"राज्यलक्ष्मी देवी" का संशोधनहरू बिचको अन्तर

सा →‎भण्डारखाल पर्व: per recent discussion, replaced: प्रधानसेनापति → प्रधान सेनापति स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ३५:
 
[[भण्डारखाल पर्व]]मा जंगबहादुरको हत्या गर्ने उनको योजना असफल भएपछी प्रधानमन्त्री जंगबहादुरले उनको सम्पूर्ण राजकीय अधिकार खोसी उनलाई देशनिकाला गरिदिए ।
 
== त्यसपछी ==
भण्डारखालको नरसंहारलाई लिएर तत्काल नै जङ्गवहादुरले हनूमानढोका दरवारमा ठूलो भारादारी गराए । जसमा जङ्गी (निजामती थरघर आदि) सबै भाइ भारदारहरूको उपस्थिति थियो । कोत र भण्डारखालको हत्याकाण्ड गराउनाका साथै युवराज सुरेन्द्रविक्रमलाई मारी आफ्ना छोरा रणेन्द्रविक्रमलाई राजा बनाउने षडयन्त्र गरेको अभियोगमा महारानी राज्यलक्ष्मी देवी सबै कुरावाट दोषी सावित भइन् । तसर्थ श्री ५ राजेन्द्रविक्रमका साथै युवराज सुरेन्द्रविक्रमको उपस्थितिमा भारदारीको सर्वसम्मतिले कान्छी महारानी राज्यलक्ष्मी देवीलाई शक्तिच्युत गरी देशनिकाला गर्नु उपयुक्त हुने ठहर सहितको फैसला गरयो । तत्पश्चात् १९०३ साले मार्गकृष्ण पञ्चमी आइतवारका दिन श्री ५ राजेन्द्रविक्रमबाट महारानी राज्यलक्ष्मीमा निहित रहेको सम्पूर्ण अधिकारका साथै राज्य सञ्चालन गर्नका लागि चाहिने विशेषाधिकारको लालमोहर युवराज सुरेद्रविक्रमलाई प्राप्त भयो ।
 
देशनिकालाको दण्ड पाएपछि राज्यलक्ष्मी देवी राजदरबार छाडेर मिश्र गुरुज्यूको घरमा बस्न गईन् । त्यहाँ पनि जङ्गबहादुरको कडा निगरानी थियो । महारानीलाई दोषी साबित गरी सबै राज्याधिकार युवराज सुरेन्द्रविक्रमलाई सुम्पेको भोलिपल्ट अर्थात् १९०३ साल मार्ग कृष्ण षष्ठी सोमवार राजा राजेन्द्रविक्रम राज्यलक्ष्मीसँगै काशी जाने उद्देश्यले दरबार छाडी मखनटोलस्थित एकदेव वैद्यको घरमा बस्नपुगे । सोही दिन महारानी राज्यलक्ष्मी पनि मिश्र गुरुज्यूको घरबाट माहिला गुरुज्यूका घरमा सरिन् । यसप्रकार श्री ५ राजेन्द्रविक्रम, राजकुमार रणेन्द्र तथा वीरेन्द्र पनि महारानी राज्यलक्ष्मीको साथ काशी जानका लागि तयार भए ।
 
== काशी यात्रा ==
यात्राका लागि चाहिने आवश्यक खर्च र सरसामानका साथै सुरक्षाका लागि छ रेजिमेन्ट सेना तैनाथ गरिए । यसका अतिरिक्त जङ्गबहादुरका विश्वासपात्र काजी करवीर खत्री, काजी हेमदल थापा, कप्तान खड्गबहादुर कुंवर, कप्तान धीरबहादुर कुँवर र सुब्बा सिद्धिमान सिंह राजभण्डारी आदि विशेष निगरानीका लागी खटिनुका अतिरिक्त काशी जाने यस लावा लस्करका साथमा एकजना अंग्रेज अफिसरको पनि उपस्थिति थियो ।
 
संवत् १९०३ साल मार्गशुक्ल षष्ठी मंगलवारको दिन पाले पहरा सहित ३०० अङ्गरक्षकका साथ श्री ५ राजेन्द्रविक्रम शाहले राजधानीबाट बनारसका लागि प्रस्थान गरे । बिहानको साइतमा हात्ती, घोडा, पाल्की, पाल र आवश्यक सरसामानका साथ सैनिकहरूले सुसज्जित महारानी एवं राजकुमारहरू सहित राजेन्द्रविक्रम शाहको सवारी त्यसदिन फर्पिङ पुग्यो । यसको भोलिपल्ट चीसापानी र पर्सिपल्ट मकवानपुरमा बास बसी पांचौदिन अर्थात् मार्गशुक्ल त्रयोदशी आइतवारका दिन विसौलिया हुंदै यसको भोलिपल्ट सोमवार बरेवा कचहरी आइपुग्यो । यात्राभरि नै राजा र रानीका लागी सुत्ने पालहरूको भने छुट्टाछुट्टै ब्यवस्था गरिएको थियो तापनि सधैंजसो विहान बेलुका राजेन्द्रविक्रम राज्यलक्ष्मीको पालमा २/३ घण्टासम्म समय बिताउने गर्दथे । यसभन्दाबाहेक राजाले अन्य कसैसँग पनि एकान्त गर्न नपाउन् भन्ने हेतुले भारदारहरूलाई श्री ५ को पालसंगै सुत्नू, एक्लै नछाड्नू र त्यहाँको एक एक विवरण लेखेर पठाउनू भन्ने जङ्गवहादरको निर्देशन थियो । तर पनि भारदारहरूले राजाको पालसंगै सुत्ने आँटभने गर्न सकेका थिएनन् । उता सीमानापार बसेका जङ्गबहादुरका विरोधीहरू भने श्री ५ राजेन्द्रको काशी आगमनको खबरले राजासँग भेटगर्ने प्रतीक्षामा आतुर देखिन्थे । १९०३ साल मार्गशुक्ल पूर्णिमा अर्थात् धान्यपूर्णिमाको पर्व पारेर रौतहट स्थित वरेवानदीको तीरमा श्री ५ राजेन्द्रविक्रम बाट तोलादान भयो । यस उपलक्ष्यमा त्यस भेगका शाही नातेदार अर्थात् नानी साहेबका साथै राजाको आफन्तहरूको पनि उपस्थिति थियो ।
 
== देशनिकाला ==
उनी आफ्ना दूई छोरा राजकुमार रणेन्द्र र बिरेन्द्रलाई लिएर काशी गइन् । राजा राजेन्द्र पनि उनि संगै काशी गएका थिए तर त्यहाँ बसेर प्रधानमन्त्री जंगबहादुर बिरुद्ध षडयन्त्र गर्न थालेपछी प्रधानमन्त्री जंगबहादुरले उनलाई राज्यच्युत गरि [[सुरेन्द्र विक्रम शाह|युवराज सुरेन्द्र ]]लाई राजा घोषणा गरे ।
{{s-start}}
{{s-bef|before= [[साम्राज्य लक्ष्मी देवी|साम्राज्य राज्य लक्ष्मी देवी]]}}