"चन्द" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८४:
*#ग) देउवा रजवार (डोटी बाट जागिरको लागि कुमाऊ गएका) को वंशज ( कश्यप गोत्रीय ,सूर्यवंशी ) वर्तमानमा चन्द लेख्छन ।
 
*क ) चम्फावतका चन्द राजाका वंशज बर्तमानमा सिंह ,रौतेला र कुँवर थर लेख्ने गर्दछन । पुराना ताम्रपत्रमा यिनले आफ्नो थर चंद/चन्द्र लेखेको भेटिन्छ । ताम्रपत्रमा सोम्वंश उद्भव भनेर लेखेको छ । यस वंशज को बिषयमा प्राचीन सोर (वर्तमान पिथौदागड ) को बिषयका इतिहास लेख्ने डा रामसिंह ले आफ्नो सोर (मध्य हिमालय ) का अतीत (प्रारम्भ से १८५७ ई तक) पुस्तकको पेज २३०मा बैताडा चन्द र कुमाऊ को चन्द राजवंश भिन्न हुन् कसैले एकै हुन् भन्दछ भने त्यो सरासर गलत हुन्छ भनेका छन् । उनी भन्दछन बहुधा लोग कुमाऊ के चन्दो और काली पार (बैतडी) के चन्दो रजवारो को समान मुलका या स्वरा (सं सहोदर) या सगोत्री बान्धव समझने की भुल करते है , जो ऐतिहासिक सत्यका बिपरित है । काली पारके चन्दो से कुमाऊ के चन्द पुराने समय से हि बैबाहिक सम्बंधो से बन्धे थे । सोर के जीबी सलमोडा मे चन्दो के वंशधर रौतेला हि कहे जाते है ।<ref name="डा रामसिंह">डा रामसिंह सोर (मध्य हिमालय ) का अतीत (प्रारम्भ से १८५७ ई तक) पुस्तकको पेज २३०मा</ref> किन्तु कुँवर गुसाई शब्द भी अपने कुलके कनिस्ट सदश्य के लिए प्रयुक्त करते है भन्दछन । सोर को जीबी सलमोड़ा का रौतेला हरु कश्यप गोत्र र चन्द्रवंशी भएको सम्बन्धित स्थान बाट थाहा हुन्छ । यी संग सम्बन्धित ताम्रपत्र को प्रतिलिपि (उतार )
 
===१) चम्फावतका चन्द राजाको सेलौनी, कुंवर धन्यचन्द्रको ताम्रपत्र<ref name="श्री गोविन्द बल्लभ जोश > श्री गोविन्द बल्लभ जोशी (अब स्वर्गीय) सेलोनी पिठौरागढ । डाँ.रामसिंह, सोर(मध्य हिमालय) का अतित पेज ३६८बाट उतार </ref>===
पङ्क्ति १०५:
*रिठु भडारि खर्क को क्षिर बोहरा लीखितं जइदास ।। शुभमस्तु ।।
*श्री कर रुप कुमाइ रैसु लखु बिष्ट साक्षि
 
 
===२) जगतचन्दका ताम्रपत्र शाके १६३४(वि.स.१७६९)===
*यह ताम्रपत्र कोट भ्रामरी (कोट की माई) मन्दिर के सम्बन्ध मे जारी किया गया है ....
