"सामन्तवाद" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १७:
==राजनीतिक स्वरुप==
सिद्धान्त: राज्यको सम्पूर्ण जग्गामा राज्यको स्वामित्व भएकाले राजाले जागिरको रुपमा जग्गाको वितरण गरिदिन्थे ।यसको बदलामा जागिरदारहरूले राजालाई आवस्यक परेको बेलामा एक निश्चित सङ्ख्याको सेनासहित मद्दत गर्नुपर्दथ्यो । जुन इलाकामा वा प्रदेश जागिरको रुपमा पाएको हुन्थ्यो त्यहाँ शान्तिसुव्यवस्था कायम राख्ने काम पनि जागिरदारको नै हुन्थ्यो । तिनीहरूले आफ्नो सुविस्ता अनुसार कानून पनि बनाउँथे । त्यसैले विभिन्न इलाकामा विभिन्न किसिमको कानून हुन्थ्यो ।
राजाको सेवा गर्नु भूमिपतिको परम कर्तव्य थियो ।राज्यप्रति बफादार रहनु, फौजीसेवा गर्नु र अन्य प्रकारबाट राजालाई मदत पुर्याउनु नै भूमिपतिको धर्म थियो । यसै प्रकार साना जमिनदारले ठूलो जमिनदार प्रति , साधारण किसानले स-साना जमिन्दारप्रति आफ्नो कर्तव्य गर्नु पर्थ्यो । राजाको सम्बन्ध साधारण जनतासँग प्रत्यक्ष रुपमा ओअ्आ हुदैनथ्यो । सर्फ ( दास, गुलाम ) जो खेत जोत्दथे, तिनीहरुको कुनै अधिकार थिएन ।
==सामाजिक स्वरुप==
समाजको स्वरुप एउटा पिरामिड जस्तो थियो । यसको सबैभन्दा माथी राजा र तल्लो भागमा सर्फ थिए । सामन्तसँग प्रशस्त धन सम्पत्ति हुन्थ्यो । राजाले उनको रक्षा गर्थे , किसान सेवा गर्थे र किसानको अवस्था बडो दयनीय थियो ।
"https://ne.wikipedia.org/wiki/सामन्तवाद" बाट अनुप्रेषित