"बुद्ध धर्म" का संशोधनहरू बिचको अन्तर

everythg
सा (वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि))
(everythg)
चिनोहरू: भिजुअल एडिटर मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पछि सन् १८९६ मा पाल्पाली गभर्नर जनरल खड्ग शम्शेर र अंग्रेज भारतका पुरातात्विक सर्भेयर एलोइस फुहररले अशोक स्तम्भ पुनः पत्ता लगाएपछि लुम्बिनी फेरी चासो र सरोकारको विषय बन्यो । सन् १९९९ मा पि.सि. मुखर्जीले भगवान बुद्धको जन्मस्थलमा उत्खनन् गरी मायादेवीको मूर्ति पहिचान गर्नुका साथै मन्दिरका केही भग्नावशेषहरु बाहिर देखाए । फेरि सन् १९३० को दशकमा केशर शम्शेर राणाले मायादेवी मन्दिर परिसरमा उत्खनन् गरे । भारतीय पुरातत्वविद् श्रीमती देवला मित्राले सन् १९६२ मा अन्वेषणको कार्य गरिन् ।
सन् १९६० को दशकदेखि भने संयुक्त राष्ट्र संघका साथै विभिन्न राष्ट्रिय अत्नर्राष्ट्रिय संघसंस्थाहरुको समेत सहयोग र सहकार्यमा नेपाल सरकारले विशेष महत्वका साथ विभिन्न निकायहरु निर्माण गरी लुम्बिनीको उत्खनन्, संरक्षण र सम्वद्र्धनमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ । सन् १९७० मा भवन तथा भौतिक योजना विभाग अन्तर्गत लुम्बिनी विकास परियोजना र सन् १९७५ मा लुम्बिनी विकास समितिको गठन गरी लुम्बिनीको जिम्मेवारी दिइएको थियो । १९८५ देखि स्वायत निकायका रुपमा लुम्बिनी विकास कोषको गठन भए पश्चात् लुम्बिनी क्षेत्रको उत्खनन्, संरक्षण र प्रवर्द्धनको काम कोषले नै गर्दै आएको छ । सन् १९९२ देखि १९९६ सम्म कोष, नेपाल सरकार पुरातत्व विभाग र जापान बौद्ध महासंघले संयुक्त रुपमा मायादेवी मन्दिर परिसरमा उत्खनन कार्य गरेका थिए । हाल लुम्बिनी विश्वभरका लाखौं मानिसहरुको धार्मिक, आध्यात्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा स्थापित भइसकेको र सुन्दर, शान्त वाटिकाका रुपमा विकसित हुँदै गइरहेको छ ।
== लुम्बिनीका धरोहरहरुः==
भगवान गौतम बुद्ध तथागतको महापरिनिर्वाण लगत्ते पछि लुम्बिनी एउटा महत्वपूर्ण आध्यात्मिक स्थलको रुपमा परिवर्तन भयो । लुम्बिनीको सबैभन्दा पवित्र जन्म विन्दुले श्रद्धालु भक्तजनहरुको ध्यान आकर्षित गर्यो । फलस्वरुप भगवानप्रति श्रद्धाञ्जलिका लागि विभिन्न स्तुपहरु तथा विहारहरु निर्माण भए । यी निर्माणहरु धार्मिक प्रवृत्तिका थिए ।

===मायादेवी मन्दिर===
यस पवित्र स्थलमा रहेका सम्पूर्ण धरोहरहरुमध्ये मायादेवी मन्दिर प्रमुख आकर्षणको केन्द्रविन्दु हो । विभिन्न शताब्दीमा निर्मित मन्दिरका विभिन्न तहहरुले यसको महत्व तथा प्राचीनता माथि प्रकाश पार्दछ । भगवान बुद्धको जन्मदृश्य सहितको प्राचीन मायादेवी मूर्ति यस मन्दिरभित्र अवस्थित छ । मन्दिरभित्रका भग्नावशेषहरु ई.पू.तेश्रो शताब्दीदेखि सातौं शताब्दीसम्मका छन् ।

