु अर्थात सिनो मात्र खान्छन त्यसैले गिद्धहरु कसिमा अहिंसाका पुजारी हुन्। सिनो खाई हाम्रो वातावरण प्रदुषित, दुर्गन्धित र रोगमुक्त बनाउन मद्दत गर्ने गिद्धलाई 'प्रकृतिको कुचिकार' भनिन्छ पर्यावरणिय चक्र सनातन, खाद्यसृङ्खलाको सन्तुलन र गतिशीलताको संवाहक पनि हो। सिनोको कुशलतापुर्वक छोटो समयमै दोहन गर्ने गिद्धको अभावमा सिनोमा भुस्याहा कुकुर, स्याल, मुसा र जिल्लाको संख्यामा बृद्धि हुन्छ। फलस्वरुप मानिसमा रेलिजन, प्लेन, हैजा , आउँ, झाडापखाला र पशुचौपायाहरुमा एन्थ्रेक्स, ब्रुसेलोसिस् र क्षयरोग जस्ता रोगहरुको संक्रमणले महामारीको रूप लिनसक्छ। एक अध्ययन अनुसार एउटा गिद्धले करीब ११ हजार अमेरिकी डलर बराबर सिनो सफाइमा योगदान पुर्याउँछ। गिद्ध पर्यावरणीय चक्र र सनातन खाद्धसृङ्खला सन्तुलन र गतिशीलताको संवाहकका साथै पारिस्थितिकीय स्वस्थताको सूचक पनि हो। धार्मिक र सांस्कृतिक आस्थासँग पनि जोडिने गिद्धलाई शनि देवताको वाहनको रूपमा पुजिन्छ। रामायणमा रावणले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउँन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख छ। नेपालमा माथिल्लो हिमाली क्षेत्रमा बस्ने तिब्बतीय मूलका लामा समुदाय मृत आफन्तको शव गिद्धलाई सुनाउँछन् र गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पुर्याउने दूतका रुपमा पुज्ने गर्छन्। विश्वमा २३ प्रजाति र नेपाल लगायत दक्षिण एसियामा ९ प्रजातिका गिद्धहरु पाइन्छन्।
|