"रोल्पा जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा Reverted 1 edit by 27.34.68.142 (talk) identified as vandalism to last revision by BRPever. (ट्विङ्कल)
चिनो: पूर्ववत
पङ्क्ति २०:
|वेबसाइट ={{URL|ddcrolpa.gov.np}}
}}
'''रोल्पा''' [[नेपाल]]को एक पहाडी जिल्ला हो। रोल्पा जिल्लाको क्षेत्रफल एक हजार आठ सय ७९ बर्ग किलोमिटर रहेको छ ।
 
=='''जिल्लाको नामाकरण'''==
"रोल्पा" भनेर चिनिने यो जिल्ला स्थान विशेष "रोल्पाथुम"को कारणले रोल्पा बनेको हो। तर अनौठो कुरा के छ भने अहिले "रोल्पा" भन्ने स्थान रोल्पा जिल्लामा नपरी [[सल्यान जिल्ला]]मा पर्दछ। सीमाना हेरफेर गर्ने क्रममा रोल्पाथुमको केही भाग रोल्पा जिल्लामा नपरी सल्यान जिल्लामा परेको हो। त्यही क्रममा रोल्पाथुमको केही भाग सल्यान जिल्लामा मिलाउँदा "रोल्पा" पनि सल्यान मै छुट्न गएको हो।
 
=='''भौगोलिक अवस्थिति'''==
*देशान्तर: ८३.१० देखि ८३.९० पूर्व
*अक्षांस: २८.८० देखि २८.३८० उत्तर
*उचाई: समुद्र सतहदेखि ७०१ देखि ३६३९ मीटरसम्म
*सदरमुकामको उचाई: समुद्र सतहबाट १३७५ मीटर
*क्षेत्रफल: १८७९ वर्ग किलोमीटर
*सिमाना: पूर्व बागलुङ्ग र प्यूठान, पश्चिम सल्यान, उत्तर रुकुम, दक्षिण दाङ रहेका छन ।
 
=='''जिल्लाको इतिहास'''==
एकीकरण पूर्व अन्य बाइसे-चौबिसे राज्यहरूमा जस्तै यस भेगमा पनि छुट्टै राजाहरूले राज्य गर्दथे। तथापि यहाँका राजाहरूले अन्य राजाहरू जस्तो प्रख्याति पाएको भने सुनिदैनथ्यो। त्यसकोकारण सम्भवतः राज्यको क्षेत्र सानै भएर हुन सक्छ। गजुलकोटमा काठमा लेखिएको वि.सं. १७०३को अभिलेख पाइएबाट त्यहाँ राजदरवार रहेको प्रमाणित हुन्छ। सेन राजा गजुलमा सुरूदेखि नै बसेको भने पाइदैन। गजुल क्षेत्रमा राज्य व्यवस्था त थियो तर त्यहाँ केही समय राजा नभएकोले त्यहाँका काजीहरू राजगुण भएको प्रतिभाशाली व्यक्तित्वको खोजीमा थिए भन्ने जनश्रुति छ। उनीहरूले गजुलमा एउटा पोखरी खन्ने क्रममा नजीकैको चौतारीमा शिरको फेटा फुकालेर जो व्यक्ति बस्छ उसैलाई राजा बनाउने गुप्त सल्लाह गरेका थिए। यस्तैमा जाजरकोट जक्तिपुरबाट आएका तुथासेन त्यही चौतारीमा आई काजीहरूको गुप्त सल्लाह अनुसारको प्रकृतिबाट बसेपछि उनलाई नै राजा बनाइयो।
 
तुथासेन त्यहाँ आई पुग्ने अवस्था पनि मार्मिक रहेको पाइन्छ जुन यस प्रकार छ- तुथासेन जाजरकोट जक्तिपुरका राजा थिए। उनी निकै धार्मिक प्रकृतिका व्यक्ति थिए। उनका भाईको दुर्भाग्यवश निधन भएपछि विधवा भाइ बुहारीलाई उनले नै विवाह गर्नपर्छ भनी वाध्य गराउन थाल्दा सो कुरा नमानी विरक्तिएर राज्य समेत ब्राम्हणहरूलाई दान गरेर मुक्ति क्षेत्रतर्फ हिडेका बखत सोही क्रममा उनी गजुलकोट आई चौतारामा बसेका रहेछन्। उनले त्यहाँको राजा हुन स्वीकारे पछि उनको विवाह [[रुकुम जिल्ला|रुकुम]] दरिजेनमका राजाकी छोरी तुरुवावतीसँग गराइयो। त्यसबखत गजुल राज्य अन्तर्गत १८ गाउँ थिए। तुथासेनका ५/६ पुस्ता पछिका धैर्यपाल गजुल मै राजा भए र उनका भाइ कर्णपाल खुँग्रीकोटका राजा भए। उनलाई राज्य रजौटा उन्मुलन पश्चात् पनि भत्ता उपलब्ध भईरहेको थियो। त्यसरी भत्ता प्राप्त गर्नेअन्तिम राजा भने फत्ते प्रचण्डबहादुर सिंह हुन्। उनको वि.सं. २०४९ सालमा मृत्यु भयो।
 