===जन्म स्मारक शिलाः===
जन्मस्मारक शिला एक गहिरो कोठामा रहेको छ । जसले भगवान बुद्धको जन्म विन्दुलाई स्पष्ट देखाउँछ । मायादेवी मन्दिर परिसरको सघन उत्खनन् पश्चात् यो शिला सन् १९९६ मा पत्ता लागेको हो ।

===मायादेवी मूर्तिः===
मायादेवीको मूर्तिलाई जन्म मूर्ति पनि भनिन्छ । चौथो शताब्दीमा निर्मित यस मुर्तिले बुद्ध भगवानको जन्म दृश्यलाई देखाएको छ । मायादेवीले सहाराको लागि दाहिने हातले रुखको हाँगा समात्नु भएको छ । देब्रेपट्टि छेउमा उहाँकी बहिनी प्रजापति उभिइरहनु भएको छ भने दुई देवगणहरु भगवानलाई लिनका लागि तयारी अवस्थामा देखिन्छन् र नवजात बुद्धको मूर्ति बीचमा देखिन्छ ।

===पवित्र पोखरी(पुष्करिणी):===
अशोकस्तम्भको दक्षिणमा पवित्र पुष्करिणी अवस्थित छ । मायादेवीले बुद्ध भगवानलाई जन्म दिनुभन्दा अगाडि यहाँ नुहाउनु भएको थियो साथै भगवानलाई पनि यहमा“ प्रथम स्नान गराई शुद्ध बनाइएको थियो भन्ने विश्वास रहेको छ ।

===अशोक स्तम्भः===
अशोक स्तम्भमा कु“दिएका शिलालेखले भगवान गौतम बुद्धको जन्मस्थलको बारेमा ऐतिहासिक प्रमाण दिन्छ । भगवान बुद्धको जन्मस्थल र लुम्बिनीको सम्बन्धमा यो स्तम्भमा भएको शिलालेख नै सबैभन्दा महत्वपूर्ण आधिकारिक तथा ऐतिहासिक अभिलेख हो ।

===नयाँ लुम्बिनीः===
सन् १९६७ मा संयुक्त राष्ट्र संघका महासचिव ऊ थान्तको लुम्बिनी भ्रमण नै आधुनिक लुम्बिनीको विकासको सम्बन्धमा कोसेढुंगा सावित भयो । लुम्बिनीको महत्व तथा पवित्रताबाट अति प्रभावित भएर उनले स्वर्गीय श्री ५ महेन्द्रसँग छलफल गर्नुका साथै नेपाल सरकारसँग लुम्बिनीलाई अन्तर्राष्ट्रिय तीर्थस्थल तथा पर्यटन केन्द्रको रुपमा विकास गर्न सल्लाह दिए । सन् १९७० मा उनले संयुक्त राष्ट्र संघको सहभागितामा लुम्बिनीको विकास गर्न १५ सदस्य राष्ट्र भएको ‘लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समिति’ गठन गर्न सहयोग गरे । लुम्बिनीको योजनाबद्ध विकासको लागि सन् १९७२ मा जापानी नागरिक प्रा.केन्जा टांगेलाई लुम्बिनी गुरुयोजना तयार गर्ने गहन जिम्मेवारी दिइयो ।

