"बिजुली गारत" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा संगठन
पङ्क्ति १:
'''बिजुली गारत''' [[राणा काल]]का बेला रहेको [[सेना]]को समूह हो । यो समूहले [[श्री ३]] एवम् [[प्रधानमन्त्री]]को निवासको सुरक्षा गर्थ्यो ।
 
== संगठन ==
बिजुली गारतको गठन [[रणोद्दिप सिँह बहादुर राणा|रणोद्दीप सिंह]]ले गरेका थिए। भतिजाहरू(दाजु [[जंगबहादुर राणा|जंगबहादुर]] र भाइ [[धीर शमशेर राणा|धीरशमशेर]]का छोरा) बीच चर्किएको शक्तिसंघर्षका कारण असुरक्षित महसुस गर्दै रणोद्दीपले ''''बिजुली गारत'''<nowiki/>' नाम दिई यो विशेष फौज निर्माण गरेका थिए। इतिहासकार [[पुरुषोत्तम शमशेर जबरा|पुरुषोत्तमशमशेर राणा]]का अनुसार विशेष प्रकारका हातहतियारका अलावा यो फौजले गल र साबेलजस्ता साधन पनि बोक्ने गथ्र्याे ताकि आवश्यकता परे कसैको घर वा पर्खाल भत्काउनै किन नपरोस्। [[महेन्द्र वीर विक्रम शाह|राजा महेन्द्र]]ले ०२५ सालतिर यसलाई सैनिक प्रहरी नाम दिएर संगठित गरेका थिए।
 
=== गणतन्त्र पछि ===
गणतन्त्र स्थापनापछि चाहिँ यसलाई विशेष सुरक्षा बलका रूपमा निरन्तरता दिइएको छ। दौरा-सुरुवालमा ठाँटिएको देखिए पनि सुरक्षामा खटिने यो फोर्सका सैनिकहरू विशेष तालिमप्राप्त हुन्छन्, र साथै चनाखो पनि। राष्ट्राध्यक्ष कुनै ठाउँमा पुग्नुभन्दा पहिल्यै यसका सैनिक सादा पोसाकमा घटनास्थल पुगेर वस्तुस्थिति अध्ययन गरसिकेका हुन्छन्। उनीहरूले दिने सूचनाकै आधारमा राष्ट्रपति-उपराष्ट्रपति त्यहाँ जाने-नजाने कुराको अन्तिम टुंगो लाग्छ। अन्य सैनिक एकाइहरू पृतना, बाहिनी, गण वा गुल्मको मातहतमा हुन्छन्। तर, राष्ट्राध्यक्षको सुरक्षाको जिम्मेवारी पाएकाले यसलाई सीधै [[जंगी अड्डा]] र [[प्रधान सेनापति|प्रधानसेनापति]]को मातहत राखिएको छ।
 
==बाहिरी लिङ्कहरू==
"https://ne.wikipedia.org/wiki/बिजुली_गारत" बाट अनुप्रेषित