Line ११३ ⟶ १११:
*बांये नाम उत्कीर्ण है देवसिंग गुसाई
*मानीक विष्ट
 
===३) देवीचन्द्र ताम्रपत्र शाके १६४८ (वि.स.१७८३)===
*श्री रामचन्द्रके चरणो में भक्ति रखने वाले सोमवंश मे उत्पन्न महाराजाधिराज राजेन्द्र श्री महाराजाधिराज श्री राजा देवी चन्द्र देव ने श्री देवी माहामाई के लिए कत्यूरमें पाँच आली गाँव *चढाये । हाट मे उपाध्याय वालाखेत और बोकसाड के परगने में कमलपति विष्ट वाला मौजा भूतौला चढाया । इन आली से सम्बन्धित धुरा, डाडा गाड घट लेक इजर आदि सभीदान हो *गये । इस भूमिसे अभितक राज्ये को नाठ नठाली गडेली पेटिली स्वर्ग से गिरी वस्तु पातालकी निधि घोडालो कुकुरालो बाजदार बजनीया आदि कर एवं दस्तुर मिलते थे वे सव माफ कर *दिए गये है और भूमि सम्बन्धी सभी विवाद निबटा दिए गये हैं ।
Line १३१ ⟶ १२८:
यसरी बसोवास गर्ने स्थानको आधारमा कुन चन्दभन्दा गोरा चन्द, धौला चन्द र कल्यानी चन्द भनेर परिचय दिने चलन १४ - १५ औं शताब्दी तिर चलेको देखिन्छ । करिब यहि समयमा धौली नदी किनारमा बस्ने केहि धौला चन्दहरू त्यहाँबाट पूर्व वर्तमान नेपाल तिर सरेको देखिन्छ । ति मध्य वर्तमान नेपालको [[बैतडी जिल्ला|बैतडी]]का चन्दका पूर्वज रणधौला र गढधौला थिए । उनिहरू आफुलाई चन्द भन्दापनि धौला भनेर परिचय दिन्थे । वर्तमानमा बैतडा, डोटेली, अछामी, [[स्वराड]]मा बस्नेहरूलाई [[सोडारी]], [[बोगटान]]मा बस्नेहरूलाई [[बोगटी]] भनेजस्तै । वास्तविक नाम भन्नु पर्दा वा लेख्नु पर्दा रणदेउ चन्द, गडदेउ चन्द, मदनमाणीकदेउ चन्द जस्तो नाम संरचना हुन्थ्यो । त्यस प्रकार वर्तमान बैतडीका चन्दहरूका पुर्खा कुमाउँको धौली नदी किनारमा बसोवास गर्ने रणधौला र गडधौलाका सन्तानहरू थिए । ति धौलाहरूका सन्ततिहरू मध्य चार भाई रानादेउ, भानादेउ, उदयदेउ र जसुदेउ आधिकारीक रुपमा बैतडी आएका थिए भन्ने इतिहासमा पाइन्छ । माथि उल्लेखित नाममा पनि केहि स्पष्ट पार्नुपर्ने देखिन्छ । रानादेउ, भानादेउ, उदयदेउ र जसदेउका नामको पछाडि किन धौला नलेखेर देउ मात्र लेखे ? यो प्रश्नको जवाफ पनि सहज छ । कुमाउँमा प्राप्त शिलालेख तथा इतिहासवादीहरूको भनाई अनुसार त्यसबेला चन्दहरूका ठुलाबडा, मान्यगणलाई देउ भनेर सम्मानित गरेको पाइन्छ । आजकल [[ब्राह्मण]]लाई गुरू भन्ने, [[क्षेत्री]]लाई काजीसाप भन्ने, [[ठकुरी]]लाई राजा भन्ने गरे जस्तो देउ भन्ने चलन रहेको र देउ शब्द तत्कालिन समयको नाम संरचनाको मध्य नामको रुपमा प्रयोग गर्ने गरेको देखिन्छ जस्तै:- रानादेउ चन्द, भानादेउ चन्द, उदयदेउ चन्द, जसुदेउ चन्द आदि ।<ref name= "गौतम गोत्र"/>
त्यस समयका चन्दहरू उदयदेउ, रानादेउ, भानादेउहरूको चन्दको टाइटलबाट भन्दापनि देउको टाइटलबाट बढी प्रख्यात भएको देखिन्छ । त्यसैले उनीहरूको प्रख्यात टाइटल देउ नै रहेका देखिन्छ । अहिले बैतडीका चन्दहरू खासगरी रानादेउ र उदयदेउका सन्ततिहरू आफ्नो [[कुलान्य|कुल देवता]]को रुपमा रानादेउ र उदयदेउलाई पूजागर्ने तथा आफ्ना निकटतम पुर्खा उनीहरूलाई नै मान्ने गरेका छन् । स्मरण रहोस् धौला र देउशब्द चन्दहरूले मात्र प्रयोग गरेको नभइ यो शब्द [[पाल]], [[बम जाति|बम]], [[मल्ल]] आदिले पनि प्रयोग गरेको देखिन्छ । यही कारणले केही