===लुम्बिनी गुरुयोजनाः===
प्रा.केन्जो टांगेद्धारा तयार पारिएको लुम्बिनी गुरुयोजना नेपाल सरकार तथा संयुक्त राष्ट्र संघबाट सन् १९७८ मा पारित भयो । त्यस अगाडि नै नेपाली सरकारले लुम्बिनीको विकासका लागि लुम्बिनी विकास समितिको गठन गरिसकेको थियो । उक्त समितिले स्थानीय वासिन्दाहरुको जग्गा अधिग्रहण गरी विकासका पूर्वाधारहरुको निर्माण र वृक्षारोपण जस्ता कार्यहरु गर्यो । अहिले पनि लुम्बिनी विकास कोष उक्त गुरुयोजना अनुरुप संरचनाहरु निर्माण गर्न क्रियाशील रहेको छ ।
गुरुयोजना क्षेत्रले ३ वर्गमाइल क्षेत्रफल ओगटेको छ । यस क्षेत्रलाई प्रत्येक १ वर्ग माइलका ३ क्षेत्रहरुमा विभाजित गरी पैदल बाटो र केन्द्रीय नहरुले जोडिएको छ । ती ३ क्षेत्रहरुः
क) पवित्र उदान ख) विहार क्षेत्र ग) नयाँ लुम्बिनी ग्राम हुन् ।
प्रा.केन्जा टांगेको डिजाइनको प्रमुख आकर्षण नै दक्षिणी भागमा अवस्थित पवित्र उद्यान हो । यस क्षेत्रको डिजाइनको प्रमुख उद्देश्य आध्यात्मिकता, शान्ति, विश्व भातृत्व र अहिंसाको वातावरण सृजना गर्नुका साथै संसारका लागि भगवान बुद्धको समयानुकूल सन्देश प्रतिविम्बित गर्नु हो । पवित्र उद्यानमा पुरातात्विक तथा ऐतिहासिक धरोहरु अवस्थित छन् भने बगैंचा र सुन्दर पोखरीहरुले यस क्षेत्रलाई अत्यन्त मनमोहन बनाएका छन् । पवित्र उद्यानदेखि उत्तरपट्टि मध्य भागमा जंगलभित्र अवस्थित विहार क्षेत्रलाई केन्द्रीय नहरले विभाजित गरेको छ । पश्चिम विहार क्षेत्रमा २९ वटा प्लटहरु महायानी बौद्धमार्गीहरुका लागि र पूर्वी विहार क्षेत्रमा १३ वटा प्लटहरु थेरवादीहरुका लागि छुट्याइएको छ ।
सांस्कृतिक केन्द्रमा अनुसन्धान केन्द्र तथा पुस्तकालय, सभागृह र संग्राहलय अवस्थित छन् जसबाट बौद्ध धर्मसम्बन्धी अध्ययन तथा अनुसन्धानकर्ताहरुलाई सुविधा पुग्दछ । गुरुयोजना क्षेत्रको उत्तरी भाग नया“ लुम्बिनी ग्रामको रुपमा विकास भइरहेको छ । यात्रु तथा पर्यटकहरुले यस स्थानमा आरामदायी होटल, लज, रेष्टुरेण्ट तथा अन्य सुविधाहरु प्राप्त गर्नेछन् ।

==पञ्चशील==

मूल लेख [[बौद्ध धर्ममा पञ्चशील]]

