"प्रताप मल्ल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:NP-KTM-d-s-pratap-malla.jpg|thumb|Statue of Pratap Malla with his wives and sons at Hanuman Dhoka Palace.]]
'''प्रताप मल्ल''' मल्ल वंशको सबैभन्दा शक्तिशाली राजा हुन् । यिनको शासनकाल वि.स.१६९८ देखि १७३१ सम्म (३३ बर्ष) रह्यो । आफ्नो नामको अगाडि कविन्द्र लेख्ने राजा प्रताप मल्ल हुन् । यिनका बाबु [[लक्ष्मीनरसिंह मल्ल|लक्ष्मी नरसिंह मल्ल]] हुन् ।
==सत्ता प्राप्ती==
राजा प्रताप मल्ल ले आफ्ना बाबु लक्ष्मीनरसिंहलाई बन्दी बनाई आफू राजा भए। १६ वर्षपछि लक्ष्मीनरसिंहको बन्दीअवस्थामा मृत्यु भयो। प्रताप मल्लले काजी भीम मल्लको सहयोगबाट गद्दी हत्याएका भए पनि ती काजीलाई मार्न लगाएका थिए । प्रताप मल्लले नरदेव मयासिंह भन्ने व्यक्तिको चुक्ली सुनेर काजी [[भीम मल्ललाईमल्ल]]लाई काट्न लगाए । <ref>धनवज्र वज्राचार्य , ईतिहास संशोधनको प्रमाण प्रमेय (काठमाडौंं: इ.सं.मं.) पृ. ८०।</ref>भीम मल्लकी पत्नी सती जाँदा श्राप दिएकी हुँदा "सतीको श्राप पाएको नेपाल" भन्ने लोककथन बनेको छ ।<ref>राजाराम सुवेदी नेपालको तथ्य इतिहास पृष्ठ १५१</ref>
==कुटनीती==
उपत्यकाभित्रका राजासँग प्रताप मल्लको सम्बन्ध राम्रो नभए पनि अन्य छिमेकी राजाहरूसंग राम्रो थियो । उनको मकवानपुर , पाल्पा, गोरखाजस्ता राज्यसँग मित्रता थियो। उनको सम्बन्ध सात समुद्रपारबाट उपत्यका भित्र पसेका पादरी ग्रोबरसँग पनि राम्रो थियो। त्यसैले ती पादरीले प्रताप मल्ललाई एउटा दूरबिन उपहार दिएका थिए ।
"https://ne.wikipedia.org/wiki/प्रताप_मल्ल" बाट अनुप्रेषित