"हेलम्बू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा वि. म.: शब्द सुधार (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ७२:
[[File:Malemchigaon.jpg|thumb|right|225px|मेलम्ची गाउँ, २५९१ मि]]
 
हेलम्बु गाविस जिल्लाकै एक सुप्रसिद्ध गाविस हो। जिल्ला सदरमुकामबाट १४ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १८५.५० वर्ग किलोमिटर छ। हेलम्बुको पूर्वी सिमानामा बरुवा गाविस पश्चिममा काठमाडौ जिल्ला. नुवाकोट जिल्ला. रसुवा जिल्ला उत्तरमा तिब्बत र दक्षिणमा इचोक तथा किउल गाविसहरू पर्दछन्। हेलम्बु गाविस पाल्चोक थुम अन्तर्गत पर्दछ। हेलम्बु गाविसले आफ्नै पहिचान बोकेको छ। चिसो हावापानी पाइने हेलम्बु जिल्लाकै एक आकर्षक गाविस हो। प्राकृतिक रूपमा निकै सुन्दरताका साथै साँस्कृति रूपमा पनि हेलम्बुको आफ्नै विशेषता छ। हिमाली शेर्पा संस्कृतिमा धनी चिसो हावापानी मनोरम हिमश्रृङ्खला आदिले जो कोही पर्यटकलाई हेलम्बुले लोम्भ्याउदछ। सिन्धुपाल्चोक जिल्लामा नै बढी स्याउ उत्पादन हुने गाविस हेलम्बु हो। उर्जा उत्पादनमा हेलम्बुमा हेलम्बु साना जलविद्युत परियोजनाको निर्माण गरिएको छ। जिल्ला निर्वाचन क्षेत्र नम्बर तीन अन्तगर्त पर्ने हेलम्बुको वि.सं. २०५८ सालमा साक्षरता दर ३९ घरपरिवार संख्या ५८९ र कुल जनसंख्याजनसङ्ख्या २६७९ थियो।<ref>{{cite web| title=हेलम्बु- मेरोसिन्धु डट कम|url=http://www.merosindhu.com/vdc_info.php?id=78|publisher = मेरोसिन्धु डट कम|date= |accessdate=२०११-०८-०२}}</ref>
 
 
"https://ne.wikipedia.org/wiki/हेलम्बू" बाट अनुप्रेषित