"कालिका गाउँपालिका" का संशोधनहरू बिचको अन्तर

सा Ram Prasad Joshee द्वारा कालिका गाउँपालिका पृष्ठलाई कालिका गाउँपालिका, रसुवा मा सारियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७४:
२) १५०० भन्दा माथि २२०० सम्मको भागलाई तल्लो लेकाली भागमा राखिएको छ ।
३) ९५० देखि ११०० मिटरसम्मको भागलाई बेसी भागमा राखिएको छ ।
==हावापानी==
धयस गाउँपालिकामा विशेष गरी पाँच किसिमका हावापानी पाईने गर्दछ । हावापानी पाईने क्षेत्र, तापक्रम, वर्षा तथा फैलिएको उचाईलाई यसरी तालिकामा राखिएको छ ।
तालिका नं ४ : कालिका गापामा पाईने हावापानीको विवरण
क्र.सं. पाईने हावापानी उचाई (मीटर) तापक्रम (डिग्री सेल्सियस) वर्षात -सालाखाला (मिलिलिटर)
देखि सम्म देखि सम्म गृष्म याम वार्षिक
१ उष्ण मौसमी हावापानी ६५० १००० १० ३० १५० १७००
२ अर्ध उष्ण हावापानी १००० ११०० ५ ३४ १६० १८००
३ समशीतोष्ण हावापानी ११०० २००० २ २८ २०० २०००
४ ठण्डा शीतोष्ण हावापानी २००० ३३०० ० १८ २२० २२००
५ लेकाली हावापानी ३३०० ३९०० ० १० २५० २५०००
 
==जनसङ्ख्या==
कालिका गाउँपालिकाको क्षेत्रफल १९२.५४ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ५ [[वडा]]हरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या ११३९३ रहेको छ । स्रोत :[https://rasuwaprofile.com/rm/kalika कालिका गाउँपालिाको डिजिटल प्रोफाइल]
==कालिका गाउँपालिकाका अवसरहरू==
यस गाउँपालिकाका अवसरहरू :
क) ग्रामीण तथा कृषि पर्यटन : यस गाउँपालिकामा रहेका विविध सांस्कृतिक, प्राकृतिक तथा ऐतिहाँसिक महत्वहरूको प्रचार-प्रसार, कृषि पर्यटनको प्रबल सम्भावना रहेको छ । गाउँगाउँमा होमस्टे (आवास) निर्माण गरी बाह्य तथा आन्तरिक पर्यटकहरूलाई लक्षित गरी कार्यक्रमहरू सञ्चालन गर्न सकिने सम्भावना रहेको छ । हालसम्म भएका केही लक्षणहरूले पनि यसको सम्भावनालाई नजिक्याउँदै छ । यस गाउँपालिकामा रहेका मिश्रित बस्ती, मिश्रित भेषभूषा, मिश्रित संस्कृतिलाई प्रचारप्रसार गर्न सकेमा यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै जनताको जीविकोपार्जमा सुधार ल्याउन सकिनेछ ।
 
ख) तरकारी उत्पादन तथा फलफूल खेती : यस गाउँपालिकाको विभिन्न स्थानमा विभिन्न समयमा मौषमी तथा बेमौषमी तरकारी खेती उत्पादन गर्न सकिन्छ । हालैको अवस्थालाई हेर्दा पनि यहाँको उत्पादनले रसुवा जिल्लाका स्थानीय बजारलाई केही हदसम्म बजार माग पुरा गर्न सकेको छ भने कुनै समयमा धेरै उत्पादन हुँदा कुशल बजारीकरणको अभावले पनि राम्रो मूल्य प्राप्त गर्न सकेको छैन । तरकारी तथा फलफूल उत्पादनलाई वस्तीस्तरीय पकेट क्षेत्र निर्मण गरी उत्पादित वस्तुलाई केरुङ लक्षित बजार प्रबर्दन तथा बिक्री वितरण गर्ने सम्भावना प्रबल रहेको छ ।
 
ग) कृषि तथा पशुपंक्षी पालन : यस गाउँपालिकाका प्राय स्थानहरूमा कृषि तथा पशु पंक्षी पालन गर्न सकिने सम्भावना रहेको छ । हालैको अवस्थालाई हेर्दा पनि यस गाउँपालिकामा पर्याप्त मात्रामा पशुपालन गरिएको पाईन्छ । व्यवसायिक तबरले पनि पशुपंक्षी पालन गरिएको अवस्था छ । सो को तथ्याङ्क विवरण नं मा हेर्न सकिन्छ । यही अवस्थालाई मध्यनजर गर्दै कालिका गाउँपालिकाको तेस्रो गाउँसभा (२०७५/०७६) ले ''कृषि, पर्यटन र पशुपंक्षी : कालिका गाउँपालिकाको संबृद्दि'' भन्ने मूलनारालाई आत्मसाथ गर्दै नीति तथा कार्यक्रम र बजेट तर्जुमा गरेको छ ।
 
घ) सौर्य उर्जा तथा बैकल्पिक उर्जाको विकास : यस गाउँपालिकाका प्राय भूभागमा बिहानदेखि बेलुकीसम्म सूर्यको किरण पर्ने भएकोले यहाँ सौर्य उर्जाको विकास र प्रयोग, सूर्यको किरणसहित पशुपालनमा पनि यहाँका समुदाय संलग्न भएको हिशाबले यहाँ गोबरग्याँस प्रविधिको उत्पादन र प्रयोग गरी खड्किँदो उर्जा तथा इन्धनको अभाव टार्न सकिन्छ । जसका कारण वातावरणीय संरक्षण, जीविकोपार्जनामा सुधार र बढ्दो खर्चलाई कम गर्न सकिन्छ ।
ङ) फोहोरबाट मोहोर : यस गाउँपालिकाभित्र रहेका बजारहरूमा पाईने फोहोरलाई बर्गीकरण गरी प्रशोधन गर्ने हो भने फोहोरबाट मल उत्पादन गरी फोहोरलाई मोहोरमा परिणत गर्न सकिने सम्भावना रहेको छ । यसैलाई मध्यनजर गर्दै कालिका गाउँपालिकाको तेस्रो गाउँ सभा (२०७५/७६) ले फोहोरलाई बर्गीकरण गरी उठाउने र त्यसलाई प्रशोधन गर्ने नीति लिएको छ । यसै वर्षबाट सो कार्यलाई मूर्तता दिन गाउँपालिकाले आफ्नै लगानीमा फोहोर संकलन गर्ने गाडीको व्यवस्था गरेको छ ।