"शाह वंश" का संशोधनहरू बिचको अन्तर

स्रोत बिहिन मनगढन्त विश्लेषण
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४४:
=== उपत्यका ===
भक्तपुर गोर्खाको मितेरी सम्बन्धमा गाँसिएको राज्य थियो। पाटन अस्थिर राजनीतिका कारण कमजोर राज्य थियो। तसर्थ काठमाडौं उपत्यका माथिको विजय जय प्रकाश मल्लमाथिको विजयमा निर्भर थियो। काठमाडौंलाई सिधै आक्रमण गर्नु मूर्खता ठान्ने गोर्खाका नवराजाले काठमाडौं वरिपरिका राज्य र क्षेत्रहरूलाई कब्जा गरे सन् १७४६ मा। एउटा लामो सान्नाटा पछि गोर्खाले अचानक १७५७ मे २८मा कीर्तिपुर आक्रमण गरे। यस युद्धमा [[पृथ्वीनारायण शाह]]लाई जय प्रकाश मल्लले जिते। किनकि युद्ध निति जय प्रकाश मल्लको थियो। उनले उपत्यकाका राज्यहरूका सैनिक एकता गरी गोर्खा विरुद्ध युद्ध लडे। पाटन राज्यको अधिनस्थ राज्य कीर्तिपुर सेप्टेम्बर २६, १७६४को युद्धमा पनि विजयी बने। १७६४ ताका उपत्यकाका राज्यहरूको स्थिति १७५७ तिर जस्तो थिएन। राज्यहरू वीच मतभेत विद्यमान थियो। वास्तवमा आपसि फूट र अदुरदर्शिता नै [[मल्ल वंश]]को पतनको मूल कारण बन्यो। १७६५मा गोर्खाले कीर्तिपुर लियो। [[पृथ्वीनारायण शाह]]को मूल निशाना बाँकी नै थियो। एकातर्फ सन् १७६८ सेप्टेम्बर २५ का दिन इन्द्र जात्राको भोजसंगै काठमाडौं उपत्यकाकै सबै भन्दा शक्तिशाली राज्यको अन्त भयो भने अर्को तर्फ विशाल नेपालका निम्ति शाहवंशीय राज्यसत्ताको उदय भयो। त्यसपछि अक्टोबर ६, १७६८ मा पाटन र नोवेम्बर १३, १७६९ मा मितेरी सम्बन्धको अन्त गर्दै भक्तपुरमाथि सहज जित हासिले गरे। काठमाडौंमा हारेका जय प्रकाश पाटनमा हारे अनि अन्तमा भक्तपुर राज्यसंगै उनको जीवनको अन्त भयो। भौगोलिक रूपले [[पृथ्वीनारायण शाह]]बाट जग बसालिएको नेपाल एकीकरण बहादुर शाह र राजेन्द्र लक्ष्मीले सम्पन्न gareka thie । तैपनि नेपालको मानाचित्र जंग बहादुर राणाको समयसम्म फेरबदल भइरह्यो। सन् १८१६ को सुगौली सन्धिले १/३ नेपाली भूभागलाई भारतमा मिलायो। जंग बहादुर राणाको नेतृत्वमा १८५७को भारतको सिपाही विद्रोहमा नेपाली जनताले दिएको पसिना रगतको मोल स्वरूप कैलाली, कंचनपुर, दाङ, देउखुरी नेपाललाई फिर्ता भयो। तब बर्तमान नेपालको मानाचित्र १८१६ को हार र १८५७ को विजयले कोरेको देखिन्छ।
 
