"शेरा दरबार" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २४:
[[पृथ्वीनारायण शाह]]को शासनकालमा [[नुवाकोट]]मा दुई दरबार निर्माण भएको थियो। पृथ्वी नारायण शाहले शीतकालिन दरबारका रूपमा वि.सं.१८२२ मा शेरा दरबारको निर्माण भएको थियो। [[साततले दरबार (नुवाकोट)|साततले दरबार]]लाई गृष्मकालिन दरबारका रूपमा उपयोग गरीएको थियो। नुवाकाेटकाे शेरावेसीमा रहेकाे याे दरवार भग्न अबस्थामा रहेकाे छ । पृथ्वीनारायण शाहको समयमा राजा जाडो महिनामा नुवाकोट डाँडामा रहेकाे दरबार र गर्मी महिनामा तादी किनारमा रहेको शेरा बेसी दरबारमा बस्ने गर्दथे । काशीनाथ तमोटले अनुमान गर्नुभएजस्तै पृथ्वीनारायण शाहले ‘[[दिव्योपदेश]]’ दिएको ऐतिहासिक स्थल यही शेराबेँसीको दरबार नै हो भन्ने अनुमान गर्न सकिन्छ । <ref>[http://dabalikhabar.com/opinion/7063/ स्मृतिका तरेलीहरूमा महामण्डल साहित्य यात्रा]</ref>
 
पृथ्वीनारायण शाहको बि.सं. १८३१ मा मृत्यु भइसके पछि पनि कर्कप्याट्रिक नुवाकोटको भ्रमणमा जादा पनि [[बहादुर शाह]]संग यसै दरबारमा भेट गरेका थिए । बि.सं. १८९७-९८ तिर [[राजेन्द्र विक्रम शाह|राजा राजेन्द्र]] तथा रानी साम्राज्य लक्ष्मी नुवाकोटमा भ्रमणमा जाँदा पनि यसै दरबारमा बसेका थिए । बि.सं. १९०३ मा यस शेरा बेसी दरबार भत्कियाे । दरबार भत्किएपछि भग्नावशेषमा परिणत भयाे । त्यसको धेरै वर्ष पछि [[जुद्ध शमशेर जंगबहादुर राणा|जुद्धशम्शेर]] नुवाकोट भ्रमणमा जाँदा उनले भग्नावशेष दरबार बारेमा बुझ्न खोजे । [[श्री ३ जुद्ध]]ले राजा पृथ्वीनारायण शाहको गृष्मकालिन दरबारको भग्नावशेष हो भनेर जानकारी पाएपछि तत्कालै पुरानो दरबार जस्तै दरबार बनाउनु भनेर आदेश दिए ।<ref>[[Himalaya.socanth.cam.ac.uk/collections/journals/.../pdf/CNAS 02 02 08.pdf|श्री ५ '''पृथ्वीनारायण शाहको''' नुवाकोट-माडी दरबार. धनवज्र वज्राचार्य]]</ref> तर त्यसबेला पुरानो दरबार देख्ने कोही नभेटेको र पुरानो दरबारको कुनै चित्र पनि नभएकाेले शेराफाँटकाे भव्यता तथा दरबार परिसरबाट माेहित भएका जुद्ध शमशेर महाराजले अाफ्नै अनुमानमा दरबार बनाए ।
 
तर दरबार बनाउदा सोही पुरानो दरबारक्रो भग्नाबशेषमा रहेको इटाहरूको उपयोग गरिएको थियो । दरबार तयार भएपछि यस दरबारको नाम शेरा दरबार भनेर राखियो । <ref>[http://bidurkhabar.com/archives/3171 नुवाकोटमा रहेको पृथ्वीनारायण शाहकाे शेरा दरबार विप्लबकाे कब्जामा]</ref>
"https://ne.wikipedia.org/wiki/शेरा_दरबार" बाट अनुप्रेषित