"अब यस्तो कहिल्यै नहोस्" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३४:
पुस्तकमा बहादुर शाहको हत्याकाण्ड, रणबहादुर शाहको हत्याकाण्ड, भिमसेन थापाको उदय र अस्त, इतिहासका कुख्यात [[कोत पर्व|कोतपर्व]], [[भण्डारखाल पर्व]] र [[अलौ पर्व|अलौपर्व]], लगायत अन्य केहि कम सुनिएका राणाशाही विरुद्धको अठतीस सालको असफल षडयन्त्र जस्ता घटनाको बारेमा पनि चर्चा गरिएको छ । भिमसेन थापाको बारेमा इतिहासले धेरै राम्राकुराहरु गाएको भएपनि उनले शक्ति हातपार्नका लागी गरेका हत्याहरुको विवरण इतिहासहरुमा पाइँदैन । त्यस्तै उनको मृत्युको हकमा पनि अनेक भनाइहरु पाइन्छ । यसमा पुरानो विष मुद्दालाई बल्झाएर पाँडेहरुले षडयन्त्रगरी आत्महत्या गर्न बाध्य तुल्याएको तर उनी ९ दिनसम्म तड्पिएर विष्णुमतिको किनारमा अन्तिम स्वास फेरेको भन्ने उल्लेख छ ।
==भिमसेन थापा==
“राजा श्री ५ राजेन्द्रविक्रम शाह तथा [[साम्राज्य लक्ष्मी देवी|महारानी साम्राज्यलक्ष्मी देवी]]कै निर्देशनानुसार रगतले लथपथ भएको यिनको (भिमसेन थापाको) अद्र्धचेत शरीर त्यसै दिन विष्णुमती नदीको त्यसे बगरमा लगरेर लावारसि अवस्थामा फ्याँकियो जुन बगरमा तेत्तीस वर्षजति पहलिे चौतारा वदिुर शाही, चौतारा [[शेरबहादुर शाह|शेरबहादुर शाही]](लयाइते तर्फका [[रणबहादुर शाह]]का दाजुहरु, शेरबहादुरले बहादुर शाहको हत्याका लागी रणबहादुर शाहलाई उक्साएका थिए र पछि रणबहादुरलाई सभामै तरबार प्रहार गरेर मारेका पनि थिए, [[जंगबहादुर राणा|जंगबहादुर कुँवर राणा]]का पिता बालनरसिंहले[[बालनरसिंह कुँवर|बालनरसिंह]]ले शेरबहादुरलाई लगत्तै मारेका थिए ) तथा पाल्पा राज्यका राजा [[पृथ्वीपाल सेन]] लगायतका पैँचालीस जनाजति निरपराध व्यक्तिका लासहरु अमानुषिक रुपमा स्याल, कुकुर तथा गद्धिहरुलाई निर्दयतापूर्वक लुछाइएका (रणबहादुर शाहको हत्याको अभियोगमा विभिन्न व्यक्तिहरुद्वारा मारिएका भएपनि भिमसेन थापाले शक्ति हत्याउने नियतकासाथ सबै रचेको आरोप आचार्यले लाएका छन्) थिए ।
 
साउन महिनाको मध्य–वर्षादको झरी तथा हुरीमा भिज्दै जीवन र मरणको दोसाँधमा रहेर घुर्र–घुर्र गर्दै स्याल, कुकुर र गद्धिहरुकै बीचमा ९ दिनसम्म जीवित रही अन्त्यमा ६४ वर्षको उमेरमा त्यसै बगरमा यिनले (भिमसेन थापाले) आफ्नो जीवनलीलालाई समाप्त गरे (वि.सं. १८९६, श्रावण १६) ।”
पङ्क्ति ४३:
 
====
केही गौरव गर्नु पर्ने कुराहरु पनि बाबुराम आचार्यले पुस्तकमा उल्लेख गरेका छन् । नौ हजारजछि चिनियाँ सैनिकहरुको नेतृत्व ग्रहण गर्दै सेनापति तुङ्थ्वाङ्ले केरुङ्तर्फको बाटोहुँदैबाटो हुँदै विंसं १८४९को आषाढमा नेपाल प्रवेश गरिरहेका सैनिकलाई लिस्ती नामक ठाउँमा [[नेपाली सेना]]ले वीरतापूर्वक रोकिदिएका थिए । बेत्राबती नदि पार गरेका तीनहजार चिनियाँ सैनिकको फौजलाई हराइ चिनीयाहरुलाई पछि हट्न बाध्य पारे पछि नेपाल र चिन बीच सन्धी सम्पन्न भएको थियो । [[बहादुर शाह]]ले यी युद्धमा बढि खर्च गरेको भन्ने आरोप खेप्नु परेको कुरा पनि पुस्तकमा उल्लेख छ ।
 
एकिकरणका सबालमा पिताको जस्तै सोच राख्ने भएपनि रणबहादुरले सम्पूर्ण शक्ति आफ्नो हातमा लिएपछि बहादुर शाहले चिनियाँ अधिकारी गुहारेको प्रसंग विदेशी हस्तक्षेप बढाउनमा देशकै सासकहरु पहिले देखिनै तल्लीन थिए भन्ने देखिएको छ । जे होस् यो पुस्तकले नेपाली इतिहासको केहि दुःखद र पाठ सिक्नु पर्ने दिनहरु पाठक माझ ल्याएको छ । इतिहास र राजनीतिमा रुचि राख्नेका लागी यो एकदमै उत्तम पुस्तक हुन सक्छ । साथै यसालाई सन्दर्भ सामग्रीका रुपमा प्रयोग गरेर पुरानो इतिहासको पुनर्लेखन गर्नेका निम्ती पनि यो पुस्तकले बलियो आधार दिन्छ ।