"पण्डित विजयराज" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
|religion = [[हिन्दू]]
}}
'''पण्डित विजयराज''' [[राजेन्द्र विक्रम शाह|राजा राजेन्द्र विक्रम]]को पालामा [[हनुमान ढोका|हनुमानढोका]] अगाडि पुराण भन्ने पण्डित थिए । नाम चलेकै कारण दरबारबाट बोलाहट भएपछि यिनले  राजा राजेन्द्र विक्रमको पालामा दरबार प्रवेशको अवसर पाएका थिए । [[कोत पर्व]] पछी [[जंगबहादुर राणा|जङ्गबहादुर]] प्रधानमन्त्री बने । [[रानी लक्ष्मीदेवी]]ले जङ्गबहादुर र उनका भाइहरुको हत्या गर्ने षड्यन्त्र गर्दा उनलाई पनि सो योजना बताएका थिइन् । तर उनले भण्डारखालको बगैचामा भोजको आयोजना गरिएको दिनमा थापाथलीमा गएर षडयन्त्रको सबै पोल जङ्गबहादुरलाई खोले । श्रीकृष्ण श्रेष्ठको उपन्यास "जंगबहादुर "का अनुसार पण्डित विजयराजलाई षड्यन्त्रमा सामेल गरिएको थिएन । दरबारको सुसारे पुतली नानीले जंगबहादुर विरुद्धको सो षड्यन्त्रको योजना सुनेकी थिइन् । विजयराज हनुमानढोकामा पुराण भन्न आएको बेलामा पुतली नानीले यो षड्यन्त्र जंगबहादुरलाई सुचित गर्न अनुरोध गरेकी थिइन् । विजयराजले यो कुरा थापाथली गएर जंगबहादुरलाई बताए । जंगबहादुरले यो कुरा सहि ठहर भए विजयराजलाई बडा गुरुज्यु बनाउने तर गलत साबित भए चारपाटा मुडेर चार भञ्ज्याङ कटाउने बताएका थिए
 
यसरी जंगबहादुरको विश्वास जित्न सफल विजयराजलाई प्रधानमन्त्री जंगबहादुरले बडागुरुज्यू बनाए । पण्डित विजयराज पाण्डे आफना राजगुरु र धर्माधिकार मान पदवी जागीर षानगी इ सबई त्यागी बिक्रम सम्बत १९२१ मार्ग वदी ११ का दिन श्री काशी बास चल्या ।