बौद्ध धर्ममा [[पञ्चशील]]को ज्यादै ठूलो महत्व रहन्छ । <ref>http://anandabhoomi.com/%E0%A4%AA%E0%A4%9E%E0%A5%8D%E0%A4%9A%E0%A4%B6%E0%A5%80%E0%A4%B2%E0%A4%95%E0%A5%8B-%E0%A4%AE%E0%A4%B9%E0%A4%A4%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B5/</ref> यो बुद्ध धर्मको आधारभूत पाँच शीलहरुको संग्रह हो। अङ्गुत्तरनिकायको अट्ठकादिनिपातमा रहेको दुच्‍चरितविपाकसुत्तमा यी शीलहरुका वर्णन गरिएका छन्। अंगुत्तरनिकायमा दशकनिपातको जाणुस्सोणिवग्गोमा पनि पञ्चशीलको भाव पाइन्छ। सुत्तपिटकको खुद्दकनिकायको खुद्दकपाठमा दशसिक्खापदं भनिएको १० वटा शीलमध्ये पहिलो पाँच पञ्चशीलका शील हुन्। पञ्चशीललाई बुद्ध धर्ममा प्रवेश गर्ने मूलद्वारको रुपमा लिइन्छ। यस अनुसार बुद्धको मार्गमा हिंड्नको लागि प्राणीहिंसा नगर्ने, रक्सी वा मद्यपान नगर्ने, चोरी नगर्ने वा नदिएको नलिने, झुठो कुरा नबोल्ने र आफ्नो पति/पत्नी बाहेक अरुसंग नलाग्ने (भिक्षुहरुले चाहिं कोहीसंग पनि व्यभिचार नगर्ने) प्रण गर्ने गरिन्छ। पञ्चशीलको चाखलाग्दो र अनौठो कुरा के छ भने यस पाठमा कुनै पनि ठाउँमा आफ्नो पुरानो धर्म त्याग्ने वा अरु धर्म छोड्ने विधि लेखिएको छैन। साथै, यी नियमहरु पालना नगरेमा ईश्वर वा कुनै भौतिक शक्तिद्वारा दण्डित गर्ने (वा नर्कमा जाने) पनि उल्लेख गरिएको छैन। धर्म पालना नितान्त व्यक्तिगत रुपमा छोडिएको छ। अतः, बुद्ध धर्म फैलिएका ठाउँमा बुद्ध धर्म भन्दा पहिलेका विश्वासहरुलाई पनि देख्न सकिन्छ। जस्तै: तिब्बती बौद्ध धर्ममा बोन संस्कृति, दक्षिण तथा दक्षिण पूर्वी एसियाली बुद्ध धर्ममा हिन्दू संस्कृति, जापानमा शिन्तो, चीनमा ताओ र कन्फ्युसियस संस्कृति बुद्ध धर्म संगै गांसिएको देखिन्छ। यसो हुनुमा पञ्चशीलको उदारता एउटा कारण हो।

== पालि ग्रन्थ==
{{main|त्रिपिटक}}

बुद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक हो। यो ग्रन्थ भगवान बुद्धको परिनिर्वाण पश्चात उहाँका शिष्यहरुले उहाँका उपदेशहरुलाई सुत्रबद्ध गर्ने क्रममा निर्माण भएको ग्रन्थ हो। यस ग्रन्थमा उपदेशहरुलाई "सूत्र" (पालिभाषामा सुत्त)को रुपमा राखिएका छन। सूत्रहरुको संकलनलाई वर्ग (पालिमा वग्ग) र कुनै वग्गहरुलाई निकायमा (सुत्तपिटकमा) वा निकाय जस्तै प्रकारका खण्डहरुमा संग्रहित गरिएका छन। यी निकायहरुलाई संकलन गरी तीन "पिटक" (शाब्दिक अर्थमा टोकरी वा [[डोको]]) बनाइएका छन। यी तीन पिटकको संग्रहलाई त्रि-पिटक (पालिमा तिपिटक) भनिन्छ।

== सिद्धान्त ==
गौतम बुद्धको अन्त्य पछि, बौद्ध धर्मका बेग्ला-बेग्लै सम्प्रदाय उपस्थित भइसकेका छन्, तर यी सबैका केही सिद्धान्त मिल्दछन् ।
=== प्रतीत्यसमुत्पाद ===

[[प्रतीत्यसमुत्पाद]]को सिद्धान्त भन्दछ कि कुनै पनि घटना केवल दोस्रो घटनाहरूका कारण नैं एक जटिल कारण-परिणामका जालमा विद्यमान हुन्छ । प्राणीहरूको लागि, यसको अर्थ छ कर्म]] र [[विपाक]] (कर्मका परिणाम)का अनुसार [[पृथ्वी|संसार]]को चक्र छैन । किन भने सबै केही अनित्य र [[अनात्मं]] (बिना आत्मा को) हुन्छ, केही पनि सच्चाइमा विद्यमान छैन । हरेक घटना मूलतः शुन्य हुन्छ। परंतु, मानव, जसका नजीकै ज्ञानको शक्ति छ, तृष्णा लाई, जुन दुःखको कारण छ, त्यागेर, तृष्णामा नष्टको भए शक्तिलाई ज्ञान र ध्यानमा बदलेर, निर्वाण पाउन सक्दछन् ।

