"होमियोप्याथी चिकित्सा पद्धती" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ६:
 
== होमियोप्याथी भनेको केहो ? ==
होमियोप्याथी शब्द युनानि भाषाको दुई शब्दहरु (Homois) यानि सदृश्य (similar) र पैथोज (pathos) अर्थात रोग (suffering) मिलेर बनेको हो । यसको अर्थ हो सदृश रोग चिकित्सा । जसअनुसार जुन औषधीय पदार्थ एउटा स्वस्थ्य मानिसमा प्रयोग गर्नले जुन प्रकारको रोगका लक्षणहरु उत्पन्न हुन्छ । उही औषधिले त्यस्तै प्रकारका लक्षण युक्त भएका रोगीलाई सुक्ष्म रुपमा सेवन गराउनले आरोग्य प्रदान गर्दछ । यस चिकित्सा बिज्ञानको जन्मदाता डा. हैनिमैन एम.डी. (१७५५-१८४३) हुन् । सन १८०५ मा हैनिमैनले यस सिद्धान्तको खोज गरे र १८९० तिर यसलाई प्रतिपादित गरे । यो प्रकृतिक सिद्धान्त “समानताले समानताको उपचार” मा आधारित छ । चिकित्सा विज्ञानको रुपमा आज संसारको प्रत्येक मुलुकमा पुगिसकेको छ। [[विश्व स्वास्थ्य सङ्गठन|विश्व स्वास्थ्य सगंठन]] (डब्लु.एच.ओ.) को एक सर्बेक्षण अनुसार एलोप्याथी पछि को दोश्रो चिकित्सा पद्धति होमियोप्याथी हो ।
 
== औषधिहरु कसरी बनाइन्छ? ==
होमियोप्याथिक चिकित्सामा प्राय गरेर उहि औषधिहरुको प्रयोग गरिन्छ । जुन एलोप्याथी, आयुर्वेदिक तथा युनानी चिकित्सा प्रणाली अन्तर्गत प्रयोगमा ल्याईन्छ । फरक यति मात्र छ कि अन्य उपरोक्त चिकित्सा पद्दतिमा औषधिको प्रयोग स्थुलरुप (क्रुडफर्म) मा गरिन्छ भने होमियोप्याथीमा औषधिको प्रयोग अत्यन्त सुक्ष्मरुपमा गरिन्छ। यि चिकित्सा विधिहरुमा वनस्पति, खनिज पदार्थ, पशुहरु तथा रोगजन्य विषबाट तयार गरिएका औषधिहरु प्रयोगमा ल्याईन्छ । यसकारण मुलरुपमा हेर्ने हो भने यि सबै एकै हुन् । तर, औषधि निर्माणको प्रकृयामा भने फरक पर्न जान्छ । होमियोप्याथीमा प्रयोग हुने औषधिहरुको परीक्षण स्वस्थ ब्यक्तिहरुमा गरिएको हुन्छ । जनावर या रोगीहरुमा गरिएको हुँदैन । यसको औषधिको कुनै प्रकारको दुष्प्रभाव (साईड-ईफेक्ट) छैन ।
 
पङ्क्ति २१:
 
== औषधिको छनौट ==
एलोप्याथीमा[[एलोप्याथी]]मा प्रत्येक रोगको केहि निश्चितऔषधिहरु छन् । तर, होमियोप्याथिक चिकित्सा प्रणालीमा यस्तो छैन । लक्षण समष्टिगतको आधारमा उपयुक्त औषधिको छनौट गरी रोगीलाई दिईनाले मात्र रोगी ठिक हुन्छ नत्र हुँदैन । होमियोप्याथिक चिकित्सामा एकल औषधिको चयन गर्नु एउटा कठिन कार्य हो । किनभने यस चिकित्सा प्रणालीमा कुनै निश्चित रोगको पेटेन्ट औषधि हुँदैन नत सब्सिच्युट अर्थात एउटाऔषधिको अभावमा अर्को औषधि दिने चलन नै छ । औषधि दिंदा रोगीको बिभिन्न पक्षहरुको अध्य्यन गरी एक पटकमा एउटा औषधिको छनौट गरिन्छ ।
 