वि.सं. २०१८ सालमा नेपालका ३४ जिल्लाहरूलाई ७५ जिल्लामा विभाजन नगर्दा सम्म रोल्पा जिल्लाको वर्तमान क्षेत्र [[प्युठान जिल्ला|प्युठान]] र [[सल्यान जिल्ला|सल्यान]] जिल्लामा पर्दथ्यो। पछि सात सय सखी, आठ हजार बुढागाउँ, नौसय माडिखोला, रोल्पा बाईसखुवा र कालाशेष थुम (मौजा)का नामले चिनिने वि.सं. २०१८ साल पूर्वको रोल्पा क्षेत्र वि.सं. २०१८ सालमा [[सल्यान जिल्ला|सल्यान]] र [[प्युठान जिल्ला|प्युठान]]को केही क्षेत्र मिलाई बनाइएको र त्यस वखत ३३ गाउँ पञ्चायत रहेको थियो। पछि वि.सं. २०३४ सालमा सीमाना हेरफेर गरी ५१ गाउँ पञ्चायत बनाइयो । रोल्पामा ५१ वटा गा.वि.स. नै कायम रहेकोमा नेपाल सरकार मन्त्री परिषद्ले २०७१ मंसिर १६ गते लिवाङ र खुमेल गाविसलाई गाभेर लिवाङ नगरपालिका घोषणा भएपछि हाल ५१ गाविस र १ नगरपालिका रहेको छ ।
 
=='''यातायात'''==
माडी नदीको पुल २०५२ सालमा नै निर्माण भएकोले सोही वर्षदेखि जिल्लामा लिवाङ-काठमाडौं रात्री बस सेवा तथा छिमेकी जिल्ला दाङको घोराही र भालुवाङवाट दैनिक दिवा वस सेवा नियमित र वर्षामा मौसम अनुकुल साचालन भईरहेका कारण लिवाङसम्म सहजै पुग्न सकिन्छ। यसरी नियमित यातायात (वस/ट्रक) सेवाबाट जिल्लाका व्यापारीहरूलाई आफ्नो सामान ढुवानी र आवत-जावत गर्न सुविधा पुग्नुको साथै सर्वसाधारणहरूलाई पनि जिल्ला बाहिर आवत-जावत गर्न सुविधा पुगेको छ। दाङको भालुवाङदेखि लिवाङसम्मको सडक विसं २०६७ मा कालोपत्र गरिए पछि सवारी आवागमन झनै सहज भएको छ । यो सडकको अतिरिक्त रोल्पा जिल्लाको सदरमुकाम लिवाङ र दाङ जिल्लाको सदरमुकाम घोराहीलाई जोड्ने अर्को सडक जिल्लाको पश्चिमी भागलाई छोएर निर्माण गरिएको छ । होलेरी, नुवागाउँ, गैरीगाउँ तिला, माडिचौर हुँदै लिवाङ पुग्ने यो बाटो भने कच्ची छ । कच्ची बाटो र माडी खोलामा पुल भएको कारणले गर्दा बर्षाद्का महिनाहरूमा भने यो बाटो अवरुद्ध हुने गरेको छ । त्यसै गरी रोल्पाको थवाङलाई जोड्ने सहिद मार्ग निर्माणाधिन छ । यो सडकको घर्तीगाउँसम्म यातायत सेवा सुरु भइसकेको छ ।
 
=='''नदीनाला'''==
माडीखोला, लुग्रींखोला, फगामखोला, त्रिवेणीखोला, बोज्याङखोला, शिवाङखोला, धासीखोला, मिरुलखोला, फिवैखोला, पाखापानीखोला, बाँफुखोला, ग्वारखोला, गोठीखोला, हलहलेखोला, जिनावाङखोला, अरहङखोला, पारीवाङखोला, गजुलखोला, जुगाँरखोला, घोडाखोला, कलमखोला, राँक चुरागाढखोला, चक्रीखोला, स्यानीगाढखोला, डाढाखोला, कुटेखोला।
 
=='''यातायात'''।==
[[चित्र:Jaljala_Lake,_a_natural_beauty_of_Rolpa,_Nepal..JPG|thumb|जलजला लेक]]
[[File:Dashai Mela in Gajul Kot Rolpa.jpg|thumb|रोल्पाको गजुलकोटमा लागेको दशैं मेला]]