=== चार आर्य सत्य ===
१. दुःख : यस दुनियामा सबै केही दुःख छ। जन्ममा, बूढो हुनेमा, रोगमा, मृत्युमा, प्रियतम भन्दा टाढा हुनमा, मन नपर्ने चीजहरू सहितमा, चाहिकोलाई न पाउनुमा, सबैमा दुःख छ ।

४. दुःख निरोधको मार्ग : तृष्णाबाट मुक्ति [[आर्य अष्टांग मार्ग]]का अनुसार बाँच्नबाट पाएमा जान सक्दछ ।

बुद्धको पहिले धर्मोपदेश, जुन उनले आफ्नो साथका केही साधुहरूलाई दिएका थिए, यी चार आर्य सत्यहरूका बारेमा थिए ।

=== आर्य अष्टांग मार्ग ===

बौद्ध धर्मका अनुसार, चौथो आर्य सत्यको आर्य अष्टाण्ग मार्ग हो दुःख निरोध पाउनको बाटो । गौतम बुद्ध भन्थे कि चार आर्य सत्यको सत्यताको निश्चय गर्नको लागि यस मार्गको अनुसरण गर्नु पर्छ :-

१. '''सम्यक दृष्टि''' : चार आर्य सत्यमा विश्वास गर्न

२. '''सम्यक संकल्प''' : मानसिक र नैतिक विकासको प्रतिज्ञा गर्न

३. '''सम्यक वाक''' : हानिकारक कुरा नगर्न र झूट न बोल्न

४. '''सम्यक कर्म''' : हानिकारक कर्महरू नगर्न

५. '''सम्यक जीविका''' : कुनै पनि स्पष्टतः या अस्पष्टतः हानिकारक व्यापार नगर्न

६. '''सम्यक प्रयास''' : आफै सुधारने कोशिश गर्न

७. '''सम्यक स्मृति''' : स्पष्ट ज्ञानबाट देख्ने मानसिक योग्यता पाउनको कोशिश गर्न

८. '''सम्यक समाधि''' : निर्वाण पाउन र स्वयंको गायब हुनु

केहि मानिसहरू आर्य अष्टांग मार्गलाई पथको तरिका भनेर सोच्दछन्, जसमा अगाडि बढ्नको लागि, पछिल्लो स्तरलाई पाउन आवश्यक छ र मानिसहरूलाई लग्दछ कि यस मार्गका स्तर सबै संग-संगै पाएर जान्छन् । मार्गलाई तीन हिस्साहरूमा वर्गीकृत गरिन्छ : प्रज्ञा, शीला, र समाधि ।

=== बोधि ===
गौतम बुद्धबाट पाएको ज्ञानतालाई [[बोधि]] भनिन्छ । मानिन्छ कि बोधि पाए पछि नैं संसारबाट छुटकारा पाइनछ । सारा पारमिताहरू (पूर्णताहरू)को निष्पत्ति, चार आर्य सत्यहरूको सारा सोच, र कर्मका निरोधबाट नैं बोधि पाएर जान सकिन्छ । त्यस समय, लोभ, दोष, मोह, अविद्या, तृष्णा, र आत्मांमा विश्वास सबै गायब भएर जान्छन् । बोधिका तीन स्तर हुन्छन्: [[श्रावकबुद्ध|श्रावकबोधि]], [[प्रत्येकबुद्ध|प्रत्येकबोधि]], र [[सम्यकसंबुद्ध|सम्यकसंबोधि]]। सम्यकसंबोधि बौध धर्मको सबै भन्दा उन्नत आदर्श मानिन्छ ।

== दर्शन ==
{{बौद्ध तीर्थ}}
{{मुख्य|बौद्ध दर्शन}}

=== '''क्षणिकवाद''' ===
यो संसारमा सबै क्षणिक छ र नश्वर छ। केही पनि स्थायी छैन। तर वेदिक मतबाट विरोध छ।

=== '''अनात्मवाद''' ===
आत्मा नामको कुनै स्थायी चीज छैन । जसलाई मानिसहरू [[आत्मा]] सम्झन्छन, त्यो चेतनाको अविच्छिन्न प्रवाह छ।

