"सयौँ थुङ्गा फूलका हामी" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति ३:
नेपालको राष्ट्रिय गानको बारेमा कुरा गर्ने हो भने तत्कालीन शाही परिवारलाई समर्पित भइ गाइएको राष्ट्रिय गान (राज गान) "श्री मान् गम्भिर......." लाइ बि.सं. २०६३ साल जेष्ठ ५ गते शुक्रबार बसेको तत्कालीन [[प्रतिनिधि सभा]] घोषणाले नयाँ राष्ट्रिय गानको साथ प्रतिस्थापन गरेको हो । अमर गुरूङ्गले सङ्गीत दिएको र ब्याकुल माइलाको शब्द सिर्जना रहेको राष्ट्रिय गान "सयौँ थुङ्गा फुलका हामी...." शिर्षकको राष्ट्रिय गानलाई नेपालको सम्विधान २०७२ ले पनि आधिकारिक मान्यता दिइसकेको छ ।
 
== नयाँप्रचलनमा रहेको नेपाली राष्ट्रिय गान ==
''सयौं थुँगा फूलका हामी'' बोलको गीतलाई सर्बोत्कृष्ट मानेर १४ सदस्यीय राष्ट्रिय गान छनौट कार्यदलले १,२९२ रचनाहरू मध्यबाट नेपालको राष्ट्रगानको रूपमा छनौट गरेको हो। यो गानका रचनाकार कवि [[व्याकुल माइला]] हुन् भने संगीतकार [[अम्बर गुरुङ]] हुन्। यस गीतमा २० भन्दा बढी चर्चित गायक/गायिकाहरूले स्वर दिएका छन्। २०६२/६३ सालको लोकतान्त्रिक आन्दोलनबाट निरंकुश शाही शासन अन्त्य भएपछि यो गीतलाई राष्ट्रिय गानको रूपमा अन्तरिम संसदले स्वीकृत गरेको थियो। यो गान राष्ट्रिय गान छनोट समितिले २०६३ मंसिर १४मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो जुन २०६४ वैशाख ७ गते राष्ट्रिय गानका रूपमा छानिएको छ।