== एकिकरण पश्चातको नेपाल ==
{{POV}}
[[पृथ्वीनारायण शाह]]द्वारा बसालिएको २४० वर्ष पुरानो शाह वंश जेठ १५, २०६५ का दिन नेपाली जनताको चाहना र वलिदानमा समाप्त हुनगएकोछ। शाह वंशको उदय र पतनको इतिहासमा अब पूर्णविराम लागेको छ। शाह वंशको पतन कसरी हुन गयो त? अब यसको अनुसन्धान र विश्लेषणको जिम्मा इतिहासकारहरूको काँधमा आएको छ। निश्चय नेपालको एकीकरण र त्यसमा शाह राजाहरूको नेतृत्वको योगदानलाई इतिहासले विर्सनेछैनन्। तर एकीकरणसंगै एकीकरणको निरन्तरता आवश्यक पर्ने परिप्रेक्षमा सो हुन नसक्नु नै प्रमुख मुद्दा उठिरहेको आजको अवस्था हो। युद्धमा विजय हुन्छ भने त्यो विजयको कारक नेतृत्व र फौज दुबै हुन्छ। विजयपछि नेतृत्वले फौजलाई कदर नगर्ने हो भने नेतृत्व आफैं खतरामा हुन्छ। शाह वंशको पतन हुनुमा एकीकरण काल तथा त्यसपछिका समयहरूमा शाहवंशीय राजाहरूलाई पसिना र रगत दिने जनताको उपेक्षा नै सबैभन्दा ठूलो कारण देखिन आउँछ। गण्डक क्षेत्रका जनता एकीकरणपछि उपेक्षित बनेका थिए। युद्धमा शहिद बनेका कैंयौं वीर योद्धाहरूको सपना र चाहनाको उपेक्षा गर्दै शाह राजाहरू काठमाडौं उपत्यकाका दरवारहरूमा विलासी जीवनमा लिप्त बने। केही बर्ग र आसपासेको माध्यमबाट जनतालाई घुमाउन सकिन्छ भन्ने भ्रममा परे। अझ राणा शासकहरू एकीकरण गर्न वलिदान दिने जनताको रगत र पसिनाको उपेक्षा मात्र होइन जनतालाई नांगो खुट्टामा भारी बोक्न लगाउने, अशिक्षाको अन्धकारमा थुनिराख्ने नियतमा उद्दत देखियो। एकीकरणमा गण्डक क्षेत्र मात्र होइन राप्ती क्षेत्र तथा सुदुर पश्चिमका युवाहरूको पसिना रगत बगेको थियो। ती क्षेत्र एकीकरणपछि गण्डक क्षेत्र भन्दा बढि उपेक्षित बने। त्यसरी नै मध्य क्षेत्रका नेवार तथा तामाङजस्ता महत्वपूर्ण जातिहरू एकीकरणपछि उपेक्षामा परे। पूर्वका वीर योद्धाहरू त्यसरी नै उपेक्षामा परेको देखियो। तराईबासी उत्तिकै उपेक्षामा परे। मानिसलाई भौतिक सम्पन्नता मात्र होइन सम्मान जनक जीवन महत्वपूर्ण हुन्छ। केही जाति र वर्गले बाहेक बाँकी नेपाली जनताले नेपालमा सम्मानजनक जीवन विताउने अवसर पाएनन्। यसको परिणति आज देखिएको छ।
नेपालको एकीकरण भयो तर नेपालीको एकीकरण हुन सकेन। भौगोलिक रूपले एकीकरण गरिए पनि भावनात्मक तथा आर्थिक एकीकरण हुन सकेन। आर्थिक भेदभाव, जातिय भेदभाव, साँस्कृतिक भेदभावको कटौति होइन बढावा दिइयो। यसमा राणाहरू आफैं भेदभावका उदाहरण बने। जंग बहादुर स्वयं कुंवरबाट राणामा उक्ले। जात दिने, जात खोस्ने गजबको परम्परा नेपाली जनतामा लादियो। पहाडी मधेशीवीचका भेदभावहरू बढे, जाति-जातिवीचको भेदभावहरू बढे। नेपालीहरूलाई विकास र सद्भावका निम्ति होइन जातीय भेदभावका प्रतिस्पर्धी बनाइए। एक धर्मलाई प्रश्रय, आश्रय अर्कोलाई निम्न, नीच तुल्याइयो। एक संस्कारलाई सम्मान अर्कोलाई तिरस्कार दिइयो। नेपालीहरू नेपालमै परदेशी बने। ठूलो संख्याका नेपालीहरूले आफ्नै देशमा अपनत्वको अनुभूति पाएनन्। आत्मा सम्मान र जन जिविकाका लागि स्वदेश भन्दा विदेशलाई चुम्नु पर्ने स्थिति देखा पर्‍यो। यस्तो विकराल स्थितिमा नेपाली जनताले परिवर्तन खोजेका थिए ।<ref name=UJ>{{cite web|url=http://ebenezer.org.np/client/index2.php?action=history&id=68|title=नेपालमा शाहवंशीय राज्यसत्ताको उदय र पतन, Date: 2008-05-30-यूजे गुरूङ, वीरेन्द्रचोक, काठमाडौं | publisher='''यूजे गुरूङ'''}}</ref>
 
==== सन्दर्भ ====
==== नेपाल को शाह राजा हरु मगर होइन राजपुत नै हुन किन त्यो कथन सहि नै हो । मैले पनि बुढा पाका बाट सुने को थे ।अनि अर्को आधर तेहा लेखिये अनुसार मै पनि बैँस राजपुत हु गोत्र भार्द्वार नै हो र हामी सुर्य बंश नै हो । मगर को राजा हो तर मगर भने पक्कै होइन अनि अर्को प्रमाण राजपुत ले आफ्ना चेली अर्को गोत्र भए को राजपुत लाई मात्र दिने अरु जात लाई दिन्न । नेपाल को राजाले राजपुत को चेली सङ बिवाह गरेकै छ्न नि । येहि आधार हो शाह हरु राजपुत क्षेत्रीय हुन । प्रताप सिंह , बिक्रम सिंह , देब सिंह , राणा , यी सब मगर को जतक चिनिने थर होइन । राजपुत को हो , ====
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/शाह_वंश" बाट अनुप्रेषित