=== '''अनीश्वरवाद''' ===
बुद्धको धर्मको उद्देश्य दुःखबाट मुक्ति पाउने हो। यो धर्ममा ईश्वरको अस्तित्त्वको बारेमा मौन छ। ईश्वर भएको/नभएको तथा संसार कसले बनाए भन्ने विषयमा विवेचना गर्नाले मानिस लगायत सबै प्राणीका दुःख नघट्ने धारणा यो धर्ममा रहेको छ।

=== शून्यतावाद ===
[[शून्यता]] महायान बौद्ध संप्रदायको प्रधान दर्शन हो।

== संघ==
बुद्ध धर्ममा संघको ठुलो महत्त्व छ। यस धर्ममा बुद्ध, बुद्धको धर्म र बुद्धको संघलाई त्रिरत्नको रुपमा मानिने गरिन्छ। संघका नियमहरु [[विनयपिटक]]मा संग्रहित छन। अंगुत्तरनिकायको कलमसुत्तमा बुद्धले आफ्नो अनुभव अनुसार धर्म पालना गर्ने स्वतन्त्रता दिएका तथा बुद्धले धर्मका सानातिना नियमहरु परिवर्तन गर्न सकिने उपदेश दिएका हुनाले बुद्धको परिनिर्वाण पश्चात बुद्ध धर्ममा विभिन्न प्रकारका संघहरु स्थापित भए। यस्ता संघ तथा संघका शाखाहरुमा विनयपिटकका नियमको पालना, स्थानीय सांस्कृतिक प्रभाव तथा धर्मको निश्चित पक्षमा बढी केन्द्रित हुने आदि विषयमा भिन्न मत राख्दछन। संघमा नै आश्रित नभइकन बुद्ध धर्मलाई आध्यात्मिक रुपमा पालना गर्ने पनि परम्परा भएको देखिन्छ। ऐतिहासिक कालमा विभिन्न निकाय तथा संघहरु रहेतापनि वर्तमानमा प्रायःजसो संघहरु तीन महासंघको प्रभावमा रहेको पाइन्छ। यी संघहरु थेरवाद, महायान र बज्रयान हुन। थेरवादलाई भूलवश केही मानिसहरु हीनयान पनि भन्ने गर्दछन। तर, हीनयान वर्तमानमा अस्तित्त्वमा नरहेको एक बुद्ध धर्मको इकाइ हो भने थेरवाद बुद्ध धर्मका तीन मुख्य संघ मध्ये एक हो।
==बुद्ध धर्मको साम्प्रदायिक शाखाहरू==
* श्रावकयान
{{reflist}}

== यो पनि हेर्नुहोस् ==
* [[बौद्ध धर्मको इतिहास]]
* [[गौतम बुद्ध]]
* [[बुद्ध]]

== बाहिरी सूत्र==
* [http://hindi.webdunia.com/religion/religion/buddhism/0911/21/1091121032_1.htm जान्नुहोस् बौद्ध धर्म को...] - अनिरुद्ध जोशी 'शतायु'
* [http://in.jagran.yahoo.com/dharm/?page=article&category=10&articleid=3867 मानव कल्याणमा आधारित हिंदू-बौद्ध धर्म]
* [http://www.brandbihar.com/hindi/literature/amit_sharma/buddhism_hinduism.html बौद्धधर्म तथा हिन्दूधर्मको परस्पर सम्बन्ध] : लेखक - डा० अमित कुमार शर्मा; समाजशास्त्र विभाग, जवाहरलाल नेहरू विश्वविद्यालय
* [http://www.mantra.org.in/Yoga/myweb/indian_philosoph_Hind.htm भारतीय दर्शन]
* [http://books.google.co.in/books?id=fZnWZ48CkWMC&printsec=frontcover#v=onepage&q=&f=false बौद्ध धर्म दर्शन] (गूगल पुस्तक ; लेखक - आचार्य नरेन्द्र देव)
{{Commonscat|Buddhism}}

दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/737471" बाट अनुप्रेषित