"विकिपिडिया वार्ता:प्रमुख लेख/प्रमुख लेख समन्वय समिति" का संशोधनहरू बिचको अन्तर

प्रमुख पृष्ठको बारेमा
पङ्क्ति १०९:
* {{ping|BRPever}} ले विभिन्न प्रयोगकर्ताहरूलाई जिम्मेवारीको सुम्पिनु भएको रहेछ जस्तै भाषागत सुधार गर्ने व्यक्तिहरू, सृजना गर्न र सामग्री थप्ने व्यक्तिहरू, प्राविधिक र नीतिगत सुधारगर्ने व्यक्तिहरू। त्यो मलाई कत्तिपनि मन परेन किन भने यो काम सुम्पिने काममा हामी तीन जनालाई पृष्ठ लेखा तथा सुधारमा राखिएको छ र बाँकीका सामान्य सुधार तथा चहलपहल गर्ने चाहिँ अरू। यहाँ हामी, यसले पृष्ठ लेख्ने, फलानोले यो गर्ने ढिस्कानोले यो गर्न भन्दा पनि अङ्ग्रेजी बुझ्ने लेख्न सक्ने प्रयोगकर्ता भनेर गर्व गर्छौँ र अधिकाङ्श प्रयोगकर्ताहरूले हालै यहाँ चहलपहल जस्तै अनावश्यक वार्तालाप गर्ने, हिज्जे ठिक गर्या जस्तो गर्ने, जो कोहिले पनि गर्न सक्ने काम श्रेणी थप्दै हिड्ने, बाहेक केही गरेका छैनन्। जाहँ पाए त्यही अङ्ग्रेजी शब्द थप्ने लगायतका काम यहाँ अधिकाङ्श गर्ने गर्दछन्। हुनत जोसँग '''पृष्ठ लेख्ने क्षमतानै छैन''' त्यसले कसरी पृष्ठ लेख्न सक्छ र। सक्छौं भने हामी सबै मिलेर उत्कृष्ट पृष्ठ लेखेर नेपाली विकिपिडियाको गहिराई २०० पुगाउन सक्छौं। हुनत पृष्ठ लेख्न जस्तो गार्‍हो काम अरू केही हुदैन त्यसैले अधिकाङ्शले सामान्य जोकोहीले गर्न सक्ने काम गरिरहेका छन्। कामको वाणफाड भन्दा पनि उत्कृष्ट पृष्ठ (४०० शब्द, ८००० बाइट) लेखेर नेपाली विकिपिडियालाई सहयोग गर्न सक्छौं र सबैले यहाँ आफ्नो क्षमता प्रस्तुत गरून् भन्ने म चाहन्छु। [[User:पर्वत सुबेदी|पर्वत सुबेदी]] ([[User talk:पर्वत सुबेदी|कुरा गर्ने]]) १५:१२, २१ जुलाई २०१९ (युटिसी(UTC))
::तपाईहरूले बारम्बार चौतारीमा मुख्य पृष्ठको प्रस्ताव गरेको र यसबारे चासो जनाएकोले मैले तपाईहरूको नाम त्यहाँ राखेको, मन छैन भने हटाउन सक्नुहुन्छ। समिति बनाउने छलफलमा यो कुरो न गरे के गर्नु त? मलाई रहर छैन तपाईसँग विवाद र तर्क गर्ने, जति राम्रो कुरा गरे पनि तपाईले बिझ्ने नै कहाँ हो र। आज चै समय निकालेर सबै कुराको टुंगो लगाएर विकिमिडियामा आफ्ना अन्य महत्वपूर्ण कुराहरूमा ध्यान दिनुपर्ला भनेको जैलकै अंग्रेजी विरोधी नाटक देख्न पाइयो। अब प्रबन्धकहरूले यो सबै घट्नाहरूलाई मध्यनजर गरेर केही टुंगो निकाल्ने भए निकालौ नत्र हजुर बरिस्ठ हस्त नमस्ते! --[[User:BRPever|<font color="#FF00FF">B</font><font color="#FF7E00">R</font><font color="#00A300">P</font>]]'''<sup><small>[[User talk:BRPever|'' ever'']]</small></sup>''' १६:०२, २१ जुलाई २०१९ (युटिसी(UTC))
:::::: प्रमुख लेख हुन के के प्रावधानहरू पूरा गरेको हुनुपर्छ, त्यसको ज्ञान मलाई त्यति छैन। तर प्रमुख लेख भनेर राखिएको पृष्ठ पढ्दा धेरै नै बिझाउँछ। मुख्यतय भाषागत् अशुद्धता र गलत हिज्जेको प्रयोगले त्यस लेखको गुणस्तरमा नै ह्रास ल्याउँदछ। वास्तवमा प्रमुख पृष्ठ भनेर नेपाली विकिपिडियामा राखिएको लेखले नेपाली विकिपिडियाको स्तर मापन गर्दछ। विषयवस्तुको गहिराइ हुनु त अनिवार्य तत्त्व नै हो, यसको अतिरिक्त भाषागत शुद्धता, सही हिज्जेको प्रयोग तथा स्तरीय भाषा प्रयोगमा पनि ध्यान दिन सक्यौँ भने यसले नेपाली विकिपिडियाको स्तरलाई श्रीबृद्धि गर्ने कुरामा दुईमत नहोला। अहिले मुख्य पृष्ठमा राखिएको 'पञ्चकोशी' मैले केही दिन अगाडि पढेँ। त्यस लेखमा यति धेरै भाषागत त्रुटी र गलत हिज्जेको प्रयोग छ कि, मलाई पढ्न नै अप्ठ्यारो लाग्यो। पढ्ने क्रममा नै केही सम्पादन गरेँ। तर सबै मिलाएको छैन। अझै पनि असंख्य अशुद्धताहरू छन्। यहाँ मैले कसैले बनाएको पृष्ठको बारेमा पूर्वाग्रह राखेर भनेको पनि हैन। म विकिपिडियाका अधिकांश सम्पादकहरूलाई चिन्दिन पनि। प्रसङ्गवस् प्रमुख पृष्ठको चर्चा भएकोले मैले अहिले भइरहेकै पृष्ठको उदाहरण मात्र दिएको हुँ। जुनसुकै पृष्ठलाई पनि राम्रो बनाउनु हामी सबै सम्पादकहरूको कार्य नै हो। त्यो पृष्ठलाई त्रुटीरहित बनाउन नसकेकोमा म पनि जिम्मेवार छु। यसैले कम्तिमा प्रमुख पेज भनेर राखिएको लेखको स्तर निर्धारण गर्दा वा प्रमुख लेखका रूपमा छनौट प्रश्चात् त्यसको भाषागत तथा हिज्जे शुद्धतामा पनि ध्यान दिन जरूरी छ। [[User:दीपक कथित|दीपक कथित]] ([[User talk:दीपक कथित|कुरा गर्ने]])
परियोजना पृष्ठ "प्रमुख लेख/प्रमुख लेख समन्वय समिति"मा फर्कनुहोस्।