होमियोप्याथी बारे भ्रम: होमियोप्याथी औषधि सेवन गर्दा एलोप्याथी औषधिको व्यवहार गर्नु हुँदैन । यो कुरा बिल्कुलै गलत हो । यदि कुनै रोगी लामो समयदेखि एलोप्याथिक औषधिको नियमित सेवन गरिरहेका छन् । बिशेष गरेर दम, हाईब्लडप्रेसर, मधुमेह, छारेरोग, डिप्रेसन, थायराइडस्को औषधी दिइरहेका छन् भने त्यस्ता बिरामीले आफुले सेवन गर्दै गरेकोऔषधि तुरन्तै बन्द गर्नु हुँदैन । औषधि बन्द गर्नले रोगको लक्षण बढ्न सक्छ । राम्रो के हुन्छ भने, रोगमा सुधारको क्रम आरम्भ भएपछि विस्तारै एलोप्याथिक वा अन्य औषधिको सेवन आफ्नो चिकित्सकको सल्लाह अनुसार कम गर्दै जान सकिन्छ । एलोप्याथिक औषधि र होमियोप्याथिकको वीचमा एक-आधा घन्टाको फरक राखेर औषधिको सेवन गर्न सकिन्छ ।
 
=== रोगलाई बढाउँछ ===
होमियोप्याथिक औषधिहरु रोगीको लक्षणको सामान्ताको आधारमा दिईन्छ । औषधिको सेवन पश्चात पहिलो प्रभाव रोगीलाई उसको रोग बढेको अनुभव हुन सक्छ। तर, वास्तवमा यो होमियोप्याथीको (एग्राभेशन) हो । यस किसिमको रोग बृद्धि प्राय छालासम्बन्धि रोगहरुमा देखिन्छ । जुन उपचारात्मक प्रकृयाको अंश हो । जो केहि समय पश्चात आफै साम्य भएर जान्छ । सबै किसिमको रोगमा भने होईन ।
 
=== केटा-केटीहरुको औषधि ===
होमियोप्याथिक औषधिहरु बाल, बृद्ध, युवा तथा गर्भवति महिला लगायत सबै उमेरका बिरामीको लागि सामान्यरुपले प्रभावकारी छ । केटा-केटीहरुलाई यदि सुरुबाट नै होमियोप्याथीमा उपचार गराइरहेको छभने उसको रोग त निको हुन्छ नै । साथमा उसको शरीरको रोग प्रतिरोधात्मक क्षमतामा पनि बृद्धि हुन्छ । यसरी स्वस्थ्य पीढिको विकाश तथा निर्माणमा समेत होमियोप्याथी चिकित्साले सहयोग पुर्याउछ।
 
=== विस्तारै काम गर्छ ===
औषधिको ढिलो वा चाँडो प्रभाव रोगकोअवस्था र रोगीको स्थितिमा भर पर्दछ। के रोग एक्युट हो या दिर्घकालिन । एक्युट डिजिज हालसालै उत्पन्न हुन्छ । जस्तै रुघा लाग्नु, ज्वरो आउनु, टाउको दुख्नु आदि । यि रोगहरु तिब्र गतिले बढ्द छन् । यदि समयमै सहि औषधि रोगीलाई दिईयोभने चाँडै नै परिणाम देखिन्छ । दिर्घकालिन रोग यस्ता रोगहरु हुन् जसको लामो ईतिहास हुन्छ। जस्तै, दम, ब्रोंकईटीस्, छालाको रोग, अर्थराईटीस्, आदि जो अन्य चिकित्साद्वारा निरन्तर दबाउने कार्य हुन्छ। यसप्रकारको क्रोनिक डिजिज ठिक हुनमा निश्चितरुपले केहि समय लाग्छ । यो रोगको जटिलता अवधि र लक्षण सप्रेशनको कारणले गर्दा हुने हो । उपचारमा बढिसमय लाग्दछ, नकि होमियोप्याथिक औषधिको बिस्तारै प्रभावको कारणले ।