"सिस्नो" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा वि. म.: शब्द सुधार (-जनसंख्या +जनसङ्ख्या)
 
पङ्क्ति १८:
'''सिस्नो''' अङ्ग्नेजीमा नेटल(Stinging nettle) भनेर चिनिने यो वनस्पति नेपालको मध्य पहाडी क्षेत्र तथा उपत्यकामा पाइने [[:en:Urticaceae|अट्रिक्यसी]] परिवारको पोल्ने झार हो । यसमा औषधिय गुण रहेको हुन्छ र उमालेर खान सकिन्छ । यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्ल(Formic acid)ले पोल्ने(जलन) र हिस्टामाइन(Histamine)ले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन् । यसको सोहि दुर्गुणको कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो ।
 
यसमा हुने [[भिटामिन ए]],[[भिटामिन सी]], [[भिटामिन डी]] लौहतत्व (Iron), पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल (Nettle soup) लामो समय देखि प्रचलित रहेको छ। यसमा २५% सम्म् प्रोटिन हुन्छ त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन हो। यो अति मुल्यवान '[[गउडा]] चीज'(Gouda) र [[यार्ग]] (Yarg)मा स्वादको लागि प्रयोग गरिन्छ।नेपाल को पहाडी क्षेत्र मा जनसंख्याजनसङ्ख्या को बृद्दि तथा अन्य झारहरूको प्रसारले सिस्नो पहिले जस्तो जता ततै पाईदैन|
 
[[अल्लो|भांग्रे सिस्नु]]
"https://ne.wikipedia.org/wiki/सिस्नो" बाट अनुप्रेषित