खोजकर्ताहरूले पाल, बम, मल्ल र चन्दहरूका वंशज एउटै थिए भन्ने अनुमान गरेका छन् त्यो अनुमानमा सहमत देखिदैन । किनकी १० औं शताब्दीभन्दा अघि देखि नै कन्नौजमा चन्दहरू अलग्गै अस्तित्वमा रहेको देखिन्छ । पछि चन्दहरू कन्नौजबाट चम्पावत आएपछि लगभग १२ औं शताब्दीको अन्त्यतिर कत्युरी राज्य कब्जा गरेका सोम चन्द र उनका सगोत्री स्पष्ट अलग छन् र पछि चन्दहरूले कुमाउँ, गढवाल, असकोट, पिथौरागढ, काँगडा आदि स-साना राज्य खडागरी बसेका मल्ल, बम, पाल तथा शाहीहरूलाई युद्धमा परास्त गरी लखेटेको इतिहास छ । चन्दवंश १० औं शताब्दिभन्दा पहिलेदेखि हालसम्म अटुट रुपमा चलिआएको स्पष्ट छ । तसर्थ मल्ल, बम, शाही, पाल आदिका पुर्खासँग चन्दका पुर्खालाई जोड्ने तर्कसँग सहमत हुन सकिदैन ।<ref name= "गौतम गोत्र"/>
==नेपालका गौतम गोत्रसंग सम्बन्धितहरु र फरक गोत्रीय अन्य चन्दहरू==
कालीकुमाउँ चम्पावतबाट रणधौला तथा गडधौलाका सन्ततिहरू उदयदेउ चन्द, रानादेउ चन्द, भानादेउ चन्द र जसुदेउ चन्दहरू करिब शाके १४०० को आसपासमा अर्थात करिब ५३५ वर्ष पहिले कुमाउँबाट पश्चिम [[महाकाली नदी]] तिर वर्तमानको बैतडी जिल्लाको तल्लो तथा उपल्लो [[स्वराड]] क्षेत्रमा तथा बैतडीको अन्य क्षेत्रमा बसोवास गरेको देखिन्छ । यसरी १४०० शाकेमा बैतडी आउने चन्दहरू चार भाई जेठा रानादेउ, माहिला उदय देउ, साइला भानादेउ र कान्छा जसुदेउ थिए । अहिलेसम्म प्राप्त सूचना तथा नेपाल प्रहरीका पूर्व डि.आई.जी रणबहादुर चन्दका अनुसार माथि उल्लेखित चारभाईहरू मध्य माहिला भाई उदयदेउ बैतडीको स्वराड क्षेत्रमा बसोवास गरेका र उनका सन्ततिहरू जसीवाम, हंशराज र जगी चन्दले बैतडीको स्वराड क्षेत्रमा राजसत्ता स्थापना गरे । त्यस्तै जेठा रानादेउ मध्य-बैतडी तिर बसोवास गरी बसेका र उनका सन्तति कर्म चन्द, रुप चन्द आदिले त्यस क्षेत्रमा राजसत्ता स्थापना गरी चन्दवंशलाई फैलाएका थिए । त्यस्तै साहिला भाई भानादेउ बैतडीमा नबसी त्यहाँबाट पूर्व वर्तमान नेपालको मध्य पश्चिम क्षेत्र ( [[जाजरकोट जिल्ला|जाजरकोट]], [[सुर्खेत जिल्ला|सुर्खेत]], [[रुकुम जिल्ला|रुकुम]], [[रोल्पा जिल्ला|रोल्पा]] ) तथा [[सल्यान जिल्ला|सल्यान]], [[प्युठान जिल्ला|प्युठान]] तिर गएको र उनका सन्ततीहरू त्यही क्षेत्रमा फैलिएको बताइन्छ । त्यस्तै कान्छा भाई जसुदेउका एक मात्र सन्तान भएका र उनी बैतडीमा नबसी कुमाउँ क्षेत्रमा फर्केका थिए । त्यसैले नेपालमा रानादेउ, भानादेउ र उदयदेउका सन्तति चन्दहरू मात्र छन् भनिन्छ ।<ref name= "गौतम गोत्र"/>
अहिले बैतडी, [[डोटी जिल्ला|डोटी]], [[अछाम जिल्ला|अछाम]], [[डडेलधुरा जिल्ला|डडेलधुरा]] हुँदै पूर्व [[दैलेख जिल्ला|दैलेख]], जाजरकोट, सुर्खेत, रुकुम, रोल्पा, प्युठान, [[म्याग्दी जिल्ला|म्याग्दी]]सम्म फैलिएका चन्दहरू तथा अछामको [[बाटुलासैन]] (झाँता), [[बाबला]], [[पुलेतोला]] तथा [[कालीकोट जिल्ला|कालीकोट]]को ठिकेका [[बटाला]] (चन्द) हरू र अछामको [[कालागाउँ]], [[दर्ना]], तोली, लयाँटी, सुर्खेत, [[दाङ जिल्ला|दाङ]]सम्म फैलिएका [[सोडारी]] (चन्द) हरू पनि रानादेउ, उदयदेउका सन्तानहरू हुन् ।<ref name= "गौतम गोत्र"/>
"https://ne.wikipedia.org/wiki/चन्द" बाट अनुप्रेषित