"अश्वमेध यज्ञ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''अश्वमेध यज्ञ''' [[हिन्दू धर्म|हिन्दू]] धर्मको पौराणिक कालमा गरिने एक प्रकारको [[यज्ञ]] हो । अश्वमेध यज्ञ श्याम कर्ण घोडा ([[घोडा]] एक प्रजातीको विधी पूर्वक वध गरिने यज्ञ हो । यो यज्ञ पौराणिक कालका राजाहरूले सर्व सुख प्राप्तिको लागि गर्दथे । एक सय वटा अश्वमेध यज्ञ गरेमा [[स्वर्ग]]को राजा हुन पाउने भएकाले कसैले सय अश्वमेध यज्ञ पुगाउन लागेमा देवराज [[इन्द्र]]ले यज्ञ बिथोलेका कथाहरू हिन्दू धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएका छन् । अश्वमेध यज्ञ गर्न पहिले श्यामकर्ण घोडालाई विधी पूर्वक स्नान गराई आभुषाणादिले सिङ्गारेर घोडाको निधारमा अश्वमेध गर्ने राजाको वर्णन लेखिएको धातुको पातो टाँसी पृथ्वी भरमा निम्ताको लागी परिक्रमा गराइन्थ्यो । अश्वमेधको अश्वको रक्षाका लागि अश्वमेध गर्ने व्याक्तिका सेनाहरू पनि घोडासँग हिड्ने गर्थे । अश्वमेधको निमन्त्रण स्विकार नगर्ने अथवा अश्वमेध गर्न नदिने मन सायका व्याक्तिहरूले घोडालाई समातेर घोडाको रक्षार्थ खटिएका सेनाहरूसँग युद्ध गर्ने नियम थियो । घोडाको रक्षार्थ खटिएका सेनाहरूले घोडा समात्ने व्याक्ति तथा सेनासँग युद्ध गरेर घोडा छोडाउनु पर्ने नियम थियो । यसरी पुरा पृथ्वीको भ्रमण गरेर घोडा अश्वमेध गरिने राज्यमा फर्काए पछि विधिपूर्वक अश्वमेध यज्ञ गरिन्थ्यो । [[महाभारत]] कालका राजा [[परिक्षीतपरिक्षित]] पछी कसैले अश्वमेध गरेको थाह भएको छैन । अश्वमेध यज्ञ गरिने घोडाको प्रजाती नै सिद्धिएकोले त्यो भन्दा पछि अश्वमेध यज्ञ हुन नसकेको अनुमान लगाउन सकिन्छ । महाभारतको एक कथा अनुसा जम्मा आठसय श्याम कर्ण घोडाहरू जन्मिएका थिए ।<ref>सुब्बा होमनाथ केदारनाथ कृत महाभारत</ref>
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/अश्वमेध_यज्ञ" बाट अनुप्रेषित