"कर्णाली नदी" का संशोधनहरू बिचको अन्तर

Replacing Ghaghra-River.png with File:River_Ganges_and_tributaries.png (by CommonsDelinker because: Duplicate: Exact or scaled-down duplicate: c::File:River Ganges and tributaries.png).
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ७८:
 
 
'''कर्णाली नदी''' (भारतमा घाघरा नदी पनि भनिन्छ) [[तिब्बत]]को समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको "माप्चोचोङ्गो" नामको [[हिमनदी]]बाट निस्केर [[मान सरोवर ताल]] नजिकै रहेको [[राक्षस ताल|रकोस सरोवर]] (जसलाई "राक्षस ताल" पनि भनिन्छ)मा मिसिन्छ। त्यस पछि नेपालमा प्रवेश गरेपछी [[मुगु जिल्ला]]मा यो "करन खोला" अथवा [[मुगु कर्णाली]]सँग मिसिन्छ। त्यसै कारण खोलाको नामबाट नै यो नदीको नाम कर्णाली नदी रहन गएको अनुमान छ। यो नदी [[बाजुरा जिल्ला]] र [[हुम्ला जिल्ला]]को सिमाना हँदै [[कालीकोट जिल्ला]]मा पुग्दा सम्मपुग्दासम्म यसका धेरै सहायक नदी नालाहरूले गर्दा यसले खोलाबाट नदिको रूप लगि सकेको हुन्छ। [[मुगु जिल्ला]]मा रहेको [[राराताल|रारा ताल]]को पानी यो नदीमा मिसिदै यसले विसाल रूप लिइ सकेको हुन्छ। त्यसै गरी हुम्ला र बाजुराको सिमानामा यसलाई हुम्ला कर्णाली र बुढी गंगा मिसिए पछि यो नदी धेरै ठूलो भैसको हुन्छ। कालीकोटको लालीघाटमा आएर यो नदीमा [[जुम्ला जिल्ला]]बाट आएको तिला नदी मिसिन्छ। यसैगरी अन्य साना खोला नालाहरू साथमा लिएर यो नदी [[दैलेख जिल्ला]] र [[अछाम जिल्ला]]को सिमाना हुदै अगाडि बढ्छ।
 
==नदीको विस्तार==
पङ्क्ति ८७:
 
==कर्णाली नदीमा पाइने जलिय जीवहरू==
कर्णाली नदीमा पाइने मुख्य जलिय जीव त [[माछा]] नै हो। कर्णाली नदीको माछा अरु नदीको माछा भन्दा बढी स्वादिष्ट हुन्छ। यो नदीमा पाइने माछाहरूमा अँसाला माछा मुख्य हो, साधारणतया १० देखि १५ किलो सम्मकिलोसम्म वजन भएको अँसाला माछा कर्णाली नदीमा धेरै पाइन्छ। यसका साथै यो नदीमा माछाका अन्य धेरै प्रजातीहरू रहेका छन् जस्तै:- सट्टा माछा (यसको वजन ५० देखि १५० किलो सम्मकिलोसम्म भएको अनुमान गरिन्छ), टोटे माछा (यो माछा भकुण्डो जस्तै गोलो र मोटो हुन्छ), बाम माछा (यो माछा देख्दा सर्प जस्तै देखिन्छ), खोली माछा (यो माछा सानो तर स्वादिष्ट माछा हो प्राय खोलाको पानीमा पनि पाइने भएकाले यसलाई खोली माछा भनीएको हो), आदी। यस्तै कर्णाली नदीमा गर्मीको मौसममा कैलाली जिल्लाको छेउ छाउ तिर [[गोही]]हरू पनि भेटाउन सकिन्छ। पहिले कर्णाली नदीमा गोहीहरू प्रसस्त मात्रामा भएको तर अब गोहीको सिकार गरिने भएका कारण यो जीव कर्णाली नदीमा लोप हुदै गएको छ। यस्तै कर्णाली नदीमा कहिले काहीँ पानी विरालोहरू पनि भेटिएको सुन्नमा आउँछ।
 
==बाँध तथा पुलहरू==
पङ्क्ति ९६:
[[गेरुवा पुल]] नेपालकै सबैभन्दा लामो पूल हो।
 
कर्णाली नदीमा बाँध बनाएर बिजुली निकाल्ने योजना २०४० सालमा पारित भएको भए पनि आज सम्मआजसम्म कुनै कार्य भएको छैन। सर्वे गर्ने क्रममा कैलाली जिल्लाको बाँका भन्ने ठाउँलाई बाँध निर्माण स्थलको लागि छनौट गरेर केही काम पनि गराईए पछि त्यतिकै छोडीएको छ भने [[दैलेख जिल्ला]]को सियाला भन्ने ठाउँलाई पनि बाँध निर्माण स्थलको लागि छनौट गरिएको छ तर आज सम्मआजसम्म कुनै सक्रिय कामको थालनी भएको छैन।
 
==चित्र दिर्घा==
"https://ne.wikipedia.org/wiki/कर्णाली_नदी" बाट अनुप्रेषित