"कालु पाँडे" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २८:
==चौबिसे राज्यसँग सम्बन्ध==
==किर्तिपुरको लडाइँ==
१८१४ साल स्थान : बल्खुखोलामा नेपाल एकीकरण अभियानमा रहेका पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि आक्रमण गरे । घमासान कीर्तिपुर युद्ध भयो ।
 
गोर्खा राज्यका तर्फबाट करिब १२ सय सैनिकले कीर्तिपुरमाथि धावा बोलेका थिए, आक्रमण गरेका थिए । पृथ्वीनारायण शाह आफैँ आक्रमणको कमान्ड गरिरहेका थिए । सानो राज्य कीर्तिपुर करिब तीन सय मात्र सेनाको भरमा प्रतिकार गरिरहेको थियो । त्यसो त कीर्तिपुर एक्लैसँग त्यति सेना थिएनन् । उसले काठमाडौं, ललितपुर र भक्तपुरसँग सैन्य सहयोग मागेर प्रतिकारमा उत्रिएको थियो ।
 
दुई पक्षबीच घमासान युद्ध भयो । युद्ध करिब ६ घन्टा चल्यो । धेरै गोरखाली सैनिकको मृत्यु भयो । पृथ्वीनारायण शाह स्वयं कीर्तिपुरवासीको कब्जामा परे । तर, राजवध गर्न नहुने नैतिक नियमका कारण मात्र उनी बाँचेर मुक्त भएका थिए । सो युद्धमा गोर्खाली सेनाका सेनानायक कालु पाण्डे मारिए । <ref>[https://www.nayapatrikadaily.com/news-details/11365/2019-04-15 कीर्तिपुर युद्ध र पार्क :तीर्थराज बस्नेत २०७६ बैशाख २ सोमबार १०:१६:०० नयाँ पत्र््इका] </ref>
 
==सन्तान==
"https://ne.wikipedia.org/wiki/कालु_पाँडे" बाट अनुप्रेषित