"क्षत्री" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
[[File:Maharana Sangram Singh, Rana Sanga.jpg|thumb|महाराणा संग्राम सिंह ('''राणा सांगा'''), एक क्षत्री [[राजपुत]] राजा]]
[[File:Kalu Pande.jpg|thumb|काजी वंशिधर '''कालु''' पाँडे, एक क्षत्री सेनापति]]
 
प्लेटोले कल्पना गरेको आदर्श समाजको विवरणमा समाजको तीन प्रकारको विभाजन पाइन्छ– उच्च वर्ग, मध्यम वर्ग र निम्न वर्ग । उच्च वर्गमा राजा, दार्शनिक र उच्च प्रशासक वर्ग पर्दथे । दार्शनिकलाई वैदिक दृष्टिकोणले ब्राह्मण भन्न सकिन्छ । जसको काम निरन्तर अध्ययन अध्यापन हो । मध्यम वर्गमा सैनिक, रक्षक र सहायक वर्ग पर्दथे भने निम्न वर्गमा कृषक, कारीगर र सेवक वर्ग पर्दछन् । यो विवरण वर्ण व्यवस्थासंग मिल्छ भन्न सकिन्छ ।
{| class="wikitable"
|-
! वर्ण!! कार्य विभाजन !! वर्ग
|-
| ब्राह्मण || समाज हितमा निरन्तर अध्ययन अनुसन्धान गर्नु || बौद्धिक
|-
| क्षत्रिय || समाजको रक्षाका लागि अस्त्रशस्त्र चलाउनु || सैन्य
|-
| वैश्य || देशको आर्थिक उन्नतिका लागि कार्य गर्नु || व्यवसायी
|-
| शूद्र || समाजको सेवा गर्नु || कर्मचारी
|}
 
 
'''[[क्षत्रिय]]''' जाति खस देश बारेमा प्राचीन तथा मध्यकालीन ग्रन्थहरूमा विविध टिप्पणी भइराखेको पाइन्छ। प्राचीन ग्रन्थले उल्लेख गरेअनुसार काश्मिर र नेपाल उपत्यकाबीचको भूभाग खस-भूमि थियो। माथि नै उल्लेख गरियो भारततिर आउने क्रममा आर्य जातिको एक शाखा भारतको सिन्धु र गंगा नदीका समतल मैदानतिर नलागी पहाडै पहाड काश्मिरतिर लाग्यो। हिमालय, काराकोरम र हिन्दूकुशजस्ता तीन पर्वतशृङ्खलाको मिलनबिन्दु काश्गर नै यिनको आश्रयस्थल बन्यो, जसको संस्कृत रूप खसगिरी शब्द बनेको छ। यही शब्द भारतीय आर्यहरूको संस्कृत भाषामा खसको रूपमा व्यवहारमा आयो। तदनुरूप यहीँका बासिन्दा क्रमशः काश्मिरबाट पहाडको बाटो नेपाल प्रदेशतर्फसंक्रमण गरे। बाबुराम आचार्यले ठीकै विश्लेषण गरेका छन् : मध्यकालको आरम्भसम्मका खस आर्यहरू वर्तमान नेपालको सुदूरपश्चिममा व्यापक रूपमा आवाद भइसकेको देखिन्छ। तीनताक कुमाउ र गढवालको साथै वर्तमान नेपालको कर्णाली नदीको प्रसवण-क्षेत्रसम्म फैलिएर कार्तिकेयपुर वा कत्युरलाई राजधानी बनाई एक स्वतन्त्र खस राज्य फुलीफली रहेको पाइन्छ।
 
Line १३ ⟶ २९:
पछि चौधौं शताब्दीमा एकातिर विशाल खस साम्राज्य बाईसी-चौबीसी राज्यमा विखण्डित हुनपुग्यो भने अर्कातिर त्यहाँ विकसित विभिन्न क्षत्रीहरू हिन्दूकृत हुने र अधिराज्यभर विस्तारित हुने क्रम पनि तीव्र बन्यो। तथापि सबै नेपालीहरूले बुझ्न र सच्याउन पर्ने विषय के छ भने हाल नेपालमा देखापरेका विभिन्न थरका क्षत्रीहरू मात्र होइन खस परिवारका सबै जातजाति भारतमा मुसलमानी आक्रमणपछि नेपाल प्रवेश गरेका शरणार्थी वा आप्रवासी होइनन्। त्यसको विपरीत समयक्रममा हिन्दूकृत भई वर्ण्रायवस्थामा आवद्ध भएका नेवारसरहका आदिवासी हुन्। वस्तुतः कार्की, कटुवाल, बस्नेत, थापा, खड्का आदि जो जे नामबाट सम्बोधित भएका छन् ती स्वयंले यिनको उद्भव र विकासलाई इंगित गर्छन्। किनभने ती सबै या त कर्णाली भेगका स्थान विशेषका होइनन् भने पद विशेषका पर्याय शब्द हुन्। यसले पनि यिनीहरू भारत वा अन्यत्रबाट होइन नेपालभित्रैबाट विकसित जाति भन्ने प्रमाण प्रस्तुत गरिरहेका छन्। तिनीहरूको धार्मिक तथा पुजाविधिले पनि वैदिक आर्य अवैदिक खसका बीच ठुलो लक्ष्मणरेखा कोर्छन्, जसअनुसार खसहरू देवताका रूपमा मस्टो पूजा मात्र गर्थे। यिनको कुनै पुरोहित-पण्डित हँुदैनथ्यो। त्यसै गरी यिनीहरू तान्त्रिक विधिअर्न्तर्गत धामीद्वारा पूजाविधि सम्पन्न गर्थे। त्यसैकारण वैदिक मैदानी आर्यहरूले विभिन्न स्मृति ग्रन्थ र पुराणहरूमा खसहरूलाई धर्मवाहृय, अपवित्र र ब्रात्य जस्तो निचबोधक शब्दले सम्बोधन गरेका हुन्। तद्नुरूप एउटा लामो प्रक्रियापछि शासकवर्ग ठकुरीमा परिणत भयो भने र्सवसाधारण खसले पनि मैदानी आर्यबाट संस्कृतिकरण हुने क्रममा जनै धारण गरी क्षत्री बनेका भए तापनि यिनै खसका कतिपय सन्तान चाहिं अझै पनि पाकै खस वा मतवाली खसका रूपमा पश्चिम नेपालमा अस्तित्वमा रहिआएकै छन्। त्यसैले यी सबै तथ्यलाई आत्ममन्थन र आत्मचिन्तन गर्ने बेला पनि आइसकेको प्रष्टै छ। त्यसपछि मात्र यस राष्ट्रको निर्माणमा कसको कति र के योगदान रह्यो भन्ने प्रसङ्गको अर्थ रहन्छ। किनभने आज अस्तित्वको प्रश्न पहिलो र अनि मात्र सह-अस्तित्वको प्रश्न तर्ेर्सिन पुगेको तथ्यलाई उपेक्षा गर्नु आत्मघातबाहेक अरु हुनेछैन।
{{Commonscat|Kshatriya}}
 
 
 
==यो पनि हेर्नुहोस्==
{{हिन्दू धर्म}}
[[श्रेणी:नेपालका जनजातिहरू]]
[[श्रेणी:हिन्दू धर्म]]
[[श्रेणी:नेपालको संस्कृति]]
 
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाह्य लिङ्कहरू==
"https://ne.wikipedia.org/wiki/क्षत्री" बाट अनुप्रेषित