"इन्टरनेट चलचित्र डेटाबेस" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १७:
'''इन्टरनेट चलचित्र डाटाबेस''' [[चलचित्र]], दूरदर्शन कार्यक्रम, गृह भिडियो, भिडियो खेल र इण्टरनेट स्ट्रिमको एक अनलाइन डाटाबेस हो जसले कलाकार, उत्पादन दल, प्रख्यात मानिसहरूको जीवनी, चलचित्रको सारंश, सामान ज्ञान र अनुयायीहरूको समीक्षा र मुल्याङ्कन समावेश गर्दछ। एक अतिरिक्त समर्थकहरूको लागि रहेको सुविधा भने फेब्रुअरी २०१७ मा बन्द गरिएको थियो। यो सुरूमा अनुयायीहरूले सञ्चालन गरेको वेबसाइट थियो भने हाल यसको मालिक र सञ्चालक आइएमडिबी इङ्क हो जुन [[अमेजन (कम्पनी)|अमेजन]] एक सहायक कम्पनी हो।
 
अक्टोबर २०१८ सम्म२०१८सम्म, यस आइएमडिबीको डाटाबेसमा ५.३ मिलियन शीर्षकहरू (श्रृङखला सहित) र ९.३ मिलियन ब्यक्तित्व समावेश गरिएका छन् र<ref name="stats"/> यसमा ८३ मिलियन दर्ता गरिएका प्रयोगकर्ताहरू रहेका छन्।
 
==विशेषताहरू==
इण्टरनेट चलचित्र डाटाबेसको चलचित्र र प्रतिभा पृष्ठहरू सबै इन्टरनेट प्रयोगकर्ताहरू समक्ष पहुँचयोग्य छन्, तर साइटमा जानकारी योगदान गर्न दर्ता प्रक्रिया आवश्यक छ।
 
डाटाबेसको अधिक डाटा स्वयंसेवक योगदानकर्ताद्वारा प्रदान गरिएको छ। साइटले दर्ता भएका प्रयोगकर्ताहरूलाई नयाँ सामग्रीहरू प्रस्तुत गर्न र अवस्थित प्रविष्टिहरूमा सम्पादन गर्न मिल्ने सुविधा प्रदान गर्दछ। वास्तविक तथ्याङ्क पेश, थप वा सुधारको गर्ने प्रयोगकर्ताहरूलाई यसले तत्काल अनुमोदन गर्दछ। तथापि, चित्र, नाम, चरित्रको नाम, कथाबस्तुको सारांश र शीर्षक परिवर्तनहरू प्रकाशन गर्नु अघि निरिक्षण गरिन्छ, र सामान्यतया देखिनको लागि २४ देखि ७२ घण्टा सम्मघण्टासम्म लाग्न सक्छ। सबै दर्ता भएका प्रयोगकर्ताहरूले आफ्नो साइटको नाम रोज्न सक्छन् जसलाई अज्ञात रूपमा सञ्चालन गर्नु पर्ने हुन्छ।
 
दर्ता भएका प्रयोगकर्ताहरूको प्रोफाइल पृष्ठ हुन्छ जसले कति लामो समयदेखि उक्त प्रयोगकर्ता सदस्यको रूपमा रहेको जानकारी र निजी चलचित्र मुल्याङ्कनको पनि जानकारी गराउँदछ (प्रयोगकर्ता देखाउन चाहेको खण्डमा मात्रै)। सन् २०१५ देखि निश्चित दर्ता भएका प्रयोगकर्ताहरूले पेश गरेका योगदानहरूलाई प्रतिनिधित्व गर्दै एक चिनो थप गरिएको थियो। उक्त चिनो स्वतन्त्र श्रेणीमा बनाइएको कुल योगदानहरू जस्तै तस्वीर, सामान्य ज्ञान, बायो आदीको क्षेत्र भित्र पर्दछन्। यदि कुनै दर्ता प्रयोगकर्ता वा आगन्तुक मनोरञ्जन उद्योगमा छ र उसको आइएमडीबीमा पनि पृष्ठ छ भने, उक्त प्रयोगकर्ता/आगन्तुक आइएमडिबीप्रोमा नामाङ्कन गरी पृष्ठमा तस्वीरहरू थप्न सक्छ।<ref>{{cite web |title= प्रयोगकर्ताको लागि पेश सहयोगी |series=सहायता केन्द्र |url=https://www.imdb.com/help/search?domain=helpdesk_faq&index=2&file=contact_information&ref_=hlp_sr_1 |website=आइएमडिबी}}</ref> यसमा योगदानकर्ताहरूको कुनै पनि सूचकाङ्क छैन, प्रत्येक प्रोफाइल पृष्ठ योगदान गरेका सामग्रीहरूको पनि सुचकाङ्क रहेको छैन (घटनाको श्रृङ्खलाको सार र जीवनी बाहेक) र प्रत्येक उत्पादन वा व्यक्तिको डाटा पृष्ठमा योगदानकर्ताहरूको पहिचान खुलाइएको छैन।
पङ्क्ति २९:
 
==दूरदर्शन श्रृङ्खलाहरूको सङ्ख्या==
जनवरी २६, २००६ मा, प्रत्येक दूरदर्शन श्रृङ्खलाको प्रत्येक भागहरू समर्थन गर्ने सुविधा सञ्चालन गरिएको थियो, जसले डाटाबेसलाई भिन्नभिन्नै चरित्र र कर्मीदल सूचीकरणको समर्थन गरेको छ। यसले गर्दा डाटाबेसमा सङ्ग्रहित शीर्षकहरू ४,८५,००० बाट बढेर लगभग ७,५५,००० सम्म०००सम्म पुगेको छ।
 
==तथ्याङ्क==